No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

महामारीमा १३ अर्ब ब्याज छुट, प्रभावित नहुनेले पनि सुविधा पाए : बैंकर्स संघ

महामारीमा १३ अर्ब ब्याज छुट, प्रभावित नहुनेले पनि सुविधा पाए : बैंकर्स संघ

 काठमाडौं । कोरोनाको महमाकारीका कारण समस्यामा परेका ऋणीहरुलाई करिब १३ अर्ब रुपैयाँ ब्याज छुट दिएका छन् । कोरोनाका कारण बैंक तथा वित्तीय संस्थाहरुमा परेको असर र बैंकहरुले दिएका सुविधाहरुबारे नेपाल राष्ट्र बैंकले एक प्रतिवेदन बनाएर सरकारलाई बुझाएको छ ।

अर्थमन्त्रालयलाई बुझाएको उक्त प्रतिवेदनअनुसार बैंकहरुले ब्याज छुटमात्रै १२ अर्ब २५ करोड रुपैयाँ र ५५ करोड १४ लाख रुपैयाँ ब्याज फिर्ता दिएका छन् । कार्यबाहक गभर्नर चिन्तामणि सिवाकोटी रहेको बेला राष्ट्र बैंकले सबैभन्दा पहिला १० प्रतिशत ब्याज छुट दिन बैंकहरुलाई निर्देशन दिएको थियो ।

११ चैतदेखि सरकारले गरेको लकडाउनका कारण उद्योगी व्यवसायीहरु समस्यामा परेको भन्दै राष्ट्र बैंकले तत्कालका लागि कुल ब्याजमा १० प्रतिशत छुटको व्यवस्था गरेको थियो । पछि महाप्रसाद अधिकारी गभर्नर नियुक्त भइसकेपछि राष्ट्र बैंकले ब्याजदरमा २ प्रतिशत छुट दिन भनेको थियो ।

कुल ब्याजमा १० प्रतिशत छुट भनिएकोमा वाणिज्य बैंकहरुले ५५ करोड १४ लाख रुपैयाँ ऋणीलाई ब्याज फिर्ता दिएका हुन् । प्रतिवेदन अनुसार ब्याजदरमै २ प्रतिशत छुट दिएकोमा ‘क’ वर्गका बैंकहरुलेमात्रै ९ अर्ब ६७ करोड रुपैयाँ छुट दिएका छन् ।

यसैगरी विकास बैंकहरुले ९६ करोड ५० लाख रुपैयाँ छुट दिएका छन् भने ‘ग’ वर्गका वित्तीय संस्थाहरुले १४ करोड ६७ लाख रुपैयाँ ब्याज छुट दिएका छन् । उक्त प्रतिवेदन अनुसार लघुवित्त वित्तीय संस्थाहरुले समेत दिएको ब्याज छुट समेत जोड्दा बैंक तथा वित्तीय संस्थाहरुको कोरोना कहरमा १२ अर्ब २५ करोड १७ लाख रुपैयाँ योगदान देखिएको छ । यसरी छुट पाउदा निकै समस्यामा परेका ऋणीहरुलाई निकै ठूलो राहत भएको राष्ट्र बैंकले बताएको छ ।

३५०४ शाखाबाट ४१ हजारले लिए पुनर्कर्जा

कोरोनाका कारण समस्यामा परेका उद्योगी व्यवसायीहरुलाई सुहिलयत दिन भन्दै राष्ट्र बैंकले पुनर्कर्जाको आकार बढाएको छ । राष्ट्र बैंकका अनुसार हालसम्म ८२ अर्ब २० करोड रुपैयाँ पुनरकर्जा स्वीकृत भएको छ ।

‘एकमुष्ट पुनर्कर्जाबाट सातै प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाका ३५०४ वटा शाखाका ऋणी लाभान्वित भएका छन्’ राष्ट्र बैंकले अर्थमनत्रालयलाई बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा जनाइएअनुसार हालसम्म एकमुष्ट पुनर्कर्जाबाट ४० हजार ९ सय ८३ जनाले सहुलियत प्राप्त गरेका छन् ।

यसमा १५ लाख रुपैयाँसम्म उपयोग गर्ने ऋणीको संख्या ३३ हजार ६ सय १० रहेको छ भने १५ लाख रुपैयाँ भन्दा माथि ५ करोडढ रुपैयासम्म पुनर्कर्जा लिने ऋणीहरुको संख्या ७ हजार ३ सय ७३ जना रहेको केन्द्रीय बैंकले जनाएको छ ।

अन्य शिर्षकका सहुलियत कर्जा लिनेको संख्या पनि पछिल्लो समय हृवात्तै बढेको छ । गत असार मसान्तको तुलनामा कात्तिक मसान्तमा सहुलियत कर्जा लिने ऋणीको संख्या करिब १४ हजारले बढेको राष्ट्र बैंकले जनाएको छ ।

असार मसान्तसम्म ३२ हजार ४ सय ४८ जनाले ५५ अर्ब २५ करोड रुपैयाँ सहुलियत ऋण लिएका थिए । चार महिनाको अवधिमा ऋण लिनेको संख्या १३ हजार ८ सय ९५ र ऋण रकम २४ अर्ब ५० करोड रुपैयाँले वृद्धि भएको छ । जसअनुसार कात्तिक मसान्तसम्म ४६ हजार ३ सय ४३ ऋणीले ७९ अर्ब ७५ करोड रुपैयाँ सहुलियत ऋण लिएका छन् ।

जसमा ‘क’ वर्गका  बैंकहरुबाट ४२ हजार ७ सय ३३ जनाले र ख’ वर्गका बैंकहरुबाट ३ हजार २ सय ७५ जनाले यस्तो ऋण उपयोग गरेका छन् । ‘ग’ वर्गका फाइनान्स कम्पनीहरुबाट भने २३१ जना र लघुवित्त वित्तीय संस्थाहरुबाट ११४ जनाले मात्रै सहुलियत ऋण उपयोग गरेका छन् ।

 प्रभावित नभएकाले पनि सुविधा पाएः अध्यक्ष दाहाल

कोरोनाका कारण समस्यामा परेकालाई ब्याज छुट दिन केन्द्रीय बैंकले भनेपछि सबै बैंकहरुले दिएका छन् । यसमा सबैभन्दा धेरै योगदान ‘क’ वर्गका अर्थात वाणिज्य बैंकहरुकै छ । वाणिज्सय बैंकका सीईओहरुको छाता संगठन बैंकर्स संघ दिइएको ब्याज छुटप्रति खुसी नै छ तर सन्तुष्ट भने छैन ।

यसको कारण भनेको समस्यामा नपरेकाले पनि ब्याज छुटको सुविधा उपयोग गरेका छन् । मौदि्रक नीति अगावै बैंकर्स संघले राष्ट्र बैंकलाई धेरै समस्यामा परेकालाई धेरै सहुलियत र समस्यामा नपरेकालाई सहुलियत दिन नपर्ने सुझाव दिएको थियो ।

कोरोनाका कारण पर्यटन, होटल, यातायात लगायतका क्षेत्रहरुमा निकै ठूलो असर पर्‍यो । उता कोरोनाकै बेला पनि मेडिकल जस्ता केही क्षेत्रहरु भने फाइदामा गए । कोरोनाका कारण समस्या होइन उनीहरुलाई निकै राम्रो फाइदा भयो । यी फाइदा पाएका क्षेत्रहरुले पनि सहुलियत पाएको बैंकर्स संघका अध्यक्ष दाहाल बताउछन् ।

कोभिडको कारण धेरैको आम्दानी गुमेको तर केहीले भने कोभिडकै मौकमा कमाउने अवसर पनि पाएको अध्यक्ष दाहालले बताए । धेरै ऋणीले सहुलियत पाएकोमा आफू खुसी भएको तर वास्तविक समस्यामा परेकामात्रै पाएको भए झन धेरै खुसी हुने उनको भनाई छ ।

‘निकै ठूलो छुट हामीले दिएका छौं, सानिमा बैंकलेमात्रै ४५ करोड रकम छुट दिएको छ’ उनले भने, ‘घाटामा गएकालाई सहुलियत दिनु पर्ने हो, यहाँ त जसले बढी कमाउँछ उसले पनि पाए, आम्दानी बढ्नेले सुहलियत लिने होइन राज्यलाई केही योगदान दिनुपर्ने थियो ।’

कोभिडका कारण केही समस्यामा परेको त केहीले उल्टै राम्रो आम्दानी गरेको भन्दै अध्यक्ष दाहालले राज्यले करको दरमा पनि संशोधन गर्नु पर्ने बताए । बढी आम्दानी गर्नेलाई बढी कर लिने र समस्या पर्नेलाई छुट दिनु पर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #आर्थिक#समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

देश भित्र हामी टुक्रिँदै गएको पीडा कहिले सम्म? एकताबाट मात्र राष्ट्र बलियो बन्न सक्छ – समाजसेवी अशोक कुमार खड्का

मुख्यमंत्री सरोज यादवलाई कालो झंडा, मदरसा बिधयेक खारेजी को मांग

मुख्यमंत्री सरोज यादवलाई कालो झंडा, मदरसा बिधयेक खारेजी को मांग

Next Post
मलका ठेकेदार : पौने ६ अर्बको ठेक्का हत्याए, मल ल्याउने क्षमता नै पुगेन

मलका ठेकेदार : पौने ६ अर्बको ठेक्का हत्याए, मल ल्याउने क्षमता नै पुगेन

सिरहाको गोलबजारमा राष्ट्पती र प्रधानमन्त्रीको गरे पुतला दहन

सिरहाको गोलबजारमा राष्ट्पती र प्रधानमन्त्रीको गरे पुतला दहन

के उपेन्द्र यादव चिनियाँ एजेन्ट हुन् ?

के उपेन्द्र यादव चिनियाँ एजेन्ट हुन् ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

मोदी–पुटिन भेटमा भारतको शान्ति आग्रह

मोदी–पुटिन भेटमा भारतको शान्ति आग्रह

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

धानको कुन्यूसँगै जल्यो मुसहर परिवारको सपना

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

तोकिएको समयमा निर्वाचन गरेर युवाको हातमा सत्ता सुम्पिन्छौं : प्रधानमन्त्री कार्की

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

नेटो महासचिव भन्छन्- ट्रम्पले मात्र रुस-युक्रेन गतिरोध अन्त्य गर्न सक्छन्

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

प्यालेस्टिनीहरूलाई गाजा छोड्नका लागि रफाह क्रसिङ चाँडै खोलिने

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

चीनले हरित ऊर्जातर्फको रूपान्तरणलाई गति दिएसँगै ऊर्जा भण्डारण बजारमा तीव्र वृद्धि

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

सर्लाहीमा प्रादेशिक अस्पताल व्यवस्थापन समितिको मनोनयन असंवैधानिक भन्दै टायर बालेर प्रदर्शन

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ

राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने

राष्ट्रियसभा र प्रदेश सांसदलाई कांग्रेसले उम्मेदवार नबनाउने

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...