• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रधानमन्त्रीको चुनौती : संसदीय दलको बैठक बोलाइदिन्छु, विधिवत भेटौं


प्रधानमन्त्रीको चुनौती : संसदीय दलको बैठक बोलाइदिन्छु, विधिवत भेटौं

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदीय दलको नेताबाट विधिसम्मत रुपमा हटाउन प्रचण्ड– माधव समूहलाई चुनौती दिएका छन् ।

प्रचण्ड– माधव समूहले आफूलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाएको दावी गरिरहेकोतर्फ इंगित गर्दै उनले पोखरामा आयोजित नेकपा ओली समूहको कार्यक्रममा आफूलाई विधि र पद्धतिबाट हटाउन चुनौती दिएका हुन् । ‘विधिवत भेटौं, बैठक बोलाइदिन्छु आउनुस् न’ उनले भने ।

विधि र पद्धति अनुसार आफूलाई हटाए आफू प्रतिपक्षमा बस्न तयार रहेको ओलीले बताए । ‘डेढ वर्ष प्रतिपक्षमा बसेपछि फेरि दुई तिहाइ ल्याउँछौं’ उनले भने ।

ओलीले प्रधानमन्त्री पद कसैलाई गलहत्याएर नपाइने भन्दै विधि र प्रक्रियाबाट आउन आग्रह गरे । ‘अविश्वास प्रस्ताव राखेर हटाउने होइन, गलहत्याएर… । प्रधानमन्त्री हटाउने विधि पद्धति प्रक्रिया कस्तो छ ? प्रजातान्त्रिक प्रक्रिया कस्तो छ ?’ ओलीले प्रश्न गरे ।

उनले भारतमा पनि गलहत्याएर प्रधानमन्त्री खोज्छन् भनी प्रश्न गरे ।

उनले प्रचण्ड–माधव समूहसँग भएको बहुमत पनि आफूले दिएको दावी गरे । आफूले पार्टी एकताका लागि दिएको बहुमत अहिले गलत रुपमा प्रयोग गरेको ओलीले बताए ।

‘त्यो बहुमत त मैले नै दिएको हो । एकताका लागि भनेर, महाधिवेशनबाट छानिएको हो र, चुनाव जितेर आएको कमिटी हो र ? पार्टी एकता र देश बनाउनका लागि दिएको हो’ उनले भने ।

ओलीले प्रचण्ड–माधव समूहका केन्द्रीय सदस्यलाई जरुरी परेका बेला आफूले हटाइदिन पनि सक्ने दावी गरे । ‘नियुक्ति दिनेले नियुक्ति बदर गर्न सक्छ, मैले अस्तिको दिनमा संसदीय दलको मुख्य सचेतकबाट देवप्रसाद गुरुङलाई हटाइदिएँ, मैले बनाएको हो मैले हटाइदिएँ, मैले गर्ने हो ।’

ओलीले प्रचण्ड– माधव समूहको बहुमत दावी गरे पनि पुष्टि नभएको दावी गरे । ‘त्यो बहुमत कहाँ पुष्टि भयो ? त्यो पुष्टि भएको छैन । कार्की ब्याङ्केटमा भोज खान बोलाएर भोज खान आएकाहरुलाई म तिर यति मान्छे छन् भनेर हुन्छ ? अध्यक्षले बोलाएको बैठकमा, महासचिवले बोलाएको बैठकमा आउनुस् न ।’

अहिले प्रचण्ड र माधव नेपाल प्रधानमन्त्री ‘दिए खान्थेँ’ भन्ने स्थितिमा पुगेको ओलीले बताए ।

आफूले संसद विघटनपछि देशले निर्वाचनको बटो लिए पनि सर्वोच्चको फैसलाले फेरि देश अप्ठरोमा परेको बताए । ‘चुनावको गतिमा गइसकेको थियो, देश फेरि अन्योल अलमलमै फस्यो’ उनले भने ।

आफूहरुले सर्वोच्चको फैसला माने पनि त्यसले कुनै परिणाम नदिने ओलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ओली समूहको रणनीति : अविश्वास असफल पार्ने, अधिवेशन छोट्याउने
  • २०७७ फाल्गुन १७, सोमबार १९:०१
  • In "देश"
  • प्रचण्ड–माधवको दावी : निर्वाचन आयोगले केही दिनमै हाम्रो पक्षमा निर्णय गर्छ
  • २०७७ फाल्गुन १७, सोमबार १९:०१
  • In "देश"
  • प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्तावबाटै हटाउँछौं : प्रचण्ड
  • २०७७ फाल्गुन १७, सोमबार १९:०१
  • In "देश"
Tags: #राजनीति#समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

ओलीले राजीनामा दिनेमा विश्वस्त छु : योगेश भट्टराई

बास्तोला मृत्यु प्रकरणमा १ लाख धरौटी बुझाएर छुटे घरबेटी

रसुवागढी नाका नखुल्दा गर्मीको लत्ताकपडा रोकिने चिन्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version