No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जनता आवास कार्यक्रम : प्रदेश मातहत आएपछि पर्सामा पहिलोपटक घर बनाउन सुरु

जनता आवास कार्यक्रम : प्रदेश मातहत आएपछि पर्सामा पहिलोपटक घर बनाउन सुरु

वीरगञ्ज । पर्सामा ‘जनता आवास कार्यक्रम’ अन्तर्गत घर बनाउन थालिएको छ । जनता आवास कार्यक्रम प्रदेश सरकारको मातहतमा आएपछि पर्सामा पहिलोपटक घर बनाउन लागिएको हो ।

बहुदरमाई नगरपालिका-२ पिप्रामा बनाइने घरको शुक्रबार शिलान्यास गरिएको छ । जनता आवास कार्यक्रम पर्साका संयोजक प्रदेश सभा सदस्य रमेश पटेलले शिलान्यास गरेका हुन् । पिप्रा टोलमा तीन घर दलित परिवार छनौटमा परेको जनता समाजवादी पार्टीका नेता शिव पटेलले जानकारी दिए ।

पर्सा जिल्ला भरी भने ६ सय वटा घर बनाउने तयारी गरिएको छ । २ सय लाभग्राही एक वर्षअघि नै छनौट भएका थिए । उनीहरुकै घर बनाउन सुरु गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय वीरगञ्जले जनाएको छ ।

थप ४ सय घर छिट्टै छनौट गर्ने तयारी छ । त्यसका लागि आवेदन माग गर्ने, सर्भे गर्ने लगायत छनौटको प्रक्रिया पूरा गर्नुपर्छ ।

कोभिड महामारीका कारण निर्माण सम्पन्न हुन बाँकी रहेका घरको काम सुरु गर्न ढिलाई भएको कार्यक्रम कार्यान्वयन इकाई कार्यालय पर्साले जनाएको छ । आवास निर्माणका लागि घरको डिजाइनसहित प्रदेश सरकारले ३ लाख ३२ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने छ भने लाभग्राहीले श्रमदान, नगद वा निर्माण सामग्री उपलब्ध गराएर १० प्रतिशत लागत सहभागिता जनाउनुपर्ने व्यवस्था छ ।

उक्त रकमबाट २ कोठाको आवास र रिङ हालेको चर्पी बनाउनुपर्नेछ । प्रदेश २ सरकारले ‘जनता आवास कार्यक्रम’ मा तराई मधेसका डोम, मुसहर, मेस्तर र हलखोर जातिलाई प्रथामिकता दिने बताउँदै आएको छ ।

१० जना लाभग्राही भएको बस्तीमा निर्माण समिति गठन गर्नुपर्ने तर छरिएर रहेको अवस्थामा भवन कार्यालय वा कार्यान्वयन इकाई कार्यालयले लाभग्राहीसाग सिाधै सम्झौता गरेर काम गराउन सक्ने व्यवस्था कार्यविधिमा छ ।

दलित विपन्न जनतालाई पक्की आवास दिने लक्ष्यका साथ ल्याइएको जनता आवास कार्यक्रमको प्रगति भने वितगदेखि नै सन्तोषजनक छैन । प्रदेश २ मै कार्यक्रम कार्यान्वयनको अवस्था कमजोर छ । छनौटमा परेका लाभग्राहीले पक्की घर बन्ने आशमा फुसको घर भत्काउादा विचल्लीमा परेका उदाहरण थुप्रै भेटिन्छन् ।

सहरी विकास तथा भवन डिभिजन कार्यालय वीरगञ्जका अनुसार पर्सा, बारा र रौतहटमा पुराना घरहरु सम्पन्न हुन सकेको छैन । पर्सामा ९ सय ८३ घर छनौटमा परेकोमा ७ सय ५० वटा मात्रै हस्तान्तरण भएको छ । बाँकी घर पनि अन्तिम चरणमा रहेकोले सम्पन्न गरेर हस्तान्तरण गर्ने सहरी विकास तथा भवन डिभिजन कार्यालय वीरगञ्जका प्रमुख राजेन्द्र साह बताउाछन् ।

‘आ.व. ०७३/७४ देखिकै घर अलपत्र थियो, पुरानो घरहरु सम्पन्न गराएर भुक्तानी दिने अन्तिम अवस्थामा पुर्‍याएका छौं,’ उनले भने, ‘ अब नयाा पनि सुरु गर्दै जाने निर्णय भएको छ ।’

जनता आवास अन्तर्गतका घर बनाउने काम एक महिनाभित्र सम्पन्न गराउन सम्बन्धित वडालाई पत्राचार गर्ने निर्णय बिहीबार बसेको कार्याक्रम कार्यान्वयन इकाई समितिको बैठकले गरेको उनले बताए ।

‘सम्बन्धित लाभग्राहीले नै घर बनाउने भनिएको छ, पैसा उनीहरुको खातामा जान्छ । पाएको पैसा उनीहरुले अन्यत्र खर्च गरिदिन्छन्,’ प्रमुख साहले भने, ‘ दुई महिनामा हुने काम ४ वर्ष वितिसक्दा पनि हुन सकेको छैन ।’

कार्यालयका अनुसार बारामा पुरानो ८ सय ९३ घर लगभग सम्पन्नको अवस्थामा छन् । तर भुक्तानी दिनका लागि कार्यालयसाग रकम छैन । गत वर्ष पैसा नआएकोले भुक्तानीमा समस्या देखिएको छ । बारामा बनिसकेका घरको भुक्तानी दिनका लागि ६ करोड ६४ लाख रुपैयाा भएपनि अढाई करोड अझै अपुग देखिएको कार्यालय प्रमुख साहले बताए । बारामा थप ९ सय ९३ नयाा घर पनि बनाईंदैछ ।

रौतहटमा पहिले नै सम्झौता भएका १ हजार घर बनाईसकिएको कार्यालयले जनाएको छ । तर ६४ लाख भुक्तानी गर्न बाँकी छ । पुस २५ गतेदेखि नयाा घर बनाउन शुरु गर्ने तयारी छ । रौतहट जिल्ला भरीका लागि १ हजार २ सय ५० घर आएको छ भने थप मौलापुर र देवाही गोनाही नगरपालिकाका लागि क्रमशः २ सय ५० र २५ घर तोकेरै आएको छ ।

सिराहामा ४ सय र सप्तरीमा ६ सय भन्दा बढी नयाा घर बनाउने कार्य असारदेखि सुरु गरिएको छ । सप्तरी स्थित सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख ईन्जिनियर कृष्णदेव झाका अनुसार जग्गा व्यवस्थापन लगायत समस्याका कारण थोरै लाभग्राहीको काम सुरु गर्न सकिएको छैन ।

‘कार्यविधि अनुसार लाभग्राही स्वयंले घर बनाउनुपर्ने हुन्छ, आफ्नो घर आफैं बनाउनुपर्छ भनेर होला । हामीले काम सम्पन्न भएपछि पैसा दिने हो । ‘ उनले भने ‘ पूाजीको अभाव, ज्ञानको कमीले गर्दा सोचे अनुसार काम हुन नसक्ने रहेछ ।’

निर्माण समिति बनाएर काम गरिएको ठाउामा संयोजक बदमास भइदिँदा पनि काम हुन नसकेको अनुभव आफ्नो रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tags: #समाजिक
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
सन् २0२१ का लागि विश्व स्वास्थ्य संगठनका २१ स्वास्थ्य सुझाव

सन् २0२१ का लागि विश्व स्वास्थ्य संगठनका २१ स्वास्थ्य सुझाव

प्रधानमन्त्रीलाई निरु पालको सुझाव : संघीयता खारेज गरिदिनुस्

प्रधानमन्त्रीलाई निरु पालको सुझाव : संघीयता खारेज गरिदिनुस्

फिल्म ‘कौसिद’काे गणेशस्थान मुहूर्त

फिल्म ‘कौसिद’काे गणेशस्थान मुहूर्त

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .