काठमाडौं : कोरोना संक्रमित थपिएपछि काठमाडौं उपत्यकाका सबै यातायात कार्यालयहरु सम्पुर्ण सेवा बन्द गरिएका छन् ।
कार्यालयहरुले अत्यावश्यक बाहेकका सबै सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि सम्पुर्ण कार्य बन्द गरेका छन्। मन्त्रिपरिषद्को साउन २६ गतेको बैठकले कोरोना संक्रमण बढेको भन्दै जनसम्पर्क धेरै हुने कार्य नगर्न निर्देशन जारी गरेका थिए।
अहिलेलाई सवारी चालक अनुमतिपत्र, ब्लुबुक नवीकरण लगायतका सेवा बन्द हुने भएका छन्। बाग्मति प्रदेशको कार्यकालयले अत्यावश्यक सेवा वाहेकका अन्य सेवा बन्द गर्न भने पछि उपत्यकाको कार्यालयबाट दिइने सेवा बन्द गरिएको छ ।