संजय यादव, गोलबजार, सिरहा
पुस २०, सोमबार
सिरहाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहले गोलबजार नगरलाई खेलकूदको हवकै रुपमा अगाडी बढाउन लागिपरेको बताएका छन् । यसै अन्तर्गत पुस २९ गते देखि राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता पनि हुने भएको बताए । खेलकूदको हवकै रुपमा विकास गर्न ५२ विग्हा जग्गामा खेलग्राम द्रुत गतिमा बनिरहेको बताए ।
पत्रकारसंग कुरा गर्दै नगर प्रमुख साहले भने, खेलाडीहरुलाई खेलप्रति प्रोत्साहान गर्न सुबिधा समपन्न खेलग्राम, ब्यबस्थित र आधुनिक कर्बडहलको निमार्ण उत्साहकासाथ भईरहेको नगर प्रमुख साहले भने । दक्ष र होनहार खेलाडी उत्पादन गर्न म नगर प्रमुखमा निर्वाचित भएदेखि मेयर गोल्डकपको स्थापना गरिएको छ, जुन गोलबजारको मेयर गोल्डकप हो । मेयर देवनाथ साहको गोल्डकप होईन । जुनसुकै मेयर आएपछि गोल्डकप चलाउन सकिन्छ । गोल्डकपको नाँउमा खेलकूद अगाडी बढाउन सक्ने वातावरण सृजना भएको बताए ।
दक्ष खेलाडी उत्पादन गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रशिक्षकहरु राखेर खेलाडीहरुलाई प्रशिक्षणको ब्यवस्था गर्दै खेल ब्यवस्थित गर्न अनुसाशनको जरुरी छ, खेल भएन भने स्वास्थ्य पनि राम्रो हुदैन तसर्थ उच्च स्तरको खेलाडी उत्पादन गर्न गोलबजार नगरपालिका लागिपरेको नगर प्रमुख साहले भने ।
त्यस्तै गोलबजार नगर कार्यपालिकाका प्रमुख प्रशासकीय अधिकृत उप सचिव श्रीधर केसीले यही पुस २९ गते देखि हुने राष्ट्रिय स्तरको पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको बताए । प्रमुख प्रशासकीय अधिकृत केसीले पुस २६ र २७ गते जिल्ला स्तरिय प्रथम मेयर ब्याडमिन्टन प्रतियोगिता र पुस २९ देखि माघ ३ गते सम्म राष्ट्रिय स्तरको ब्याडमिन्टन प्रतियोगिता हुने बताए । राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिकाको संयुक्त आयोजनामा हुने खेलमा कवर्डहल वरिपरी सरसफाई र ब्यवस्थापनका कामहरु द्रुतगतिमा भईरहेको अधिकृत केसीले बताए ।
पुस २५ गते सम्म खेलाडीहरुको नामावली दर्ता हुने, अनुमानित २ सय खेलाडीहरुको सहभागिता हुने । प्रतिगोगितामा ९ वटा इभेन्टस् हुने बताए । राष्ट्रिय स्तरको खेल हुने भएपछि म अत्यन्तै खुशी र उत्साहित पनि छु । अधिकृत केसीले थपे, खेलकूद भनेको एउटा बिशिष्ट क्षेत्र हो । राष्ट्रको लागि खेलकूद, स्वास्थ्यको लागि खेलकूद, एकताको लागि खेलकूद भएको अनुरुप नै प्रतियोगिता हुन गईरहेको बताए । अधिकृत केसी स्वमं ब्याडमिन्टनको राम्रो खेलाडीको रुपमा दर्ज भईसकेको ब्याडमिन्टनका एक जना खेलाडीले बताए । अधिकृत केसीको प्रत्यक्ष निगरानीमा सुबिधा समपन्न कवर्डहल पनि बनेको छ । कवर्डहलमा अधिकृत केसी दिनहुँ अन्य खेलाडीहरुसंगै अभ्यास गर्दै गरेको बुझिएको छ ।