• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बेलायतले इरानमाथि आक्रमणमा प्रत्यक्ष सहभागिता नभएको दोहो¥यायो


बेलायतले इरानमाथि आक्रमणमा प्रत्यक्ष सहभागिता नभएको दोहो¥यायो

काठमाडौं । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले अमेरिका–इजरायलद्वारा इरानमाथि गरिएको संयुक्त आक्रमणमा बेलायत प्रत्यक्ष रूपमा सहभागी नभएको दोहो¥याउँदै इरानी मिसाइल खतरालाई रोक्न “विशेष र सीमित रक्षात्मक उद्देश्य”का लागि अमेरिकालाई बेलायती सैन्य आधार प्रयोग गर्न अनुमति दिने बताएका छन् ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले ‘अपरेसन रोअरिङ लायन-अपरेसन एपिक फ्युरी’ नाम दिइएको संयुक्त मिसाइल आक्रमण गरेपछि खाडी क्षेत्रमा तनाव चुलिएको छ । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी सरकारी सञ्चारमाध्यमले पुष्टि गरेका छन् । आक्रमणमा खामेनीका छोरी, नाति-नातिनी, बुहारी र ज्वाइँ पनि मारिएको दाबी गरिएको छ ।

स्टार्मरले सामाजिक सञ्जाल ‘एक्स’मा भिडियो सन्देश जारी गर्दै भने,“बेलायत इरानमाथिको आक्रमणमा संलग्न थिएन र अहिले पनि आक्रामक कारबाहीमा सहभागी हुँदैन ।” तर उनले पछिल्ला दुई दिनमा इरानले आफूलाई आक्रमण नगरेका मुलुकहरूमा समेत निरन्तर आक्रमण गरेको आरोप लगाए ।

उनका अनुसार इरानले बेलायती नागरिक बसिरहेका विमानस्थल र होटलहरूमा प्रहार गरेको छ । “खाडी क्षेत्रमा कम्तीमा दुई लाख बेलायती नागरिक रहेका छन् । स्थायी बासिन्दा, बिदामा गएका परिवार र ट्रान्जिटमा रहेका यात्रुहरू,” उनले भने ।

उनले सबैलाई आफ्नो उपस्थिति दर्ता गर्न र परराष्ट्र कार्यालयको यात्रा परामर्श पालना गर्न आग्रह गरेका छन् । स्टार्मरले खाडी क्षेत्रमा तैनाथ बेलायती सैनिकहरू पनि जोखिममा परेको बताए । “हिजो इरानले बहराइनस्थित एक सैन्य अड्डामा प्रहार ग¥यो, जहाँ बेलायती सैनिकहरू बालबाल बच्न सफल भए,” उनले भने ।

इरानमा नेतृत्व परिवर्तन भए पनि खतरा नरोकिने चेतावनी दिँदै उनले भने, “सर्वोच्च नेताको मृत्युले इरानलाई यी आक्रमण रोक्न बाध्य पार्दैन । उनीहरूको रणनीति झन् लापरवाह र नागरिकका लागि खतरनाक बन्दै गएको छ ।”

बेलायतले वार्तामार्फत समाधान खोज्नुपर्ने धारणा दोहो¥याउँदै स्टार्मरले भने, “हामी विश्वास गर्छौं कि क्षेत्रीय र विश्व शान्तिका लागि वार्तामूलक समाधान नै उत्तम बाटो हो, जसमा इरानले आणविक हतियार विकास गर्ने आकांक्षा त्याग्न सहमत होस् ।”

यद्यपि, उनले इरानले बेलायती स्वार्थ र नागरिकमाथि खतरा उत्पन्न गरेकाले मित्र राष्ट्रहरूको सामूहिक आत्मरक्षाका लागि सहयोग गर्नु कर्तव्य भएको बताए । “अमेरिकाले मिसाइल भण्डारण स्थल वा प्रक्षेपण केन्द्रहरू नष्ट गर्न सीमित रक्षात्मक उद्देश्यका लागि बेलायती आधार प्रयोग गर्न अनुमति मागेको छ, र हामीले त्यो स्वीकार गरेका छौं,” उनले स्पष्ट पारे ।

उनका अनुसार बेलायती लडाकु विमानहरू खाडी क्षेत्रमा समन्वित रक्षात्मक अभियानमा संलग्न भइसकेका छन् र केही इरानी प्रहारहरू सफलतापूर्वक निष्क्रिय पारिसकेका छन् ।

स्टार्मरले इराक युद्धका अनुभव सम्झाउँदै भने, “हामीले इराकका गल्तीहरूबाट पाठ सिकेका छौं । हामी प्रारम्भिक आक्रमणमा संलग्न थिएनौं र अहिले पनि आक्रामक कारबाहीमा सहभागी हुने छैनौं ।” उनले यो निर्णय अन्तर्राष्ट्रिय कानुनअनुसार भएको र कानुनी सल्लाहको सार सार्वजनिक गरिने जानकारी दिए ।

खाडी क्षेत्रमा बढ्दो द्वन्द्वले अन्तर्राष्ट्रिय समुदायलाई चिन्तित बनाएको छ भने क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्दै गएको । एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ट्रम्पद्वारा इजरायल, बहराइन र युएईसँग इरान आक्रमणबारे टेलिफोन वार्ता
  • २०८२ फाल्गुन १८, सोमबार २२:५५
  • In "BannerNews 2"
  • मध्यपूर्व तनाव चर्किँदै: अमेरिकाद्वारा नागरिकलाई तत्काल स्वदेश फर्किन आपतकालीन आग्रह
  • २०८२ फाल्गुन १८, सोमबार २२:५५
  • In "अन्तराष्ट्रिय"
  • मध्यपूर्व युद्ध चर्किँदा यूएईले उडान रोके, तेल मूल्य १०० डलर माथि
  • २०८२ फाल्गुन १८, सोमबार २२:५५
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

सिरहा २ मा काङ्ग्रेसको भिड परिवर्तनको मोडमा यादव

मध्यपूर्व तनाव चर्किँदै: अमेरिकाद्वारा नागरिकलाई तत्काल स्वदेश फर्किन आपतकालीन आग्रह

प्रसाईं प्रकरणमा सर्वोच्चको कारण देखाउ आदेश

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version