• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सुन जाँचकी फेरिएपछि खुलेको थियो महालक्ष्मी बैंकको अनियमितता


सुन जाँचकी फेरिएपछि खुलेको थियो महालक्ष्मी बैंकको अनियमितता

काठमाडौं । महालक्ष्मी विकास बैंक, कुमारीपाटीमा करारमा राखिएका एक जना सुन जाँचकीको नयाँ आर्थिक वर्षमा म्याद थप भएन । साउनपछि नयाँ कर्मचारी नियुक्त गरिए ।

उनले साँवाब्याज नतिरिएका पुराना फाइलका धितो जाँच गर्न थाले । त्यसक्रममा ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ कर्जा अनियमितरुपमा प्रवाह भएको देखियो । त्यसपछि यो विषय बैंकको केन्द्रीय कार्यालय हुँदै नेपाल राष्ट्र बैंकसम्म पुग्यो ।

बैंकबाट समस्या समाधान हुन नसक्ने देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा किटानी जाहेरी पर्यो र अनुसन्धानका क्रममा अनियमितता पुष्टि भएपछि ६ जना पक्राउ परेका छन् । अझै केही फरार छन् ।

हालसम्म पक्राउ परेकामा बैंकका तीन जना शाखा प्रबन्धकसहित ऋणी छन् । ‘अन्य केही व्यक्तिको खोजी जारी राखेका छौं’, ब्युरोका प्रमुख डीआईजी सहकुलबहादुर थापा भन्छन् ।

१२ हजार ५ सय ग्राम कम सुन

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार सुन जाँचकीले हेर्दा धितोमा ५ हजार ग्राम सुन मात्र रहेको पाइएको थियो । साढे ७ करोड ऋण प्रवाहका लागि कम्तिमा १७ हजार ५ सय ५७ ग्राम सुन ढुकुटीमा हुनुपर्ने थियो ।

‘यति ठूलो अन्तर देखिएपछि हल्लीखल्ली सुरु भएको थियो र छानविन थालिएको हो’, ब्युरोका अनुसन्धान अधिकृत भन्छन्, ‘एकातिर ब्याज पनि नतिर्ने, अर्कातिर लिलाम गर्दा पनि कर्जा नउठ्ने भएपछि हामीकहाँ जाहेरी आइपुग्यो ।’

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार हाल पक्राउ परेका ऋणी खोटाङ घर भइ ललितपुर बस्ने पूर्ण राई, देवानन्द राई, सन्दिप लिम्बुलगायतले तीन जना शाखा प्रबन्धकको कार्यकालमा ऋण लिएका थिए ।

ऋणीको इन्कारी बयान

कमसल धितो राखेर ऋण प्रवाह गर्ने श्रृंखला ०६९ देखि ०७४ सम्म बैंकको शाखा प्रबन्धक बनेकी पिंकु पालिखेको पालाबाट सुरु भएको हो । उनी तीन वर्षअघि नै महालक्ष्मी बैंकको जागिर छाडेर एनएमबी बैंकतिर गएकी थिइन् ।

पालिखेपछि दुई वर्ष प्रबन्धक बनेकी स्मृति राणा पनि यो प्रकरणमा मुछिएकी छन् । त्यसपछिका प्रबन्धक अनिलसिंह सिजापति पनि अनियमित ऋण प्रवाह प्रकरणमा मुछिएका छन् ।

ब्युरो स्रोतका अनुसार प्रबन्धकहरुले कुनै फाइदा लिएको हालसम्मको अनुसन्धानबाट पुष्टि भइसकेको छैन । तर, कार्यालय प्रमुखको हस्ताक्षर र संलग्नताविना ऋण लिने प्रक्रिया पूर्ण नहुने भएकाले कार्यालय प्रमुखहरु छानविनको दायरामा तानिएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।

ऋणीहरुले भने कमसल धितो राखेको अभियोगलाई अस्वीकार गरेका छन् । लकडाउन र महामारीका कारण ब्यापार चौपट भएपछि ब्याज तिर्न नसक्दा कर्जा बढेकाले अनियमित देखिएको उनीहरुको दाबी छ ।

प्रकरणमा संलग्न सबै जनाविरुद्ध बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • महालक्ष्मी बैंकको अनियमितता प्रकरणमा कर्मचारीकै मिलेमतो !
  • २०७७ पुष १०, शुक्रबार ११:३३
  • In "मध्य पूर्व"
  • चिनियाँ नागरिकको नेपालमा नयाँ अपराध, सुन तस्करी गर्न लाग्दा एसएसपी ढकालले खोरमा हाले
  • २०७७ पुष १०, शुक्रबार ११:३३
  • In "आर्थिक"
  • विदेशबाट फर्किएका सप्तरीकमा एक व्यक्तिको काठमाडौंमा सुन र मोवाइल लुट्ने दुईजना पक्राउ
  • २०७७ पुष १०, शुक्रबार ११:३३
  • In "मधेश प्रदेश"
Tags: #आर्थिक

नेपाल एक्सन

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

दक्षिण कोरियाले नेपालसहित अन्य देशबाट ५२ हजार कामदार लाने

संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव पक्ष उत्रे सडकमा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version