No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

१० अर्ब प्रदूषण शुल्क उठाएर अन्यत्रै खर्च

१० अर्ब प्रदूषण शुल्क उठाएर अन्यत्रै खर्च

काठमाडौं । पुस २१ गते काठमाडौं उपत्यका विश्वकै सबभन्दा प्रदूषित सहरको सूचीमा पर्‍यो । हावा नचल्दा प्रदूषित हावा बाहिर निस्कन नसक्दा दुई दिनमै विश्वकै खराब सूचीमा पर्नुले काठमाडौंको वातावरणीय दुर्दशा देखाउँछ । र, केही दिन ‘प्रदूषण चिन्ता’ व्यक्त गरेर बहस सेलाउनुले काठमाडौंको वातावरणीय दुर्दशा योभन्दा गहिरिने देखाउँछ ।

वायु प्रदूषण विकराल भएपछि नगरिकलाई बाहिर ननिस्कन अपील गरेको सरकारले समाधानको लागि विज्ञहरुसंग एउटा छलफलसम्म गरेन । वायु प्रदूषण नियन्त्रणको लागि वर्षमा करोडौं कर असुल्ने सरकारले सुधारका लागि सिन्कोसम्म भाँचेको छैन ।

सरकारले गत १२ वर्षमा प्रदूषण शुल्कका नाममा करिब रु.१० अर्ब असुल गरिसकेको छ । नेपाली उपभोक्तले आर्थिक वर्ष २०६५/०६६ देखि आव ०७६/७७ सम्म सरकारलाई ९ अर्ब ८० करोड गैर कर राजस्व बुझाएको नेपाल आयल निगमको तथ्यांकले देखाउँछ । यो प्रदूषण शुल्क हो ।

अर्थमन्त्रालयले त्यो रकम तजबिजीमा खर्च गरिरहेको छ । प्रदूषण शुल्कलाई अरु कर सरह खर्च गर्न मिल्दैन ।

सवारी चलाएर प्रदूषण गर्नेले नै वातावरण संरक्षणमा योगदान गर्नपर्छ भन्दै सरकारले प्रतिलिटर पेट्रोलियम पदार्थमा ५० पैसा असुल्दै आएको छ । आयल निगमले यस्तो शुल्क भन्सार बिन्दुमा तिर्छ । उपभोक्ताबाट पेट्रोल पम्पमा असुलिन्छ ।

सरकारले यस्तो रकम उदेश्य अनुसार खर्च गर्न त परै जाओस्, हिसाव पनि परादर्शी ढंगले सार्वजनिक गरेको छैन ।

अन्यत्रै खर्च

एउटा शीर्षकमा उठाएको शुल्क आर्थिक अनुशासनबाहिर गएर अन्यत्रै खर्च गर्नु उचितलाई उचित मानिदैन । वातावरणविद्हरुका अनुसार पट्रोलियम प्रयोगबाट निस्किएको विषक्त धुँवाले वातावरण र उपभोक्ताको स्वास्थ्य बिग्रिने क्रम उच्च दरमा बढ्दो छ । प्रदूषण शुल्क भनेर उठाइने राजस्व अन्यत्रै प्रयोग गरेर सरकारले नीतिगत बदमासी गरेको उनीहरुको भनाइ छ ।

वातावरणविद भुषण तुलाधर जनताबाट उठाएको प्रदूषण शुल्क वातावरण संरक्षणकै काममा पारदर्शी ढंगले लगाउनुपर्ने बताउँछन् । ‘कसरी, कहाँ खर्च गर्ने भन्ने सरकारकै विषय हो,’ उनले भने, ‘अहिले बिना कुनै योजना त्यस्तो शुल्क खर्च भइरहेको छ, सँधै यही शैलीमा अघि बढ्न हुन्न ।’

अर्थमन्त्रालयका प्रवक्ता रहेका सहसचिव रामेश्वर दंगाल प्रदूषण शुल्कका रुपमा असुल भएको राजस्व संघीय सञ्चित कोषमा जम्मा हुने भएकोले बाहिर माग उठेजस्तो गरि खर्च गर्न नसकिने बताउँछन् ।

‘वातावरण नियमावलीले परिकल्पना गरेको वातावरण संरक्षण कोषमा यो शुल्कबाट केही रकम दिने कि भन्ने छलफल भएको थियो,’ उनी भन्छन्, ‘जुन शीर्षकमा कर उठाइएको हो, त्यसमै खर्चिनुपर्छ भन्न थालियो भने समन्यायिक विकास गर्न अप्ठेरो हुन्छ ।’

वातावरणविज्ञहरु भने यो रकम सवारीमार्फत हुने प्रदूषण नियन्त्रणकै लागि लगानी गर्न सके अवस्था सुधार्न सकिने बताउँछन् । बंगलादेश र रुवान्डा जस्ता देशले पनि जलवायु परिवर्तनको असर कम गर्न कोष बनाएर काम अघि बढाएको बताउँदै तुलाधार भन्छन्, ‘हामी पनि एउटा विशेष कोष बनाएर प्रदूषण शुल्क उपयोग गर्ने बाटोमा जानुपर्छ ।’

विद्युतीय सार्वजनिक सवारीलाई पनि सरकारले प्रोत्साहित गर्नुपर्ने विज्ञहरुको धारणा रहँदै आएको छ । सरकारले भने विद्युतीय बस किन्न छुट्याएको पैसा पनि उपयोग नगरी राखेको छ ।

निष्प्रभावी प्रदूषण जाँच

उपभोक्ता अधिकारकर्मी रामबहादुर थापा पेट्रोल–डिजेलबाट उठाइएको शुल्क धेरै धुँवा फालेर गुड्ने सवारी नियन्त्रण र नियमनमा लगाउनपर्ने बताउँछन् । ‘देशभर सवारीको इन्जिन र अन्य सुरक्षात्मक पाटोको परीक्षण गर्ने सवारी परीक्षण केन्द्र बनाउनुपर्छ,’ उनी भन्छन् ।

काठमाडौंको टेकुको रहेको सवारी परीक्षण केन्द्रमा जोडिएका ६ करोड रुपैयाँका मेसिनहरुमा माकुरोको जालो लागेको छ । यो सेन्टर चलाए नेपालमा चलिहरेका धेरैजसो सवारी प्राविधिक रुपमा अयोग्य ठहरिने भएपछि प्रयोगविहन बनाएर छडिएको उपभोक्ता अधिकारकर्मी थापा बताउँछन् ।

सेन्टरमा जोडिएका अत्याधुनिक मेसिनहरुले सवारीको विभिन्न प्राविधिक पक्षको विश्लेषण कम्प्युटराइज्ड प्रविधिमा गर्छ । तर, अहिले उपत्यकामा चल्ने ट्याक्सी र पर्यटक सवारीको मात्र फिटनेस परिक्षण गरिदैछ, त्यो पनि मेसिनबाट होईन, आँखाले हेरेर । १४ अञ्चलका सवारी कार्यालयहरुमा यसैगरी ६–६ महिनामा सवारी जाँचपास हुन्छ ।

सेन्टरले सवारीको प्रदूषणस्तर जाँच गर्न दुईवटा घुम्ती सेवा सञ्चालनमा ल्याएको छ । तर, त्यसबाट काठमाडौंका लाखौं सवारीको प्रदूषण जाँच हुन सम्भव छैन ।

सवारी प्रदूषण जाँच नै गतिलो नभएपछि उपत्यकाका विभिन्न क्षेत्रमा अनिवार्य गरिएको हरियो स्टिकरको प्रावधान पनि कर्मकाण्डमा सिमित बनेको छ । यातायात कार्यालयहरुले आर्थिक चलखेलमा हरियो स्टिकर दिने गरेकाले धुँवाको मुस्लो फाल्ने थोत्रा गाडीहरु पनि निस्फिक्री चल्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#यातायात#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

Next Post
बेलायतबाट आएका ५ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोनाको नयाँ प्रकार भित्रिएको पुष्टि

संसद विघटनको बहसमा सुवास नेम्वाङको अभिव्यक्तिको चर्चा

संसद विघटनको बहसमा सुवास नेम्वाङको अभिव्यक्तिको चर्चा

२२ दिनपछि ओली समूहमै फर्किइन् राज्यमन्त्री गजमेर

२२ दिनपछि ओली समूहमै फर्किइन् राज्यमन्त्री गजमेर

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .