No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कोरला नाका हिँडेको इयु राजदूतको टोलीलाई सुरक्षाकर्मीले रोक्यो

कोरला नाका हिँडेको इयु राजदूतको टोलीलाई सुरक्षाकर्मीले रोक्यो

जोमसोम : नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डिप्रेजसहितको टोलीलाई सुरक्षाकर्मीले कोरला नाका जान रोकेका छन्। कोरला नाका जान लागेको राजदूतसहितको टोलीलाई नेचुङ भन्सारमा रहेका सुरक्षाकर्मीले रोक लगाएका हुन्।

मुस्ताङको उत्तरी कोरला नाकाबाट यता करिब १० किमी दक्षिणमा सशस्त्र प्रहरीको बिओपी स्थापना भइसकेको र सीमा प्रहरीका चौकीका सुरक्षाकर्मीले कडा निगरानीका साथ चेकजाँच गर्ने गरिएको छ। राजदूत डिप्रेजसहितको टोलीले सीमा सुरक्षाका लागि खटिएको बिओपि र नेपाल प्रहरीको टोलीले कोरला नाका जान रोक लगाएको थियो। जिल्ला प्रहरी कार्यालय मुस्ताङले अध्यागन विभागबाट परमिट काटेर उपल्लो मुस्ताङ जाने जुनसुकै विदेशीलाई कोरलानाका जान सरकारले अनुमति प्रदान नगरेको बताएको छ। नेचुङ पुगेको युरोपेयन टोली सो स्थानबाट अक्टुबर १ तारिखमा जोमसोम फर्किएको थियो।

पश्मिना क्षेत्रको सम्भावना, अध्ययन अनुगमन तथा स्थानीय निकाय र बहुसरोकारवाला निकायसँग परामर्श गर्ने उद्देश्यले मुस्ताङ आएकी राजदूत डिप्रेज काम सकेर कोरलानाका जाने क्रममा लोमान्थाङ—२ छोसेरबाट फर्किन बाध्य भएकी हुन्। गत असोज ११ गते सवारी साधन चढेर मुस्ताङ आएकी युरोपियन युनियनकी राजदूत पहिलो दिन जोमसोमस्थित होटल ओम्स होम्समा बाँस बसेकी थिइन्। उनीसँगै युरोपियन युनियनका वरिष्ठ कार्यक्रम संयोजक मिम हमाल र ईन्टनेशनल ट्रेड सेन्टरका प्रतिनिधि बिदुर घिमिरे मुस्ताङ आएका थिए।

उनीहरुले दोस्रो दिन मुस्ताङका पत्रकारसँग पश्मिनाक्षेत्रमा भइरहेको कार्यक्रम र भावी योजनाका सम्बन्धमा छलफल तथा अन्तर्क्रिया गरेका थिए। सोही दिन टोलीले मुस्ताङ च्यांग्रा तथा पश्मिना कृषक संघ र स्थानीय महिला उद्यमीसँग अन्तर्क्रिया गरेका थिए।

यस्तै, तेस्रो दिनमा सो टोली उपल्लो मुस्ताङ प्रस्थान गरेको थियो। पश्मिना क्षेत्रको दिगो विकास तथा युरोपियन युनियन र साझेदारी संस्थाहरुबाट भइरहेको कार्यक्रमको अनुमगनका लागि उपल्लो मुस्ताङ पुगेको राजदूत डिप्रेजको टोलीले चौथोदिन लोघेकर दामोदरकुण्ड गापाको चराङमा नेपाल पश्मिना महासँगको समन्वयमा सुरु गरिएको पश्मिना संकलन तथा प्रशोधन केन्द्रको उद्घाटन गरेकी थिइन्। सोही दिन लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरु छलफल तथा अन्तर्क्रिया गरेकी थिइन्।

केही वर्षअघि कोरला नाकामा खटिएका चिनिया सुरक्षा अधिकारीहरु विभिन्न बहाना बनाएर बिना अनुमति उपल्लो मुस्ताङको लोमान्थाङसम्म आएर फर्किने गर्थ्यो। पछिल्लो समय चीनले कोरला नाकामा सुरक्षा उपस्थित मजबुद बनाउँदै आइरहेको छ। उनीहरुले नाका आसपास अत्याधुनिक सीसी क्यामेरा जडान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #राजनीति
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

Next Post
फेसबुकका एक अर्ब ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा

फेसबुकका एक अर्ब ५० करोड प्रयोगकर्ताको डेटा बिक्रीमा

अब स्क्रिन बन्द हुदाँपनि युट्युबमा गीत सुन्न सकिने

अब स्क्रिन बन्द हुदाँपनि युट्युबमा गीत सुन्न सकिने

जनकपुर–जयनगर रेलमार्गको सञ्चालन प्रक्रिया नेपाल र भारतले टुंग्याए

जनकपुर–जयनगर रेलमार्गको सञ्चालन प्रक्रिया नेपाल र भारतले टुंग्याए

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

दलित विकास मंचद्वारा सञ्चालित कुपोषण कार्यक्रम सिरहामा प्रभावकारी बन्दै

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...