• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानन्यायाधीशलाई संवैधानिक इजलासबाट हटाउन नहुने मागसहितको निवेदनमा सुनुवाइ हुँदै


प्रधानन्यायाधीशलाई संवैधानिक इजलासबाट हटाउन नहुने मागसहितको निवेदनमा सुनुवाइ हुँदै

काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिको मुद्दाको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अलग गर्न माग गर्ने र सल्लाह दिनेलाई कारबाही हुनुपर्ने भन्दै दर्ता भएको रिट निवेदनमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

रिट निवेदनमा प्रधानन्यायाधीश जबरालाई संवैधानिक इजलासबाट अलग हुन सल्लाह दिने न्यायाधीश बाहेकको इजलास गठन हुनुपर्ने माग छ । अनि जबरालाई संवैधानिक इजलासमा नबस्न माग राख्ने कानून व्यवसायीहरुलाई पनि नेपाल कानून व्यवसायी परिषद्मार्फत कारबाहीको आदेश हुनुपर्ने माग गरिएको छ ।

शुक्रबार संवैधानिक इजलासका लागि प्रधानन्यायाधीश जबरा बिदामा बस्ने र वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशका हैसियतमा संवैधानिक इजलासको नेतृत्व गर्ने सहमति भएका बेला अधिवक्ता डा. गणेश रेग्मीले दर्ता गरेको निवेदन न्यायाधीश हरि फुयालको इजलासमा सुनुवाइ भइरहेको हो ।

उक्त निवेदनमा प्रधानन्यायाधीश जबरा दबाब र प्रभावमा संवैधानिक इजलासमा नबस्ने निर्णय गरेको भए त्यसो नगर्न आदेश जारी हुनुपर्ने माग गरिएको छ । साथै संविधानमा भएको व्यवस्था अनुसार प्रधानन्यायाधीश जबरालाई संवैधानिक इजलासमा बस्न लगाई अरु न्यायाधीश तोक्न आदेश हुनुपर्ने भनिएको छ ।

‘प्रधानन्यायाधीशज्यूलाई संवैधानिक इजलासमा नबस्न भन्ने न्यायाधीश बाहेक संवैधानिक इजलासको रोष्टरमा रहेका अन्य न्यायाधीशहरू रहेको संवैधानिक इजलास गठन गरी प्रस्तुत विषय निरोपण गरी पाउँ’ निवेदनमा भनिएको छ, ‘अमूक न्यायाधीशलाई तोक्नु भनी विषयवस्तुमा प्रभाव पार्ने गरी अभिव्यक्ति दिने विषयमा विज्ञ टोलीबाट अनुसन्धान गरी/गराई दोषी देखिएका कानून व्यवसायीलाई उचित कारबाही गर्न गराउन कानून व्यवसायी परिषद्को नाममा आदेश जारी गरी पाउँ ।’

रिट निवेदनमा प्रधानन्यायाधीश जबराको गत शुक्रबारको अभिव्यक्तिसँग मिल्दोजुल्दो हुने गरी बृहत पूर्ण इजलासको माग उठाइएको देखिन्छ । अधिवक्ता रेग्मीले संवैधानिक इजलास गठन हुन नसक्ने भएमा बृहत पूर्ण इजलास गठन गरेर विवाद निरुपण हुनुपर्ने माग गरेका छन् । निवेदनमा भनिएको छ, ‘सर्वोच्च अदालतमा रहेका सबै न्यायाधीशहरूको बृहत पूर्ण इजलास गठन गरी गम्भीर संवैधानिक प्रश्नको निरुपण गरी पाउँ ।’

रोचक त के छ भने उनले निवेदनका साथमा न्यायाधीश तेजबहादुर केसीले लेखेको लेख पनि सामेल गरेका छन् । आफूसहित न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर त्यही इजलासमा रहेका बेला न्यायाधीशहरु दीपककुमार कार्की र डा. आनन्दमोहन भट्टराईले प्रश्न उठाएर बाहिरिएका थिए । त्यो इजलासले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ गर्नुपर्ने थियो । त्यही विषयमा असन्तुष्ट भएर न्यायाधीश केसीले लेखमार्फत असन्तुष्टि सार्वजनिक गरेका थिए ।

यसै विषयमा अधिवक्ता दीपकविक्रम मिश्रले दर्ता गरेको निवेदन पनि न्यायाधीश फुयालको इजलासमा छ । उक्त निवेदनमा आफ्नो स्वार्थ जोडिने मुद्दामा प्रधानन्यायाधीशलाई बिदा बस्न लगाई कामु प्रधानन्यायाधीशको नेतृत्वमा सुनुवाइ हुनुपर्ने, सबै न्यायाधीशलाई संवैधानिक इजलासको रोष्टरमा राख्नुपर्ने लगायतका माग छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटमा आज सर्वोच्चमा सुनुवाइ
  • २०७८ भाद्र १७, बिहीबार १३:४२
  • In "देश"
  • प्रधानमन्त्रीमा ओलीको नियुक्तिविरुद्ध दायर भएको रिट खारेज
  • २०७८ भाद्र १७, बिहीबार १३:४२
  • In "BannerNews"
  • संसद विघटनविरुद्धका रिटमा आज सुनुवाइ हुँदै
  • २०७८ भाद्र १७, बिहीबार १३:४२
  • In "देश"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

सामलिङ पावरको आईपीओ भोलिदेखि

चीनले एका ऐक अत्यावश्यक बस्तुको आपूर्तिमा अबरोध गरे

एमएमसी परियोजना नेपाली जनताको लाभ दायक हो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version