No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हरेकला हजब्बा : सुन्तला बेचेर स्कुल खोले, अहिले पद्मश्री पदक

हरेकला हजब्बा : सुन्तला बेचेर स्कुल खोले, अहिले पद्मश्री पदक

नेपालमा हरेक वर्ष प्रदान गरिने विभिन्न पदकहरु सम्मानभन्दा पनि विवादको विषय बन्छन् । राजनीतिक भागबण्डा र सरकार समर्थित दलका कार्यकर्ताले बढी पाउन थालेपछि हरेक वर्ष पदक बहिस्कार गर्ने होडबाजी चल्ने गरेको छ । तर छिमेकी मुलुक भारतमा सन् २०२० को लागि प्रदान गरिएको पद्म विभूषण, पद्म भूषण र पद्मश्री पदकमा भने केही यस्ता अनुकरणीय व्यक्तित्व पनि परेका छन् जसले नयाँ पुस्तालाई निःस्वार्थ सेवामा लाग्न प्रेरित गर्छ ।

सोमबार भारतीय राष्ट्रपति रामनाथ कोबिन्दले ७ जनालाई पद्म विभूषण, १० जनालाई पद्म भूषण र १०२ जनालाई पद्मश्री पदक दिए । जसमा नेपाली साहित्यमा विशिष्ट योगदान दिएका लीलाबहादुर क्षेत्रीसहित ३ जना नेपालीभाषी पनि छन् ।

‘रियल हिरो’ हरेकला हजब्बा

जसरी नेपालमा पद्मश्री अवार्ड हरेक वर्ष विवादित बन्ने गर्छ, त्यसको ठीक विपरीत यसवर्ष भारतको पद्मश्री अवार्ड थाप्न आउनेहरु भने भिन्न र अनुकरणीय व्यक्तित्वहरु भेटिन्थे । त्यहीमध्येका एक हुन्, कर्णाटकका हरेकला हजब्बा । जसले शिक्षा क्षेत्रमा दिएको अमूल्य योगदानको कदर गर्दै भारत सरकारले पद्मश्री अवार्ड दिने निर्णय गर्‍यो । हजब्बा सीएनएन रियल हिरोको उपाधि समेत पाइसकेका व्यक्ति हुन् ।

भारतको दक्षिणी प्रदेश कर्णाटकको राजधानी ब्यांगलोरबाट ३५० किलोमिटर दक्षिणमा छ, म्याङ्लोर शहर । त्यसको ३५ किलोमिटरको दूरीमा कन्नड गाउँ पञ्चायतमा छ, हरेकला हजाब्बाको घर । नजिकैको म्याङ्लोर शहरको बसपार्कमा सुन्तला बेच्दाबेच्दै २ दशक गुज्रिएको थियो । म्याङ्लोरकै आडमा रहेको भएपनि उनको गाउँ न्यू पडपू बत्तीमुनिको अँध्यारोमा थियो । न त विद्यालय न अरु कुनै सुविधा । त्यही बसपार्कमा बसेर बेचेको सुन्तलाले १९५२ देखि उनी बस्दै आएको न्यू पडपूमा उनको परिवार चल्दै आएको छ । सानो घर, परिवार पाल्नको लागि सुन्तलाको व्यापार उनको दैनिकी त्यसैगरी चलिरहेको थियो ।

सन् १९७८ को कुरा हो । एकदिन यसरी नै उनी बसपार्क नजिक सुन्तला बेचिरहेका थिए । दुई जना विदेशी उनी कहाँ सुन्तला किन्न आए । हजब्बा मातृभाषा कन्नडबाहेक अरु बुझ्दैनन् । हिन्दी पनि बोल्न नसक्ने उनलाई अँग्रेजी भाषा निकै परको कुरा थियो । पर्यटकहरुले सुन्तलाको मोल सोधे । उनले उत्तर दिन सकेनन् । पर्यटक फर्किए । कुरा त एक केजी सुन्तला नबिक्नुको थियो । तर उनको मनमा त्यो घटनाले नराम्रो छाप पार्यो । त्यही नराम्रो छापले उनको जीवनमा ठूलो परिवर्तन आयो । उनी पद्मश्री पुरस्कारबाट सम्मानित भए ।

केहीदिन अघि भारतीय गृह मन्त्रालयबाट हजब्बालाई फोन आयो । उनी रासन लिने लाइनमा बसिरहेका थिए । गृह मन्त्रालयबाट हिन्दी भाषामा उनलाई पद्मश्री पुरस्कारबाट सम्मानित गर्ने निर्णय भएको समाचार सुनाइयो । तर उनले बुझेनन् । फोन काटियो । उनी अहिले पनि कन्नड भाषाबाहेक अरु बुझ्दैनन् । पछि गृहमन्त्रालयले जिल्ला मेजिस्ट्रेट मार्फत् हजब्बालाई पद्मश्री पुरस्कारको समाचार पठाइयो ।

विदेशी पर्यटकले उज्यालिएको हजब्बाको जीवन

हजब्बाको जीवनीलाई अहिले ब्यांगलोर विश्वविद्यालयका विद्यार्थीलाई पढाउने गरिन्छ । हजब्बालाई केको लागि दिइयो भारतको चौथो ठूलो पद्मश्री अवार्ड ?

सन् १९७८ मा विदेशी दम्पतीसँग सुन्तलाको मोल बताउन नसकेपछि हजब्बालाई लाग्यो ‘हामी धेरै पछि रैछौं, गाउँमा एउटा विद्यालय त चाहिने रैछ ।’ त्यसपछि उनी विद्यालय बनाउने अभियानमा लागे । अभियान सजिलो थिएन । आफ्नो लक्ष्य पूरा गर्न परिवारका धेरै लक्ष्यलाई तिलाञ्जलि दिनुपर्थ्यो । त्यसको लागि पनि उनी पछि हटेनन् ।

सुरुमा सुन्तला बेचेर कमाएको पैसामध्ये केही पैसा बचाएर विद्यालय चलाउने सोच बनाए । कुरा १९८० को दशकको सुरुवात तिरको हो । उनले गाउँकै एउटा मस्जिदमा अस्थायी विद्यालयको रुपमा पठनपाठन सुरु गराए । सुरुमा २८ जना विद्यार्थीहरु पढ्न आउँथे । नजिकैको गाउँ र आफ्नै गाउँमा पनि अलिअलि पढेलेखेकाहरुलाई अध्यापन गराइदिन आग्रह गरे । उनी आफूले जानेको कुरा पनि विद्यार्थीलाई सिकाउँथे, त्योभन्दा बढी उनी विद्यालयको अन्य व्यवस्थापनको काममा बढी खटिन्थे । बिहानै उठेर स्कुल सफा गर्थे । स्कुलमा बिस्तारै विद्यार्थी बढ्न थाले । बिस्तारै पढ्न आउने विद्यार्थी बढ्न थाले । उनले ऋण काढेर र आफ्नो बचतबाट विद्यालयको लागि जमिन किने ।

जमिन किनेपछि उनी विद्यालयलाई आधिकारिकता दिनको लागि दौडधूपमा लाग्न थाले । उनी बिदाको दिन २५ किलोमिटरको दूरीमा रहेको जिल्ला मेजिस्ट्रेटमा गएर विद्यालयको लागि आवश्यक पर्ने सामग्री दिन र विद्यालयलाई आधिकारिकता दिन आग्रह गर्थे । अन्ततः उनलाई पूर्व विधायक दिवंगत यूटी फरीदको विशेष पहलमा विद्यालयको भवन निर्माणको स्वीकृति मिल्यो, साथै विद्यालयलाई पनि आधिकारिकता दिलाइयो । उनको पहलमा खुलेको सो विद्यालयको नाम दक्षिण कन्नड जिल्ला पञ्चायत हाइयर प्राइमरी एण्ड कम्पोजिट हाइ स्कुल राखिएको छ । उनी सो विद्यालयमै उच्च शिक्षा समेत दिलाउन चाहन्छन् । यसको लागि उनले प्रधानमन्त्री मोदी समक्ष समेत प्रस्ताव गरेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

५ वर्षअघि नै पद्यश्रीको लागि प्रस्ताव

यसवर्ष भारत सरकारले विभिन्न क्षेत्रका अनुकरणीय व्यक्तित्वलाई चौथो ठूलो पद्यश्री पदक दियो । त्यसमध्येका एक हुन् हजब्बा । हजब्बालाई पद्मश्री पुरस्कार दिनको लागि सन् २०१५ मा नै सिफारिस गरिएको थियो । ठीक ५ वर्षपछि बल्ल २०२० को पद्मश्री पदकबाट उनी सम्मानित भएका हुन् ।

भारतीय सञ्चारमाध्यमको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #स्वस्थ-जीवनशैली
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post
अब इन्टरनेटविनै ह्वाट्सएप चल्ने

अब इन्टरनेटविनै ह्वाट्सएप चल्ने

तालिवानबारे ८ देशको दिल्ली घोषणापत्र : अफ्गानिस्तानमा मानवअधिकारको हनन हुनु हुदैन

तालिवानबारे ८ देशको दिल्ली घोषणापत्र : अफ्गानिस्तानमा मानवअधिकारको हनन हुनु हुदैन

अफगान संकट छिमेकी देशका लागि समेत चुनौती : डोभाल

अफगान संकट छिमेकी देशका लागि समेत चुनौती : डोभाल

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...