No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउने नाममा राज्यको पौने ६ अर्ब हिनामिना


ग्रामीण क्षेत्रमा इन्टरनेट पुर्‍याउने नाममा राज्यको पौने ६ अर्ब हिनामिना

काठमाण्डौं : मुलुकभर नि:शुल्क ब्रोन्डब्यान्ड इन्टरनेट सेवा परियोजना सञ्चालन गर्न १८ वटा प्याकेज बनाएर ६ वटा सेवाप्रदायकसँग ५ अर्ब ६७ करोड रुपैयाँमा सम्झौता गरिएको छ, २ अर्ब ७४ करोड भुक्तानी भइसक्यो, तर अधिकांश निकायमा इन्टरनेट नआउने तार झुन्ड्याएर जनताले तिरेको कर हिनामिना गरिएको छ

सिराहाको नवराजपुर गाउँपलिकामा गत साउनमा सुबिसु केबलनेटले निःशुल्क इन्टरनेट जडान गरिदिएको थियो । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गतको ग्रामीण दूरसञ्चार विकास कोषको रकममा ठेक्का पाएर सुबिसुले जोडिदिएको इन्टरनेट सुरुका दुई–चार दिन त चल्यो, तर अहिले पूरै बन्द भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले बताए । ‘इन्टरनेटले काम गरेन भनेर सुबिसुमा सम्पर्क गरेको उल्टो धम्क्याउँछन् । अब गुनासो लिएर कहाँ जाऔँ हामी,’ उनले भने ।

सिराहामा मात्रै होइन, धनुषाको धनौजी गाउँपालिकाको अवस्था पनि उस्तै छ । सुबिसु नेटवर्कले करिब ६ महिनाअगाडि गाउँपालिका कार्यालय, वडा कार्यालय, विद्यालय र स्वास्थ्य संस्थामा समेत इन्टरनेट जडान गरिदिएको थियो । तर, इन्टरनेट नै नचलेको गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत जलालुदिन खाँले बताए । ‘राउटर र तार झुन्ड्याएर गएका छन् । तर, यसले काम नै गर्दैन । तार पनि चुँडिइसक्यो । सुबिसुका कर्मचारीलाई धेरैपटक गुनासो गरेँ । तर, सुन्दै–सुन्दैनन्,’ उनले भने ।

सिराहा र धनुषा जिल्लामा पूरै इन्टरनेट जडान भइसकेको भनेर सुबिसुले करिब साढे २८ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । तर, नयाँ पत्रिकाले नमुनाका रूपमा गाउँपालिकालगायत निकायमा गरेको सर्वेक्षणले अधिकांश गाउँपालिका कार्यालय, विद्यालय तथा अन्य निकायमा जोडिएको इन्टरनेटले काम नगरेको देखाएको छ । प्राधिकरणले मुलुकभरका जिल्लालाई १८ प्याकेजमा विभाजन गरेर इन्टरनेट जडान गरेको थियो । त्यसमध्ये सिराहा र धनुषा प्याकेज नम्बर ७ मा पर्छन् । यस प्याकेजका लागि सुबिसु र प्राधिकरणबीच ३१ करोड ४४ लाखमा सम्झौता भएको थियो । सो जिल्लामा शतप्रतिशत काम सकिएको भन्दै सुबिसुले ९० प्रतिशत भुक्तानी लिइसकेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले मुलुकभरका स्थानीय तहका कार्यालय, वडा कार्यालय, माध्यमिक विद्यालय र स्वास्थ्य संस्थामा निःशुल्क इन्टरनेट जोड्न ब्रोडब्यान्ड इन्टरनेट सेवा परियोजना सञ्चालन गरिरहेको छ । प्राधिकरणले मुलुकभर निःशुल्क ब्रोन्डब्यान्ड इन्टरनेट सेवा परियोजना सञ्चालन गर्न १८ वटा प्याकेज बनाएर ६ सेवाप्रदायकसँग ५ अर्ब ६७ करोड रुपैयाँमा सम्झौता गरेको छ । यसमध्ये प्राधिकरणले सेवाप्रदायकलाई २ अर्ब ७४ करोड भुक्तानी गरिसकेको छ । तर, राज्यको अर्बौँ रुपैयाँ खर्च गरेर जोडिएको निःशुल्क इन्टरनेट स्थानीय तहहरूले प्रयोग गर्न पाएका छैनन्, तार झुन्ड्याइएको छ, राउटर फालिएको छ । तर, इन्टरनेट आउँदैन ।

इन्टरनेट जोडेको भोलिपल्टैदेखि चलेन इमेल खोल्न सदरमुकाम
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा इन्टरनेट जडान भए पनि चल्दैन । मर्कन्टायल कम्युनिकेसनले स्थानीय निकायको कार्यालय र ६ वटा वडा कार्यालयमा इन्टरनेट जडान गरिदिएको भोलिपल्टदेखि नै नचलेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोले बताए । ‘तार मात्रै छ, काम भने गर्दैन । अफिसियल मेल हेर्नुपर्‍यो भने पनि सदरमुकाम जान्छौँ वा आफ्नै मोबाइलमा डाटा खोलेर हेर्छौँ,’ उनले भने । ताप्लेजुङ प्याकेज नम्बर ९ मा पर्छ । यो प्याकेजका लागि प्राधिकरण र कम्पनीबीच २० करोड ८० लाखमा सम्झौता भएको थियो । कम्पनीले शतप्रतिशत काम सकिएको भन्दै प्राधिकरणसँग ५० प्रतिशत भुक्तानी लिइसकेको छ ।

त्यस्तै, पाँचथर फाल्गुनन्द गाउँपालिकामा अहिलेसम्म इन्टरनेट सेवाप्रदायक कम्पनी नै नपुगेको गाउँपालिका अध्यक्ष वीरबहादुर कुरुवाङले बताए । पाँचथरका लागि प्राधिकरणले टेकमाइन्ड कम्युनिकेसनसँग सम्झौता गरेको छ । ‘अहिलेसम्म यस विषयमा कसैले पनि जानकारी दिएको छैन । निःशुल्क पाउने भए त हामी यो सुविधा लिन तयार छाैँ,’ उनले भने ।

१२ नम्बर प्याकेजअन्तर्गत पर्ने पाँचथरका लागि कम्पनी र प्राधिकरणबीच १८ करोड ७९ लाख रुपैयाँमा सम्झौता भएको थियो । कम्पनीले ५० प्रतिशत काम समाप्त भएको भन्दै प्राधिकरणबाट ५० प्रतिशत भुक्तानी लिएको छ ।

झापाको हल्दीबारी गाउँपालिकामा टेकमाइन्ड कम्युनिकेसनले करिब पाँच महिनाअगाडि इन्टरनेट जडान गरेको थियो । जडान गरेको एक–दुई हप्ता त चल्यो । त्यसपछि हालसम्म नचलेको गाउँपलिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत सुशील कडरियाले बताए । अहिले गाउँपालिकाले मासिक २५ हजार रुपैयाँ भुक्तानी गरी नेपाल दूरसञ्चारको इन्टरनेट सेवा जडान गरेको छ ।

१५ नम्बर प्याकेजमा पर्ने झापाका लागि प्राधिकरण र टेकमाइन्डबीच ४६ करोड ९९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले २० प्रतिशत काम सकिएको भन्दै २० प्रतिशत भुक्तानी लिइसकेको छ ।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा मर्कन्टायल कम्युनिकेसनले ५१२ केबिपिएस ब्यान्डविथ एक वर्षपहिला जोडेको थियो । तर, इन्टरनेटले काम नै नगरेपछि गाउँपालिकाले हिमालयन सर्भिस र सुबिसु केबलनेटमा पैसा तिरेर इन्टरनेट सेवा लिइरहेको गाउँपालिका सूचना तथा सञ्चार प्रविधि अधिकृत मिलन श्रेष्ठले बताए । ‘सरकारले निःशुल्क जोडेको त नाम मात्रै भयो । यत्तिकै झुन्डिएको छ । हामीले पैसा तिरेर सेवा लिइरहेका छौँ,’ उनले भने ।

सिन्धुली प्राधिकरणले तयार पारेको प्याकेज नम्बर २ मा पर्छ । सो प्याकेजका लागि कम्पनी र प्राधिकरणबीच २३ करोड ५० लाख रुपैयाँमा सम्झौता भएको थियो । सो जिल्लामा शतप्रतिशत काम सकिएको भन्दै कम्पनीले ९० प्रतिशत भुक्तानी लिइसकेको छ ।

स्याङ्जाको बिरुवा गाउँपालिकामा १५ दिनअगाडि मात्रै वर्ल्डलिंक कम्युनिकेसनले इन्टरनेट जडान गरिदिएको छ । जोडेको दुई दिन इन्टरनेट चल्यो । त्यसपछि इन्टरनेट नै नचलेको गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत बालकृष्ण पौडेलले बताए । ‘हामीसँग ३० वटा कम्प्युटर छन् । वर्ल्डलिंकले दिएको ब्यान्डविथले त हामीलाई पुग्दैन । तर, त्यसले पनि काम नै गर्दैन । त्यो हुनु–नहुनुको हाम्रा लागि अर्थ नै छैन,’ उनले भने । गाउँपालिकाले अहिले पोखरा इन्टरनेट सर्भिसलाई रकम भुक्तानी गरी इन्टरनेट सेवा लिइरहेको छ ।

पर्वतको पैयुँ गाउँपालिकामा अहिलेसम्म इन्टरनेट सेवाप्रदायक कम्पनी पुगेकै छैनन् । एक वर्षअगाडि वल्र्डलिंक कम्युनिकेसनका प्रतिनिधिहरू गाउँ पुगेको गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत रवीन्द्र गौतमले बताए । ‘उहाँहरूले गाउँपालिकामा भएका वडा कार्यालय, विद्यालय, स्वास्थ्य संस्थाको विवरण माग्नुभयो । मैले सबै विवरण पनि दिएँ । तर, त्यसपछि उहाँहरूले सम्पर्क नै गर्नुभएको छैन,’ उनले भने । तर, हामीले सुबिसु केबलनेटलाई रकम भुक्तानी गरी इन्टरनेट चलाइरहेका छाैँ ।

स्याङ्जा र पर्वत जिल्ला प्याकेज नम्बर १३ मा पर्छन् । सो प्याकेजका लागि प्राधिकरण र वर्ल्डलिंकबीच १४ करोड ८८ लाखमा सम्झौता भएको थियो । वल्र्डलिंकले २० प्रतिशत काम सकिएको भन्दै २० प्रतिशत भुक्तानी लिइसकेको छ ।

दैलेखको गुराँस गाउँपालिकामा एक वर्षपहिला टेकमाइन्ड कम्युनिकेसनले इन्टरनेट जडान गरेको थियो । जोडेको केही दिन इन्टरनेट चल्यो, तर अहिले काम नै नगरेको गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत योगेश जिसीले बताए । ‘गुनासो गर्‍यो, उनीहरू आएर हेर्छन् । एक–दुई दिन चल्छ, त्यसपछि फेरि चल्दैन,’ उनले भने । गाउँपालिकाले अहिले वर्ल्डलिंक कम्युनिकेसनलाई रकम भुक्तानी गरी इन्टरनेट सेवा लिइरहेको छ ।

दैलेख प्याकेज नम्बर ११ मा पर्छ । यस प्याकेजका लागि टेकमाइन्ड र प्राधिकरणबीच १३ करोड ८४ लाखमा सम्झौता भएको थियो । सो जिल्लामा सबै काम सकिएको भन्दै कम्पनीले प्राधिकरणबाट ९० प्रतिशत भुक्तानी लिइसकेको छ ।

डोटीको पूर्वीचौकी गाउँपालिकामा भायनेट कम्युनिकेसनको जोडेको इन्टरनेट पनि नाम मात्रैको भएको छ । भायनेटले एक वर्षअगाडि इन्टरनेट जोडिदिएको हो । तर, इन्टरनेटले काम नै नगरेको गाउँपलिकाका सूचना अधिकारी हरिभक्त साउदले बताए । अहिले गाउँपालिकाले रकम भुक्तानी गरी सुबिसुको इन्टरनेट सेवा लिइरहेको छ ।

डोटी प्याकेज नम्बर ८ मा पर्छ । सो प्याकेजका लागि भायनेट र प्राधिकरणबीच २६ करोडमा सम्झौता भएको थियो । कम्पनीले शतप्रतिशत काम सकिएको भन्दै ५० प्रतिशत भुक्तानी लिइसकेको छ ।

गुनासो गर्दा सुबिसुको धम्की
सिराहाको नवराजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कुसियैतले सुबिसुका स्थानीय प्रतिनिधिलाई इन्टरनेट नचलेको गुनासो गर्दा उल्टो धम्क्याएको बताए । ‘इन्टरनेट नचलेपछि मैले सम्पर्क गरेको थिएँ । तर, हामीलाई माथिबाट जस्तो आदेश आयो । त्यही गर्‍यौँ । बाँकी हाम्रो जिम्मा होइन भनेर झर्किए,’ उनले भने ।

धनुषाको धनौजी गाउँपालिकामा सुबिसुले इन्टरनेट सेवा दिइरहेको छ । रकम भुक्तानी गरेको इन्टरनेट राम्रोसँग चले पनि गाउँपालिका कार्यालयमा जोडिएको इन्टरनेटले काम नगरेको गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत जलालुदिन खाँले बताए । ‘हाम्रो एरियामा सुबिसुको सेवा बढी प्रयोग छ । मैले सुबिसुका प्रतिनिधिलाई समस्या सुनाएँ । तर, उनीहरूले सरकारी सेवा यस्तै हो भन्छन्,’ उनले भने । तीव्र गतिको इन्टरनेट सेवा लिन सुबिसुले रकम भुक्तानी गर्नसमेत सुझाएको उनले गुनासो गरे ।

गुनासो गर्ने ठाउँ पनि भेटेनन् गाउँपालिकाले
सेवाप्रदायकहरूले इन्टरनेट जडानमा मनपरी गर्दा पनि स्थानीय गाउँपालिकाले गुनासो गर्न पाएका छैनन् । प्राधिकरणसँग सम्झौता गरेपछि सेवाप्रदायकले स्थानीय कार्यालयमा सम्पर्क गरी इन्टरनेट जडान गर्छन् । तर, इन्टरनेट नचलेको विषयमा कहाँ गुनासो गर्ने, आफूलाई थाहा नै नभएको डोटीको पूर्वीचौकी गाउँपालिकाका सूचना अधिकारी हरिभक्त साउदले बताए । ‘भायनेट इन्टरनेट जोडेर गए । तर, फलो अप गर्दैनन् । अरू कोही सोधपुछ गर्न पनि आउँदैनन् । अब गुनासो गर्न कहाँ जाने त ?’ उनले भने ।

गुराँस गाउँपालिकाका सूचना तथा प्रविधि अधिकृत दैलेखका योगेश जिसीले पनि गुनासो गर्ने निकाय थाहा नहुँदा अलमल परेको बताए । ‘सेवाप्रदायकलाई गुनासो गर्‍यो भने त सुन्दै–सुन्दैनन् । रिभ्यु मात्रै राम्रो माग्छन् । अन्त कहाँ गुनासो गर्ने हो ? थाहा नै छैन,’ उनले भने ।

७० प्रतिशत कार्य सम्पन्न गरेको दाबी
दूरसञ्चार प्राधिकरणका अनुसार ब्रोडब्यान्ड परियोजनाको भौतिक प्रगति ७० प्रतिशतले सम्पन्न भएको छ । प्राधिकरणले स्थानीय तहका ७ सय २ कार्यालय, ५ हजार ९ सय ३३ वडा कार्यालय, ५ हजार २ सय २५ माध्यमिक विद्यालय र ४ हजार १ सय २२ स्वास्थ्य संस्थामा इन्टरनेट जडान गर्ने गरी सेवाप्रदायक संस्थासँग सम्झौता गरेको हो । जसमध्ये गत मंसिरसम्ममा ५ सय १२ स्थानीय निकायको कार्यालय, ४ हजार २ सय १३ वडा कार्यालय, ३ हजार ५ सय ५ माध्यमिक विद्यालय र २ हजार ९ सय ८३ स्वास्थ्य संस्थामा इन्टरनेट जडान भइसकेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए ।

शतप्रतिशत कार्य सम्पन्न भएका जिल्लाहरू
प्राधिकरणका अनुसार प्याकेज नम्बर १ अन्तर्गत काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवा र सिन्धुपाल्चोकमा नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट जडानको काम सम्पन्न गरिसकेको छ । त्यस्तै, प्याकेज नम्बर २ मा पर्ने दोलखा, रामेछाप, सिन्धुली र ओखलढुंगामा मर्कन्टायलले कार्य सम्पन्न गरेको छ । प्याकेज नम्बर ३ मा गोरखा, धादिङ र मकवानपुरमा सुबिसु र प्याकेज नम्बर ४ मा जाजरकोट, कालिकोट, रोल्पा, रुकुमपूर्व र रुकुम पश्चिममा वर्ल्डलिंकले कार्य सम्पन्न गरेको छ ।

प्याकेज नम्बर ५ मा  डोल्पा, जुम्ला, हुम्ला र मुगुमा वर्ल्डलिंक, प्याकेज नम्बर ६ मा बारा, पर्सा, रौतहट र सर्लाही, प्याकेज नम्बर ७ मा धनुषा, महोत्तरी, सप्तरी र सिराहामा सुबिसुले इन्टरनेट जडान कार्य सम्पन्न गरेको छ ।

प्याकेज नम्बर ८ मा बैतडी, डडेलधुरा, दार्चुला र डोटीमा भायनेट, प्याकेज नम्बर ९ मा संखुवासभा, ताप्लेजुङ र सोलुखुम्बुमा, प्याकेज नम्बर १० मा अछाम, बझाङ र बाजुरामा मर्कन्टायलले इन्टरनेट जोडिसकेको छ । प्याकेज नम्बर ११ मा दैलेख, सुर्खेत, सल्यान, प्याकेज नम्बर १२ मा भोजपुर, धनकुटा, तेह्रथुम, पाँचजर र खोटाङमा टेकमाइन्डले इन्टरनेट जडानको कार्य सकेको छ ।

नौ जिल्लामा ५० प्रतिशतभन्दा बढी कार्य सम्पन्न 
प्याकेज नम्बर १३ मा पर्ने कास्की, लमजुङ, तनहुँ, पर्वत र स्याङ्जामा वर्ल्डलिंकले इन्टरनेट जडान गरिरहेको छ । प्याकेज नम्बर १४ मा पर्ने बाग्लुङ, मनाङ, मुस्ताङ र म्याग्दीमा टेकमाइन्डले जडान गरिरहेको छ । बाँकी रहेका चारवटा प्याकेजअन्तर्गतका १६ वटा जिल्लामा इन्टरनेट जडानका लागि तीनवटा सेवाप्रदायकसँग प्राधिकरणले सम्झौता गरेको छ । जसमध्ये प्याकेज नम्बर १५ मा पर्ने पाँचवटा जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा टेकमाइन्डले इन्टरनेट जडान गरेको छ । इलाम र उदयपुरमा भने बाँकी छ ।

त्यस्तै, प्राधिकरणले प्याकेज नम्बर १६ अन्तर्गतका बाँके, बर्दिया, दाङ, कैलाली र कञ्चनपुरका लागि टेकमाइन्डसँग नै सम्झौता गरेको छ । प्याकेज नम्बर १७ अन्तर्गत पर्ने चितवन, नवलपुर, नवलपरासी, रुपन्देही र कपिलवस्तुका लागि सुबिसु र प्याकेज नम्बर १८ अन्तर्गत गुल्मी, पाल्पा, अर्घाखाँची र प्युठान जिल्लाका लागि टेकमाइन्डसँग सम्झौता गरेको छ ।  nayapatrikadaily

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #अपराध#राजनीति#समाजिक#सूचना-प्रविधि
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

Next Post
सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न लैनचौरस्थित सहिद स्मारक पुगे प्रधानमन्त्री

सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न लैनचौरस्थित सहिद स्मारक पुगे प्रधानमन्त्री

प्रदेश २ : सालोको सम्पत्ति हडप्ने लोभमा भदैको हत्या, फुपाजुसहित ३ जना पक्राउ

प्रदेश २ : सालोको सम्पत्ति हडप्ने लोभमा भदैको हत्या, फुपाजुसहित ३ जना पक्राउ

वीरगञ्जमा रुट परमिटको महँगो शुल्क लिएपछि अटो-रिक्सा चालक प्रदर्शनमा

वीरगञ्जमा रुट परमिटको महँगो शुल्क लिएपछि अटो-रिक्सा चालक प्रदर्शनमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

बीबीसीले ट्रम्पसँग माफी माग्यो, क्षतिपूर्ति तिर्न भने अस्वीकार गर्‍यो

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

मधेशमा अझै उमेर नपुग्दै विवाह गर्ने चलन

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

आइसिटी सम्बन्धी कानूनको मस्यौदा तयार छ तर अगाडि बढेको छैन : सचिव अर्याल

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

धार्मिक आस्थाको केन्द्र हडियाबाबा आश्रम

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

जेनजी आन्दोलनः तोडफोड र आगजनीको अभियोगमा पाँच जना पक्राउ

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आयोगद्वारा दलहरूसँग छलफल

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

सिन्धुली दुर्घटना: दुई जनाको मृत्यु ४ जना गम्भीर घाइते

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

४ वर्षदेखि क्यानडामा अड्किएको छ सबैभन्दा ठूलो कार्गो विमान, दिनको १ लाख भाडा तिर्नुपर्छ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .