• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कर्णालीमा पूर्वसहकर्मी आमनेसामने: १२ क्षेत्रमा १० नेताबीच कडा प्रतिस्पर्धा


कर्णालीमा पूर्वसहकर्मी आमनेसामने: १२ क्षेत्रमा १० नेताबीच कडा प्रतिस्पर्धा

सुर्खेत। आसन्न प्रतिनिधि सभा निर्वाचनमा १० जना पूर्व सहकर्मीहरु चुनावी प्रतिस्पर्धामा छन्। प्रमूख ठुला दल नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका पूर्वसहकर्मीहरु अहिले प्रमूख प्रतिस्पर्धामा छन्।

१२ निर्वाचन क्षेत्र रहेको कर्णालीमा १० जना पूर्वसहकर्मीबीचको प्रतिस्पर्धाले कर्णालीको चुनावी माहोल रोचक बनेको छ। सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ र २ मा नेपाली काँग्रेस, दैलेख निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका र कालिकोट र रुकुमपश्चिममा तत्कालिन नेकपा माओवादीका पूर्वसहकर्मीबीच प्रतिस्पर्धा हुने छ। नेपाली काँग्रेसकाका बिष्णुबहादुर खड्का र टेकबहादुर सिंह पूर्वसहकर्मी हुन्।

नेपाली काँग्रेस सुर्खेतका उपसभापति खड्का र पूर्वउपसभापति सिंहबीच सुर्खेतको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिस्पर्धा हुँदैछ। त्यस्तै सुर्खेतको निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व क्षेत्रीय सभापति नारायण कुमार कोइराला र वीरेन्द्रनगर नगर समिति सचिव रमेश सापकोटा प्रतिष्पर्धामा छन्। सिंह र सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार बनेका छन्।

सुर्खेतका दुबै निर्वाचन क्षेत्र काँग्रेसको बलियो पकड भएको मानिन्छ। विगतका निर्वाचनहरुमा एकल चुनाव लड्दा काँग्रेसले निरन्तर जित्दै आएका दुवै निर्वाचन क्षेत्रमा यो पटक उम्मेदवारहरु सबै नयाँ अनुहार छन्।

क्षेत्र नम्बर १ मा २०४८ साल यताका सबै निर्वाचनमा पुर्णबहादुर खड्का उम्मेदवार बन्दै आएका छन्। २०६४ सालको पहिलो संविधानसभा चुनावमा समानुपातिकमा रहेका खड्काले २०७४ सालमा तत्कालीन एमाले माओवादी गठबन्धनका कारण चुनाव जित्न सकेनन्। खड्का २०४८, २०५१ र २०५६ सालको आमनिर्वाचन, २०७० सालको संविधान सभा र २०७९ को आमनिर्वाचनमा निर्वाचित भएका थिएका थिए।

यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस सुर्खेतका पूर्वउपभापति टेकबहादुर सिंह र वर्तमान उपसभापति बिष्णुबहादुर खड्का चुनाव प्रतिष्पर्धी बनेका छन्। खड्का निवर्तमान कार्यवहाक सभापति पूर्णबहादुर खड्काका सहोदय भाइ हुन्।
सिंह २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्यमा नेपाली काँग्रेसबाट चुनाव लडेका थिए। त्यत्तिबेला नेकपा एमाले र माओवादी गठबन्धनका कारण प्रतिनिधिसभामा खड्का र प्रदेश सभामा सिंह दुवैले चुनाव जित्न सकेनन्।

एमाले र नेपाली काँग्रेसबीच प्रतिस्पर्धा हुँदै आएको सुर्खेत क्षेत्र नम्बर १ मा पुराना काँग्रेसीहरुको लडाइँले चुनावी परिणाम एमालेको पोल्टामा जाने अनुमान गरिए पनि काँग्रेसको बलियो पकडका कारण पार्टीको भोट प्रभाव नपर्ने काँग्रेसका नेताहरुले बताउने गरेका छन्।

तेस्रो पटक चुनाव लडेका एमालेका धुव्रकुमार शाही, नेपाली कम्युनिष्ट पार्टीका जितबहादुर राना, राप्रपाका जेनजी उमेर समूहका रविकिरण हमालसहित विभिन्न १३ दलको उम्मेद्वारीका कारण काँँग्रसलाई खासै फरक नपर्ने अनुमान काँग्रेसीहरुको छ।

सुर्खेतको क्षेत्र नम्बर २ मा पूर्वमन्त्री तथा नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य हृदयराम थानी २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ गरी ६ वटा निर्वाचनमा उम्मेदवार बने।
२०५६, २०६४ र २०७९ सालमा चुनाव जितेका थानीले अरु चुनावमा हार व्यहोर्नु पर्‍याे। यो निर्वाचन क्षेत्रमा काँग्रेसका थानी र कर्णालीका मुख्यमन्त्री समेत रहेका एमालेका केन्द्रीय सचिव यामलाल कँडेल सदाबहार प्रतिस्पर्धी थिए। अहिले थानी र कँँडेल उम्मेदवार नहुँदा सबै नयाँ अनुहारहरु चुनावी मैदानमा छन्।

काँग्रेसको पकड रहेको भनिएको यो क्षेत्रमा नेपाली काँग्रेसले पूर्व क्षेत्रीय सभापति नारायणकुमार कोइरालालाई उम्मेदवार बनाएको छ। केही समय अघि रास्वपा प्रवेश गरेका नेपाली काँग्रेस वीरेन्द्रनगर नगर सचिव रमेश सापकोटाले नेपाली काँग्रेसलाई चुनौती दिएका छन्। एमालेका कुलमणि देवकोटा र नेकपाका झकबहादुर मल्ल क्षेत्र नम्बर दुईबाट उम्मेदवार बनेका छन्।

दैलेखको निर्वाचन क्षेत्र नम्बर १ मा पूर्व एमालेका नेताहरु प्रतिष्पर्धामा छन्। २०७९ सालको निर्वाचनमा नेपाली काँग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धनबाट झिनो मतान्तरले चुनाव जितेका अमर बहादुर थापा र रविन्द्र शर्मा प्रतिष्पर्धामा छन्। २०७९ सालमा गठबन्धनका उम्मेदवार रहेका थापाले १८ हजार २९७ मत ल्याएर विजयी हुँदा एमालेका रविन्द्र शर्माले १७ हजार ४४५ मत ल्याएका थिए।
८ सय ५२ मतान्तरले चुनाव जितेका थापा एमाले दैलेखका पूर्व अध्यक्ष हुन्। यो निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले बासना थापालाई उम्मेदवार बनाएको छ। कालिकोट र रुकुम पश्चिममा तत्कालीन माओवादीका पूर्वसहकर्मीहरु आमनेसामने देखिएका छन्।

कालिकोटमा खड्कबहादुर विश्वकर्मा र महेन्द्रबहादुर शाही र रुकुम पश्चिममा जनार्दन शर्मा र गोपाल शर्माबीचको प्रतिष्पर्धाले चुनावी माहोललाई राचक बनाएको छ। सशस्त्र द्वन्द्वका बेला युद्धका योजनाकार मानिएका बि.क र जनार्दनलाई उनकै कार्यकर्ताहरु महेन्द्र र गोपालले चुनौती दिएका छन्।

२०६४ सालको संविधान सभा निर्वाचन जितेका खड्कबहादुर १८ बर्ष पछि फेरि चुनाव लडेर संसद छिर्ने दाउमा छन्। पहिलेका सहकर्मी बिक र शाही अहिले माओवादीबाट फुटेको विप्लव नेतृत्वको नेकपा र शाही नेकपाबाट उम्मेदवार बनेका छन्।

०६४ यता निरन्तर माओवादी पृष्ठभुमीको पार्टीले चुनाव जित्दै आएको कालिकोटमा यो पटक परिणाम फरिने अड्कल गरिएको छ। ०७० यता लगातार चौथो पटक चुनाव लडेका शाहीलाई खड्क बिकको चुनौती र पार्टीभित्रकै असन्तुष्टि भारी हुने नेकपाकै नेताहरु बताउँछन्। यी दुई पूर्वसहकर्मीबीचको प्रतिष्पर्धा, नेकपाभित्रैको असन्तुष्टिले हुने अन्तर्घात र लगातार अवसर लिई रहेका महेन्द्र शाहीको धमिलो छविको फाइदा काँग्रेस र एमालेले लिन सक्ने अनुमान पनि कतिपयको छ।

शान्ति प्रक्रियापछि लगायतार रुकुमबाट चुनाव जित्दै आएका जनार्दन शर्मा आफ्नै कार्यकर्ता गोपाल शर्मासँग प्रतिष्पर्धा गरिरहेका छन्। जर्नादन शर्मा आफै संरक्षक रहेको प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट पुराना आफ्नै कार्यकर्ता गोपाल शर्मासंग चुनावी प्रतिष्पर्धामा छन्। तत्कालीन माओवादी केन्द्रमा रहेका दुवै जना यो पटक प्रतिद्धन्दी बनेका हुन्।

जनार्दन नेकपा मओवादी केन्द्रको उपमहासचिव हुँदै प्रगतिशिल लोकतान्त्रिक पार्टी गठन गरेर चुनावमा होमिएका छन्। रुकुम पश्चिममा उनलाई नेकपा एमालेले साथ दिएको छ। गोपाल शर्मा २०७४ सालको निर्वाचनमा कर्णाली प्रदेश सभा सदस्य थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कर्णालीका चार निर्वाचन क्षेत्र चर्चामा, सुर्खेतमा ‘हेवीवेट’ बिना चुनावी भिडन्त
  • २०८२ फाल्गुन १, शुक्रबार १४:३५
  • In "BannerNews"
  • कोशी प्रदेशमा चुनावी सरगर्मी चुलिँदै, ५०५ उम्मेदवार मैदानमा
  • २०८२ फाल्गुन १, शुक्रबार १४:३५
  • In "BannerNews"
  • गठबन्धनलाई हार्ने छुट छैन : मन्त्री अथक
  • २०८२ फाल्गुन १, शुक्रबार १४:३५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

विश्व रेडियो दिवस: सूचना र विश्वसनीयताको सशक्त माध्यमको सम्मान

‘देशको अवस्था बदल्न व्यवस्था बदलौं’ : आजपाको घोषणापत्र २०८२ सार्वजनिक

राष्ट्रिय सभाको नवौँ बैठक आज बस्दै, विभिन्न प्रतिवेदन र प्रस्ताव पेस हुने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version