• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

घनश्यामको प्रश्न : वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?


घनश्यामको प्रश्न : वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?

बुटवल । नेकपा प्रचण्ड–माधव समूहका नेता घनश्याम भुसालले मध्यावधि चुनाव गर्नका लागि घोषणा नगरिएको बताएका छन् ।

चुनावमा जाने बाटो, प्रयोजन र प्रकृया सबै गलत भएको भन्दै उनले वैशाखमा चुनाव हुन्छ भनेर कसैले नपत्याउने बताए । तिलोत्तमामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै भुसालले भने, ‘वैशाखमा चुनाव हुन्छ भनेर कसैले पत्याउँछ ?’

उनले संसद पुनर्स्थापित हुने चार महिना पनि नलाग्ने उनले बताए । नेता भुसालले भने, ‘राजाले विघटन गरेको संसद त आन्दोलनको बलमा पुनर्स्थापना गरियो, अहिले नहुने कुरै छैन ।’ संसद पुनर्स्थापना नभए संविधान च्यातिन शुरु हुने र संविधान विरोधीले टाउको उठाउने मौका पाउने भुसालले औंल्याए ।

पार्टीका सबै कमिटी र संसदीय दलमा समेत अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विधि विधान विपरित संसद विघटन गरेको उनले बताए । प्रधानमन्त्रीको कदमको विपक्षमा ओली समूहकै धेरै नेता रहेको भुसालको दाबी छ ।

पार्टीले सररकारलाई काम गर्न नदिएर संसद विघटन गर्नु परेको भन्दै ओली पक्षको दाबी उनले अस्वीकार गरे । तत्कालीन कृषिमन्त्री समेत रहेका उनले एमसीसी पारित गर्ने विषयमा बाहेक पार्टीले सरकारलाई कुनै विषयमा अवरोध नगरेको दाबी गरे । एमसीसीका हकमा राष्ट्रको हितमा हुने गरी संशोधन गरेर मात्रै पारित गर्न पार्टीले सरकारलाई निर्देशन दिएको उनले स्मरण गरे ।

भेलामा पूर्वसभामुख ओनसरी घर्तीले पार्टीका सबै कमिटी र संसदीय दलका आफ्नो पक्षको स्पष्ट बहुमत रहेकाले आधिकारिक नेकपा आफूहरु नै भएको बताइन् । ‘हामी सबैतिर बहुमतमा छौं, सूर्य चुनाव चिन्ह पनि हाम्रै हुन्छ’, घर्तीले भनिन्, ‘वैधानिक हुँदाहुँदै पनि दिइएन भने सडक संघर्षबाट लिन्छौं ।’

ओली समूहमा लागेका रामबहादुर थापा बादल पक्षका ७० प्रतिशत नेताहरु प्रचण्ड–माधव समूहमा आइसकेका र बाँकी पनि क्रमशः आउने उनले बताइन् । भेलामा केन्द्रीय सदस्य एवं प्रदेश सांसद दधिराम न्यौपाने, केन्द्रीय सदस्य हकिकुल्ला खां, जिल्ला सचिव निर्मल जीसी, खेम लुइटेल लगायतले बोलेका थिए ।

भेलामा करिब एक हजार जनाको सहभागिता रहेको सो समूहका नेता निर्मल जीसीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • खतिवडाको गर्जन, ‘हिम्मत भए चुनाव गर्नुस ओलीजी, होइन भने बेहाल बनाउँछौँ’
  • २०७७ पुष १२, आईतवार २१:०५
  • In "थप"
  • ‘देउवा र पौडेलले मिले संसद पुनर्स्थापना गरेर ६ महिनामै चुनाव’
  • २०७७ पुष १२, आईतवार २१:०५
  • In "देश"
  • नेताहरुलाई देउवाको व्यंग्य : प्रचण्डको नाम लिन सक्दैनन् विचराहरु !
  • २०७७ पुष १२, आईतवार २१:०५
  • In "देश"
Tags: #राजनीति

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

नयाँ कोरोना भाइरस : नेपालमा के होला ?

एक वर्षदेखि नाकामा चीनको अर्घेलो, अर्बौंका सामान अलपत्र

मंगल ग्रहमा पुग्ने सपना बोकेका युगान्डाका यी ७ वर्षे बालक जो अहिलेसम्म ३ पटक उडाइसके प्लेन !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version