• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चिनियाँ नेताको प्रश्न– नेकपामा मिल्ने ठाउँ छ कि सकियो ?


चिनियाँ नेताको प्रश्न– नेकपामा मिल्ने ठाउँ छ कि सकियो ?

काठमाडौं । वैदेशिक मामिलामा चिनियाँ नीति ‘क्वाइट डिप्लोमेसी’का रुपमा परिचित छ । तथापि सत्तारुढ नेकपाको विभाजनपछि आइतबार काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टी टोलीले नेकपाको मामिलामा गहिरो चासो देखाएको छ । नेकपाका नेतालाई चिनियाँहरुको प्रश्न छ– अब एकता गर्ने ठाउँ छ कि सकियो ?

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ यैचोको टोली नेकपाका नेताहरुलाई भेट्न आइतबार काठमाडौं आएको हो । यो टोलीले आइतबार र सोमबार विभिन्न शीर्षनेताहरुसँग भेटवार्ता गरेको छ ।

आइतबार काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टीका नेता यैचोले सुरुमै शीतलनिवास पुगेर विद्या भण्डारीसँग कुराकानी गरेका थिए । त्यसपछि उनले आइतबार राति नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरे । सोमबार बिहान चिनियाँ टोलीले पूर्वप्रधानमन्त्री प्रचण्डसँग करिब डेढ घण्टा छलफल गर्‍यो । सोमबारै अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालसँग पनि चिनियाँ टोलीले कुराकानी गर्‍यो ।

आइतबार अपराह्न राष्ट्रपतिलाई भेटेको येचौ नेतृत्वको टोली साँझ बालुवाटार पुगेको थियो । सोमबार बिहान प्रचण्ड निवास पुगेको यो टोलीले माधवकुमार नेपाललाई भने नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता गरेको थियो ।

‘मिल्ने ठाउँ छ कि सकियो ?’

चिनियाँ टोलीले नेकपाको विभाजनबारे राष्ट्रपति, प्रधानमन्त्री र अन्य नेताहरुसँग जिज्ञासा राख्दै विभिन्न प्रश्न सोधेका थिए । नेकपाका नेताहरुलाई भेटेर फेरि मिल्ने ठाउँ छ कि छैन भनेर चिनियाँहरुले चासो राखेका छन् ।

‘चिनियाँ टोलीको चासो के कारणले यस्तो भएको हो ? अब मिल्ने ठाउँ छ कि छैन भन्ने थियो’ नेकपाका एक नेता भन्छन्, ‘उहाँहरुको कुनै राय सल्लाह थिएन ।’

स्रोतका अनुसार प्रचण्ड र नेपालले आफूहरुले अन्तिमसम्म एकताको पहल गरेको तर, प्रधानमन्त्री ओलीले संविधानमाथि नै प्रहार गर्दा यो अवस्था आएको बताएका छन् ।

अब मिल्ने ठाउँ छ कि छैन भन्ने चिनियाँहरुको प्रश्नमा प्रचण्ड, माधव र झलनाथ सबै नेताहरुले अब केपी ओलीले गल्ती सच्याएर आत्मालोचना गर्ने र संसद पुनस्थापना गर्ने हो भने मात्रै त्यसबारे सोच्न सकिने जवाफ दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

‘संसद पुनर्स्थापना गरेर संविधानलाई ट्रयाकमा ल्याउनु पूर्वसर्त जस्तै बनेको छ’ एक नेता भन्छन्, ‘यही कुरा अध्यक्षद्वयले भन्नुभएको छ ।’

कम बोल्ने, धेरै बोल्न लगाउने !

केपी ओली र प्रचण्ड–माधव दुवै समूहसँगको भेटमा चिनियाँ नेताहरुले सकेसम्म ‘रिजर्भ’मा रहने प्रयत्न गरे । ‘चिनियाँहरु धेरै बोलेनन्, हामीलाई मात्रै बोल्न लगाए’ सोमबार यैचोको टोलीसँग भेट गरेका नेकपाका एक नेताले अनलाइनखबरसँग भने, ‘उनीहरुले हाम्रा कुरा बढी सुने, हामीलाई आफ्ना कुरा सुनाउँदैमा भेटघाटको समय सकियो ।’

नेकपामा विभाजन आएपछि यसको कारण र असरबारे बुझ्न चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि यैचो काठमाडौं आएका हुन् । कुराकानीका क्रममा चिनियाँहरु धेरै नखुलेको र नेपाली नेताहरुको कुरामात्रै बढी सुनेको नेताहरुले बताएका छन् ।

उनीहरुले नेकपालाई मिल्नोस् भनेर खासै दबाव नदिएको भेटमा सहभागी एक नेताले बताए । उनले भने, ‘चिनियाँहरुले तपाईंहरु मिल्नोस् आदि–इत्यादि केही पनि भनेनन्, हामी नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैनौं, पार्टीभित्र के भएको हो, त्यो बुझ्न मात्रै आएका हौं मात्रै भने ।’

नेताहरुका अनुसार चिनियाँ टोली कुनै सल्लाह दिनुभन्दा पनि के भएको हो भन्ने बुझ्न आएको देखिन्थ्यो । उनीहरुले घटनाक्रमबारे चासो राख्दै नेताहरुलाई सुन्ने प्रयास गरेका थिए । चिनियाँहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने बताएका थिए । साथै नफुटेको एकीकृत कम्युनिस्ट पार्टी हेर्न चाहेको समेत बताएको भेटमा सहभागी नेताहरुले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • उच्चस्तरको नेपाल भ्रमणबारे चीनले भन्यो : आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा दृढ छौं
  • २०७७ पुष १३, सोमबार १७:३०
  • In "देश"
  • बानेश्वरमा माधव नेपाल र चिनियाँ टोलीबीच भेटवार्ता
  • २०७७ पुष १३, सोमबार १७:३०
  • In "देश"
  • राष्ट्रपति कार्यालय पुग्यो चिनियाँ टोली
  • २०७७ पुष १३, सोमबार १७:३०
  • In "थप"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post

कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै सर्वोच्चमा रिट दर्ता

उच्चस्तरको नेपाल भ्रमणबारे चीनले भन्यो : आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तमा दृढ छौं

संसद विघटनविरुद्ध जसपाले दुई हप्ता निरन्तर विरोधसभा गर्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version