नयाँ दिल्ली : अब चीनबाट आफ्नो कारोबार समेट्न इच्छुक २४ कम्पनी आफ्नो मोबाइल फोनको उत्पादन कारखाना भारत लाने तयारीमा जुटेका छन् ।
अमेरिका–चीनका बीच बढ्दो व्यापार तनाव र कोरोना भाइरस संक्रमणबाट कम्पनी आफ्नो सप्लाई चेनलाई डाइभर्सिफाई गर्न चाहन्छन् । यही कारण यी कम्पनी चीनबाट बाहिर सप्लाई चेनको विकल्प खोज्दै गरेका छन् ।
१।५ अर्ब डलरको लगानीको प्रतिबद्धता
ब्लूमबर्गका अनुसार सामसङ र एप्पल जस्ता दिग्गज कम्पनी कम्पनीका कयौ एसेम्बली पार्टनर भारत जाने तयारीमा रहेका छन् । यी कम्पनीले भारतमा मोबाइल फोनको कारखानाका लागि १।५ अर्ब डलरको लगानीको प्रतिबद्धता गरेका छन् ।
यो भन्दा पहिले चीनले आफ्नो कारोबार समेट्न गइरहेका कम्पनीहरु भियतनाम, कम्बोडिया, म्यानमार, बंगलादेश र थाइल्यान्डतर्फ जाने तयारी पनि गरिरहेका थिए । तर भारतले अब तत्परता देखाउदै यी कम्पनिीले भारत आउन प्रेरित गरिरहेको छ ।
अर्बौ डलरको लगानी र लाखौ रोजगारी
भारत सरकारले उसको प्रडक्ट लिंकड इन्सेन्टिभ स्कीमबाट देशमा १५३ अर्ब डलरको इलेक्ट्रोनिक बस्तुको उत्पादन हुन सक्ने र यसबाट १० लाखलाई प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी उपलव्ध हुन सक्ने अनुमान लगाएको छ ।
यो वर्ष मार्चमा सरकारले देशमा मोबाइल फोन र केही खास इलेक्ट्रोनिक्स कम्पोनेन्टका म्यानुफ्याक्चरिङलाई बढावा दिनका लागि यस स्किमको सुरुवात गरेको थियो यस अनुसार भारतमा बनेका यस किसिमका बस्तुमा ६ प्रतिशतसम्म इन्टेन्सिभ दिइने भएको छ । इन्टेन्सिभ कयौ अन्य क्षेत्रमा पनि दिइने छ ।
अमेरिकी कम्पनी एप्पल भारतमा आफ्नो म्यानुफ्याक्चरिङ क्षमताको विस्तार गरिरहेको छ । एप्पलको सप्लायर फक्सकन पनि भारतमा १ अर्ब डलरको निवेशको योजना बनाइरहेको छ ।