• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जनयुद्ध ओलीको भयो, प्रचण्डको सूर्य चिह्न !


जनयुद्ध ओलीको भयो, प्रचण्डको सूर्य चिह्न !

पोखरा । मानिसहरुले चौतारा भरिएको छ, मञ्च अघिल्तिर बस्नेहरु ताली बजाइरहेका छन् । धमाधम सम्मान थाप्दै मञ्चबाट झर्नेहरुको लर्को छ ।

कार्यक्रमस्थलको एउटा कुनामा छिन्, राधिका खनाल (६२) । उनको न मञ्चतिर ध्यान छ, न अरु मान्छेहरुतिर चासो । राधिका एक तमास टोलाइरहेकी छिन् । हातमा बोकेको गाउँ सरकारले दिएको सम्मानपत्र घरिघरी ओल्टाइपल्टाइ हेरिरहन्छिन् ।

सम्माानपत्रमा लेखिएको छ, ‘गण्डकी प्रदेश रुपा गाउँपालिका वडा नम्बर १ निवासी राधिका खनालको श्रीमान चन्द्र खनालले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अग्रगामी रुपान्तरण गर्ने क्रममा सहादत प्राप्त गर्नुभएको हुँदा उक्त गौरवपूर्ण कार्यको उच्च मूल्यांकन गर्दै शहीदको सम्मान स्वरुप रुपा गाउँपालिकाद्वारा यो ताम्रपत्र प्रदान गरिएको छ ।’

रुपा गाउँपालिकाले आइतबार शहीद, बेपत्ताका परिवार, घाइते र द्वन्द्वपीडितलाई सम्मान कार्यक्रम राखेको थियो ।

त्यही कार्यक्रममा पुगेकी राधिकालाई लागिरहन्छ, खास के कका लागि श्रीमानले ज्यान गुमाए ? देशको परिस्थिति हेर्छिन्, आफैंलाई प्रश्न गर्छिन् । तर जवाफ पाउँदिनन् । ‘देशको अवस्था देख्दा धिक्कार लाग्छ । श्रीमान किन शहीद बने, छोरो किन बेपत्ता बन्यो भन्ने उत्तर पाउँदिन,’ राधिकाको उदास अनुहार बोल्यो, ‘के साच्चिकै आज शहीद र बेपत्ताहरुमाथि न्याय भएको छ कि राजनीति भइरहेको ?’

आफैं पनि राजनीतिमा रुचि राख्ने राधिकाले शहीद श्रीमान र बेपत्ता छोराको घटना जोडिन् ।

राधिकाका श्रीमा गाउँकै रामकोट मावि पढाउँथे । माओवादीले सशत्र संघर्ष थालेकै बेला २०५८ सालमा उनलाई नेपाली सेनाले स्कुलबाटै गिरफ्तार गरेछ । उनलाई लमजुङको भोर्लेटार लगेको थाहा पाइन् । पछि दमौलीमा उनको ज्यान गएको खबर आयो । ‘परिवारका अरु सदस्य र छिमेकी गएर सदगत गरेर फर्किएपछि मात्र मैले थाहा पाएँ,’ राधिकाले भनिन्, ‘विचारकै कारण राज्यले उहाँको हत्या गर्‍यो ।’

श्रीमानको हत्या भएको घाउ आलै थियो, तर छोरा प्रदीप २०६० सालमा पोखराबाट बेपत्ता भए । ‘काठमाडौं, चितवन, पोखरा रुदै कराउँदै पुगें, केही सीप नलागेपछि थन्को लाएर बसें,’ राधिकाले सुस्केरा निकालिन्, ‘तर, आज हामी दयाको पात्र हुनु परेको छ । नेताहरुले मेरो श्रीमान र छोराहरुको योगदानलाई कहाँ देखेका छन् त ?’

नेकपा फुट्दा दुईतिर बाँडिएका केपी शर्मा ओली र पुष्पकमल दाहालहरुले शहीदको सपना पूरा गर्नुतिर भन्दा भाषणबाजीको पात्र बनाएको राधिकाको देखेसो छ ।

राधिकाले भक्कानो कम हुँदै गइरहेका बेला मञ्चबाट खिमादेवी बास्तोलाको चर्को आवाज सुनियो । सशत्र संघर्षमा लागेर श्रीमान गुमाएकी उनले आक्रोश पोखिन्, ‘हिजोको जनयुद्ध के लागि थियो ? हाम्रो बलिदान र त्याग केका लागि थियो ?’

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष ओली र प्रचण्ड-माधव समूहका अध्यक्ष प्रचण्डहरुकै कारण शहीदले देखेका सपना पूरा हुन नसकको उनको भनाइ थियो । ‘संसद विघटन भएर आजको यो अवस्था आउनुमा जति केपी ओलीको हात छ, त्यति नै प्रचण्डको पनि हात छ,’ बास्तोलाले भनिन्, ‘सशस्त्र संघर्षका बेला १७ हजारले ज्यान गुमाउँदा नेतृत्व उनै प्रचण्डले गरे । शान्ति प्रक्रियामा आइसकेपछि सरकारको नेतृत्व उनैले गरेका हुन् । पार्टी एकता गर्ने पनि उनै र अहिले आन्दोलन गर्ने पनि उनै त हुन् ।’

‘कुनै व्यक्तिका लागि मेरो श्रीमान बेपत्ता हुनुभएको होइन । सुरक्षाकर्मीहरुले परिवार पाल्न र देशको सेवा गर्न जागिर खाएका थिए । माओवादीहरु परिवर्तनका लागि भनेर होमिएका थिए । जुनसुकै भएपनि आखिर ज्यान त जनताकै गएको हो’ उनले भनिन् ।

खिमादेवीका श्रीमान विजयराज बास्तोलाको २०६१ साल असार १६ गते कास्कीको अर्मलामा हत्या भएको थियो । शहीद तथा बेपत्ता परिवारलाई भेटघाट गर्ने क्रममा टाकान्जा गाउँ पुगेर फर्किएका विजयराजले फेरि आँगन टेक्न पाएनन् । उनलाई तत्कालीन शाही नेपाली सेनाले हत्या गरेको थियो ।

श्रीमानले देश र जनताका लागि बलिदान दिए भनेर चित्त बुझाउँदै काखे छोरी, ३ कक्षा पढ्दै गरेको छोरो र ५ कक्षा पढ्दै गरेकी अर्की छोरी हुर्काएर यहाँसम्म आएको उनले बताइन् । तर आज त्यो बलिदान कदर हुन नसकेको उनको भनाइ थियो ।

रुपा गाउँपालिका दुर्गादेवी गुरुङले पनि नेपाली सेनामा जागिर खाएको ७ महिनामै छोरो गुमाउनु पर्‍यो । सशत्र संघर्षमा बिद्रोहीका तर्फबाट उनको छोराको हत्या भयो तर, कुनै पनि नेता हेरे आफू खुसी नसक्ने उनको भनाइ छ ।

रुपा गाउँपालिका-३ नेपाल पाखाका शहीद परिवारका ५५ वर्षीय सन्तबहादुर भुजेललाई बेलाबेला झोंक चल्छ । ‘नेपाल सधै राजनीतिको प्रयोगशाला बनिरह्यो । जनता प्रयोगमात्रै भइरहे । कति सहने ?’ सन्तबहादुर भुन्भुनिन्छन् ।

भाइ कमल, बुहारी सुमीक्षा र भतिज तीर्थ भुजेललाई उनले सशत्र संघर्षमा गुमाएका छन् । २०५८ साल पुसको २९ गते बुहारी गुमाएको यो परिवारले २०५९ साल वैशाख १६ गते भाइ गुमायो । २०६२ सालको माघ २७ गते पोखरा होटल ड्यामसाइडमा भतिज तीर्थले संघर्षकै क्रममा ज्यान गुमाए । त्यत्रो बलिदान र संघर्ष गरेर ल्याएको व्यवस्थामाथि नेताहरुले नै बेइमानी गरिरहेको उनको भनाइ छ ।

उनलाई पार्टी एकता भएको थियो भन्नेमै विश्वास छैन । ‘बास्तवमा पार्टी एकता भएकै रहेन छ,’ भुजेलले भने, ‘संविधानको रक्षा हुनुपर्छ भन्ने आफूले जानेको कुरा हो ।’

कार्यक्रम स्थलकै अर्को छेऊमा भेटिए, पुष्पराज खनाल ।

लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लागेर जेल/नेल खेपेका पाका शिक्षक पुष्पराजलाई देश सक्झिएर भत्भती मन पोल्छ । ‘ठूलो दुख, कस्ट गरेर अहिलेको यो व्यवस्था भएको हो । अब त केही मेसो आउँछ कि भन्ने थियो,’ खनालले भने, ‘तर, फ्याट्ट नेताहरुको बुद्धिमा विर्को लाग्यो र देशले यो अवस्था खेपिरहेको छ ।’

पार्टी एक भयो भनिए पनि अन्तरआत्मा एउटै रहेनछ भन्ने पुष्टि गरेको उनको बुझाइ छ । ‘संसद विघटन नहुनुपर्थ्यो । अहिले एकले अर्कालाई खुइल्याउने काम भइरहेको छ,’ खनालले भने, ‘बास्तवमा खुइलिएको हाम्रै सपना होजस्तो लाग्छ ।’

राजनीतिक आन्दोलनमा लाग्दा कसरी जेलनेल सहनुपर्‍यो भन्ने कथा पनि खनालले सुनाए । २०४३ सालमा पोखरामा राजतन्त्र विरोधी आन्दोलन चलिरहेको थियो । त्यही बेला पोखरामा कार्टुन काण्ड भयो । राजाको विरोधमा पोखराका ठाउँठाउँमा कार्टुन टाँसिएको थियो । रुपा-१ स्यास्त्रीमा पढाइरहेका पुष्पराज गाउँबाटै पक्राउ परे । राजकाज मुद्धा लागेर ३ हजार रुपैयाँ जरिवाना तिरेपछि ४ वर्षपछि उनी रिहा भए । ०४७ सालको आन्दोलनपछि उनी जागिरमा फर्किए । तर, माओवादीले सशत्र संघर्ष थालेपछि उनी पटकपटक पक्राउ परे । २०६२/०६३ को जनआन्दोलन टुंगोमा नलाग्दासम्म जेलनेल खेपे ।

तर अहिले राजनीतिक दलका नेताले थुप्रैको बदिदानमाथि नै प्रश्न उठाइरहेको उनी बताउँछन् । ‘व्यवस्थाको दोष होइन, बरु नेताहरुका कारण व्यवस्थामाथि प्रश्न उठेको हो,’ खनालले भने ।

१० वर्षे सशत्र संघर्षका बेला बिए चौथो वर्षमा अध्ययनरत संगीता भुजेलले काका-काकी र दाइ गुमाइन् । आफैं पनि राजनीतिमै होमिएकी संगीतालाई देशमा फेरि पािछल्लो पटक घटेको घटनाले बिक्षिप्त बनाएको बताइन् ।

आज आएर संसद विगटन भएर सरकार र सरकार चलाइरहेको पार्टीका २ अध्यक्ष नै आरोाप-प्रत्यारोपमा उत्रिनुपर्ने अवस्थालाई उनले बिडम्बना मानेकी छन् । ‘यो त साह्रै रुन मन लाग्ने विषय छ । ५ वर्षका लागि सरकार सञ्चालन गर्न दिएको जनमत काम लागेन । आज टुक्रा टुक्रा भएर चोइटिएको छ,’ उनले भनिन् । उनले लमजुङ २ पिप्लेको पुष्पलता जनएकता एकेडेमीमा अखिलको नेतृत्व गर्छिन् । तर, आफस्जस्तो थुप्रै विद्यार्थीमा निराशा देखेको उनले बताइन् । ‘आज देशको अवस्थाले अब त देशमा केही हुन्छ भन्नेहरुलाई ठूलो वज्रपात भएको छ,’ संगीताले भनिन्, ‘तर, युवा चेतना चुप लाग्नु हुँदैन । बोल्नुपर्छ । संविधानको पक्षमा बोल्नुपर्छ ।’

शहीद, बेपत्ता तथा द्वन्द्व पीडितले पार्टी तथा सत्ताका लागि सूर्य चिन्ह प्रचण्डको र जनयुद्ध ओलीको बनेको तर, आफूहरुको केही नभएको गुनासो गरे । ‘राजनीति र स्वार्थले सब गराइदिन्छ । ५ वर्षका लागि जनताले बहुमत दिए, कुबेलामा पार्टी दुई चिरा भयो,’ उनीहरु भन्छन्, ‘कहिल्यै जनयुद्ध स्वीकार नगर्ने ओलीको जनयुद्ध भयो, प्रचण्डको सूर्य चिह्न भयो । हाम्रो पो कदर भएन ।’

कार्यक्रम भेटिएका शहीद, बेपत्ता, घाइते र द्वन्द्वपीडित परिवारले ठूलो नेतासँग चित्त दुखाइरहेका छन् र भनिरहेका छन्, ‘जनताको भावनामाथि खेलवाड नगर ।’ देशका ठूला नेताले आ-आफ्नो हिसाबले आफूहरुका मुद्धालाई विभाजित गरिरहेको भए पनि रुपा गाउँपालिकाले सम्मान गरेकोमा धन्यवाद दिए ।

रुपा गाउँपालिकाले सहिद तथा बेपत्ता परिवारका १८ जना, घाइते १७, द्वन्द्वपीडित ४० र जेलनेल खेपेका ८ जनलाई सम्मान गरेको छ । अघिल्लो वर्ष नै तय भएको यो कार्यक्रम कोभिडका कारण पछाडि धकेलिएको गाउँपालिका अध्यक्ष नवराज ओझाले बताए ।

सम्मान प्रदान गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले शहीद, बेपत्ता, घाइते र द्वन्द्वपीडितको सम्मान मात्रै होइन, सरकारले जिविकोपार्जनको कार्यक्रम पनि ल्याइरहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • बलात्कार र एसिड आक्रमण गर्नेलाई मृत्युदण्ड दिनुपर्छ : मुख्यमन्त्री राउत
  • २०७७ माघ १८, आईतवार २२:१०
  • In "देश"
  • श्रद्धा कपूर र राहुल मोदीको ब्रेकअप!
  • २०७७ माघ १८, आईतवार २२:१०
  • In "मनोरन्जन"
  • कास्कीमा पहिरोले घर पुरिँदा ११ जनाको मृत्यु
  • २०७७ माघ १८, आईतवार २२:१०
  • In "BannerNews"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

औषधि ऐन संशोधन सरकारको प्राथमिकतामा हुन्छ : तोसिमा कार्की

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

Next Post

हिन्दूराष्ट्र घोषणाबारे गोकुल बाँस्कोटाले मुख खोले !

सेनाका बख्तरबन्द गाडीहरुले चक्रपथमा परिक्रमा गर्ने

बागमती प्रदेशसभा बैठक बोलाउन माग गर्दै नाराबाजी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

रौतहटमा दलित टोलमाथि सामूहिक आक्रमण, दुई महिलासहित ६ जना घाइते

लेबनान द्वन्द्वमा एक सातामै ८३ बालबालिकाको मृत्यु, युनिसेफको चिन्ता

औषधि ऐन संशोधन सरकारको प्राथमिकतामा हुन्छ : तोसिमा कार्की

नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा, सुशासन र विकासको माग

प्रत्यक्षतर्फ नयाँ अनुहारको लहर, रास्वपाबाट १२५ सांसद निर्वाचित

पेशागत सफलता र समाजसेवामा सक्रियता: अशोक खड्काको स्पष्ट भनाइ

राष्ट्रियसभा : नवनिर्वाचित सदस्यले लिए शपथ (तस्बिरहरू)

कर्णालीमा मतदाताले पत्याएनन् पूर्वमन्त्री, ६ जना पराजित

बालेनले बुझाए निर्वाचन खर्च विवरण, १४ लाख बढी खर्च

पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version