• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

झारफुकको नाममा कुटपिट गरेको आरोपमा धामी पक्राउ


झारफुकको नाममा कुटपिट गरेको आरोपमा धामी पक्राउ

विराटनगर । बिरामी व्यक्तिलाई झारफुकमार्फत निको बनाउने भन्दै धामीझाँक्रीको समूहले निर्घात कुटपिट गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ का ३३ वर्षीय भीमकाजी गुरुङमाथि धामी झाँक्रीको समूहले कुटपिट गरेको हो ।

घाइते गुरुङ स्थानीय निजी विद्यालयका शिक्षक हुन् । उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारपछि घरमा आराम गरिरहेका छन् ।

सात वर्षअघि उनलाई मानसिक समस्या देखापरेको थियो । ६ वर्षयता नियमित औषधि सेवन गरिरहेका उनलाई झाँक्रीले निको पार्ने भन्दै कुटपिट गरेका थिए ।

विरामीलाई कुटपिट गर्ने झाँक्री पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएका २५ वर्षीय कृष्ण घतानी हुन् । धामी बस्ने क्रममा कृष्णले बारम्बार खुकुरीले भीमकाजीलाई प्रहार गर्न खोजेका थिए । उनीसँगै थान बनाइएको स्थानमा रहेका युवतीहरुले शिक्षकलाई लडाएर मुक्का र लात्ताले प्रहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

झारफुकको नाममा निर्घात कुटपिट गरेपछि पीडित परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले कृष्णलाई पक्राउ गरी अभद्र व्यवहारको मुद्दा चलाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले घटनामा सात÷आठ जनाको संलग्नता रहे पनि तत्काल पहिचान खुलेका एक जनालाई मात्रै पक्राउ गरिएको र अरुको खोजी भइरहेको जानकारी दिए ।

ताप्लेजुङ घर भएका कृष्ण केही समयदेखि बेलबारीमा बसेर धामीझाँक्रीको काम गर्दै आएको प्रहरीको भनाइ छ । उनले सामाजिक सञ्जाल युट्यूबको प्रयोग गरी बिरामी निको पारिदिने गलत प्रचार गरेर झारफुकका लागि आउनेहरुलाई यातना दिने र आक्रमण गर्ने गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • वडाध्यक्षकै अगाडि युवकलाई पोलमा बाँधेर निर्घात कुटपिट
  • २०७७ फाल्गुन १०, सोमबार १६:४५
  • In "BannerNews"
  • प्रेमपत्र पठाएको भन्दै युवकमाथि निर्घात कुटपिट
  • २०७७ फाल्गुन १०, सोमबार १६:४५
  • In "देश"
  • भट्टीबाला मिटरब्याजीले ऋणी आमा छोरालाई घरबाट तानेर निर्घात कुटपिट गरेको आरोप
  • २०७७ फाल्गुन १०, सोमबार १६:४५
  • In "BannerNews"
Tags: #अपराध

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

सर्वोच्चले संविधान हेरेर फैसला गरोस् : पन्त

नेकपा विवादले देश नै सङ्कटमा पर्‍यो : महामन्त्री सिंह

सर्वोच्चले छाड्न आदेश दिएपछि गेटबाटै पक्राउ परे बास्तोला

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version