• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल


सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सर्लाही । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सरकारी कार्यालयहरूमा बिचौलियाको प्रवेश निषेध गर्न निर्देशन जारी गरे पनि जिल्लाका विभिन्न निकायमा उनीहरूको गतिविधि अझै रोकिएको छैन।

देशभरका मालपोत, नापी लगायतका कार्यालयमा बिचौलिया निषेध गर्ने स्पष्ट निर्देशन भए पनि सर्लाहीका केही कार्यालयमा यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको देखिएको छ।

गत आइतबार जिल्ला सदरमुकाम मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय तथा यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट प्रहरीले ९ जना बिचौलियालाई पक्राउ गरेको छ। उनीहरूले सेवाग्राहीको काम छिटो गराइदिने भन्दै रकम असुल्दै आएको आरोप छ।

यसैबीच, बरहथवास्थित नापी कार्यालय परिसरमा पनि बिचौलियाको सक्रियता घटेको छैन। लेखापढी व्यवसायीको नाममा बस्ने केही व्यक्तिहरूले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराइदिने बहानामा अतिरिक्त रकम लिने गरेको स्थानीयको गुनासो छ।

स्थानीयका अनुसार बिचौलियाहरूले काम मिलाइदिने नाममा सेवाग्राहीबाट करिब २ हजारदेखि २५ सय रुपैयाँसम्म असुल्ने गरेका छन्। कतिपय अवस्थामा कार्यालय प्रमुखकै मिलेमतोमा बिचौलियामार्फत काम गराउने गरिएको आरोपसमेत लागेको छ।

जिल्लाका अन्य यातायात व्यवस्था कार्यालय, ट्रायल सेन्टर, भूमि सुधार तथा मालपोत लगायतका निकायमा पनि बिचौलियाको सक्रियता कायम रहेको बताइएको छ।

सरकारी कार्यालयमा बिचौलियाको पहुँचका कारण सेवाग्राही प्रत्यक्ष प्रभावित भएका छन्। कानुनी रूपमा निःशुल्क वा न्यून शुल्कमा उपलब्ध हुने सेवाका लागि समेत अतिरिक्त रकम तिर्न बाध्य बनाइएको भन्दै सर्वसाधारण आक्रोशित बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • मालपोत कार्यालयमा मन्त्री र ‘विचौलिया’को जम्काभेट
  • २०८२ चैत्र २७, शुक्रबार १५:४५
  • In "कोशी प्रदेश"
  • लिची बगान प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
  • २०८२ चैत्र २७, शुक्रबार १५:४५
  • In "BannerNews"
  • लहानमा लालपुर्जा वितरण रोकिँदा स्थानीय समस्यामा
  • २०८२ चैत्र २७, शुक्रबार १५:४५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version