• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ठाकुरले चार सांसद्लाई कारबाही नगरेको भन्दै सभामुखलाई पत्र


ठाकुरले चार सांसद्लाई कारबाही नगरेको भन्दै सभामुखलाई पत्र

काठमाडौं । ‘पार्टी फुटाउन उद्दत गतिविधि सह्य छैनन, यस्ता क्रियाकलाप बहिष्कार गर्नुको विकल्प छैन’– जनता समाजवादी पार्टी (जसपा) का नेता विमलप्रसाद श्रीवास्तवले भन्नुभयो ।

लुम्बिनी प्रदेश सभा प्रकरणबारे आफ्नो विचार राख्दै श्रीवास्तवले भन्नुभयो – ‘लुम्बिनी प्रकरणले जसपा फुटतर्फ उन्मुख भएको देखिन्छ ।’ उपेन्द्र यादवहरुका कारण जसपा फुटको संघारमा पुगेको उहाँले बताउँनुभयो ।

केन्द्रको निर्णय विपरित लुम्बिनी प्रदेश सभामा जसपाबाट प्रतिनिधित्व गर्ने चार सांसद्लाई उपेन्द्र यादव समूहले पदमुक्तका लागि सिफारिस गरेको थियो । सोही कीर्ते सिफारिसका आधारमा लुम्बिनी प्रदेश सभाका सभामुखले बिहीबार चार सांसद् पदमुक्त भएको सूचना सार्वजनिक गर्नुभएको थियो ।

सूचना सार्वजनिक हुनासाथ अध्यक्ष महन्थ ठाकुरले चार सांसद्लाई कारबाही गर्ने निर्णय जसपा केन्द्रले नगरेको भन्दै लुम्बिनीका सभामुखलाई बिहीबार साँझ नै पत्र पठाउँनु भएको थियो । कीर्ते र गैरकानुनी निर्णय कार्यान्वयन नगर्न भन्दै ठाकुरले निर्वाचन आयोगमा आज निवेदन दिनुभएको छ ।

सोही विषयलाई लिएर जसपाकै केही नेताले पार्टी फुट्न सक्ने बताइरहेका छन् । केही नेताले त उपेन्द्र यादव र डा. बाबुराम भट्टराई समूहले जसपा फुटाउन खोजेको आरोप पनि लगाएका छन् ।

पूर्व समाजवादी पार्टीका नेता तथा पर्सा–२ बाट निर्वाचित सांसद् श्रीवास्तवले पनि पार्टी फुट्न लागेको बताउनुहुन्छ । ‘हिजोको घटनाले पार्टी फुट्न थालेको लक्षण देखेको छु’– उहाँले भन्नुभयो

आफू उपेन्द्र निकटकै नेता भएपनि उपेन्द्रको कीर्ते कदमलाई साथ दिन नसकिने विमलले प्रष्ट पार्नुभयो । ‘लुम्बिनीमा जे भयो त्यो एकदमै गलत हो, उहाँले यसरी मनोमानी गर्न हुँदैन, पार्टीविरुद्धका कदममा उहाँलाई साथ दिन सकिँदैन’–विमलको भनाइ छ ।

सबैको चाहाना पार्टी नफुटोस् भन्ने रहेपनि नेपालमा नफुटेका कुनैपनि पार्टी नरहेका उहाँले सुनाउनुभयो । विमलले भन्नुभयो –‘कुनैपनि अप्रिय घटनालाई राम्रो मान्न सकिन्न, त्यो कसले गर्…यो, किन गर्…यो, कसरी गर्..यो, केका लागि गर्..यो त्यो आफ्नो ठाउँमा होला, तर जसले गर्..निक्कै गलत गर्..यो ।’  पार्टीविरुद्धका गतिविधि छाडेर एकढिक्का भएर अगाडि बढ्न उहाँले नेताहरुलाई सुझाव पनि दिनुभयो ।

सत्तासहकार्यबारे सोधिएको प्रश्नमा पनि विमले नरम जवाफ दिनुभयो । सरकारले तपाईंहरुका माग सम्बोधन गरेको छ, अब त साथ दिनुहुन्छ होला नि ? यो प्रश्नमा विमलले भन्नुभयो  – ‘ठूला नेता आ–आफ्नो धारमा हुन्छन्,यसमा पनि ठूला नेताकै निर्णय चल्छ ।’ आफूहरु साधारण मानिस भएको भन्दै उहाँले शान्ति र मेलमिलापसाथ जसपासहित सबै दल अगाडि बढ्नुपर्ने बताउनुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • आफू बलियो हुन उपेन्द्रले पार्टी कमजोर पार्नुभयो – उमाशंकर अरगरिया
  • २०७८ बैशाख २०, सोमबार १२:१८
  • In "देश"
  • यादव र भट्टराईलाई अनुशासनको कारबाही गरेर अघि बढ्ने : ठाकुर
  • २०७८ बैशाख २०, सोमबार १२:१८
  • In "देश"
  • जसपा : ओलीकै कारण बन्यो, ओलीकै कारण फुट्यो
  • २०७८ बैशाख २०, सोमबार १२:१८
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

आफू बलियो हुन उपेन्द्रले पार्टी कमजोर पार्नुभयो - उमाशंकर अरगरिया

प्रधानमन्त्री ओलीलाई जसपाको महन्थ ठाकुर पक्षले समर्थन गर्ने निर्णय

बंगलादेशमा चिनियाँ दूतावासको अगाडि एक मानव श्रृंखलाको विरोध प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version