सिन्धुली : मन्दिर आस्था र विश्वासको पुजा स्थल हो । मन्दिरमा विभिन्न देवी देवताहरुका मुर्तिहरुको स्थापना गरेर पूजा गरिन्छ । मन्दिरमा देवताहरुको वास भएको विश्वास गरिन्छ । जसलाई पवित्र स्थलको रुपमा लिईन्छ ।
तर, यिनै मन्दिर,मश्जित,गुफा लगायतका धार्मिक स्थलहरुमासमेत महिला असुरक्षित हुने गरेका छन् । भगवानको दर्शन गर्न पूजाको थाली लिएर मन्दिर गएका महिला बलात्कृत भएर पिडाको थैली बोकेर फर्किन बाध्य छन् । यस्तै एउटा घटना सिन्धुलीमा पनि भयो ।
जिल्लाको हरिहरपुरढी गाउँपालिका वडा नम्बर–८, क्यानेश्वरको भित्रि जमुने र काँस बगर खोलाको विचमा जलेश्वर महादेवस्थान छ । जहाँ सोही ठाउँका ३७ बर्षिय वडा सदस्य जंग बहादुर माझी पुजारी छन् । उनि नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बाट निर्वाचित वडा सदस्य हुन् ।
यस महादेव स्थानमा गएका मानिसमा कुनै पनि प्रकारको ग्रह एवं नक्षत्रको नकारात्मक असर पर्दैन्, ग्रहबाधाबाट मुक्त भइन्छ । जीवनमा आइलाग्ने आकश्मिक दुर्घटनाबाट जोगिन सकिन्छ । कसैले हत्या गर्ला कि भन्ने डर रहँदैन, मनमा कहिल्यै पनि अत्माहत्या गर्ने विचार उत्पन्न हुँदैन्, निरोगी भइन्छ र जीवन भयमुक्त बन्दछ भन्ने धार्मिक विश्वासले भक्तजनहरु जाने गर्दछन् ।
यही आस्था र विश्वास लिएर मन्दिर गएका महिलाहरु माथि हातपात, जबरजस्तीकरणी, बलात्कार,बलात्कारको प्रयास हुने गरेको घटना सार्वजनीक हुन थालेका छन् । वडा सदस्य समेत रहेका मन्दिर गुफाका पुजारी माझीले यस्तो हर्कत देखाएको स्वयम् पिडित महिलाहरु बताउँछन् । माझीले पुजारीको वाहानामा मन्दिर पुजा गर्न गएका नारिको अस्मिता लुट्ने गरेको तथ्य बाहिरिएको छ ।
साउन महिनाको ३० गते शनिवार तीन घण्टाको पैदल यात्रा गरेर जलेश्वर महादेव स्थान पुगेका २५ र ३८ बर्षका महिला,पुजारी भनिने माझीबाट बलात्कृत भएसंगै यस्तो घटना सार्वजनिक हो । बलात्कार प्रयास गर्दा प्रतिकार गर्दागदैँ पनि स्वास्थ्य निरोगी र सुख प्राप्त हुन्छ भन्दै जबरजस्ती गरेको पिडित महिलाले बताएका छन् ।
मन्दिर परिसर पुगेपछि कोरोना संक्रमणको जोखिम हुने भन्दै पालैपालो पुजा गर्न पुजारीले आग्रह गरे । ‘पहिला एक जना मात्र आऊ’ भनेपछि अगरबत्ती, फूल र अक्षता लिएर गुफाभित्र भएका देवताहरुको पूजा गर्न गए । पुजारीले रुद्राक्षको माला लगाईदिए । गुफाभित्र पुजा पनि गरेँ । त्यसपछि पूजा गर्न छुट्टाउनै नहुने भगवान माथि हुनुहुन्छ भन्दै पुजारीले जंगल तिर देखाए । आफु विरामी मान्छे, बाटो अफ्ट्यारो रहेछ । जान सक्दिन भनेपछि पुजारीले नै तानेर लगे । पीडित ३८ बर्षिय महिलाले भनिन्, ‘जान्न भनेर हात फुत्काउन खोजे सकिन । त्यहाँ लगेर मलाई नाङगो बनायो ।’
पढेको छैन, बोल्न त्यति जान्दिन, पीडित महिलाले थपिन्, पुजारीले शरीरको रोग यहाँबाट निकाल्नु पर्छ भन्दै मेरो योनीमा दुख्ने गरि हात पसायो । स्तन खेलाए र दुख्ने गरि चिमोटोे ।’ घटना भएदेखि भोक, निन्द्रा हराएको छ । न्याय खोज्दै सिन्धुलीमाढी आइपुगेकी पीडित महिलाले सुनाईन् ।
यस्तै २५ बर्षिय पीडित महिलाले पुजारी भनिने जंग बहादुर माझीले आफुलाई पनि बलात्कार गरेको बताईन् । उनलाई पनि ३८ बर्षिय महिलालाई जस्तै व्यवहार भयो । मन्दिरका पुजारीबाट । साथी पूजा गरेर बाहिर निस्किएपछि पूजा गर्ने पालो मेरो थियो । उनिसंग बोल्दैनबोली पूजा गर्न म पनि पसे । पुजारीले सिकाउँदै गए । मैले पुजा गदँै गए । गुफा मन्दिर भन्दा अलि माथि खोल्सामा ढुङगाका देउता रहेछन् । पीडित महिलाले भनिन्,‘ढुङगाका देउतालाई पूजा गर्न बाँकी छदैँ पुजारीले मेरो अस्मिता लुटे ।’
तिम्रो बुढालाई सम्झेर अंगालोमा बाँध भन्यो । मैले मानिन्, उनले थपिन्,‘सुरुवाल खोल्यो र मुखमा उसको जिव्रो नचायो ।’
पुजारीले आफुले गरेको गल्ती कसैलाई नभन्न भनेका थिए । पीडित महिलाले सुनाईन्,‘कसैलाई भन्यो भने महादेवको शक्तिले ज्यान जाने,परिवारमा संकट पर्ने हुन्छ भनेका थिए ।’ पुजारीले ।
पुजा गर्न गएका थुप्रै महिलालाई पुजारीले यस्तो गरेको रहेछ । हामीलाई यो कुरा अगाडी नै थाहा हुन्थ्यो भने,त्यसरी जाने थिएनौ । उनिहरुले भने । आफुहरुले पनि घटना सार्वजनीक नगरे अरु महिला,बालिकाहरु पनि बलात्कृत हुन सक्छन् । त्यसैले बलात्कारीलाई कानुनी सजाय हुनुपर्छ भनेर जिल्लामा आएको पिडित महिलाले बताए ।
पुजारीले गरेको गल्ती स्विकारेका छन् । गाउँमा नै मिलाईदिन आग्रह गरेको पनि स्थानीयबासिन्दाले बताए । पिडित पक्षले गाउँमा नमिल्ने÷नमिलाउने भनेर भदौ १ गते सोमबार जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा जाहेरी दिएका छन् । बलात्कारको आरोप लागेका पुजारी जंग बहादुर माझीलाई पक्राउ गरिसकिएको प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रिले जानकारी दिनुभयो । उहाँले भन्नु भयो, अहिले पिडित,पिडक दुवै पक्ष प्रहरी कार्यालयमै छन्,पिडितले जाहेरी दिएका छन् ।’
घटनाका बारेमा थप अनुसन्धानपछि मात्रै बोल्ने नायव उपरीक्षक खत्रिले बताउनु भयो । पिडक माझीलाई सम्पर्क गर्दा उनको फोन अफ भएको पाईयो । himalayatimes