• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा


विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

नयाँदिल्ली। भारतको राजधानी नयाँदिल्ली सोमबार बिहानदेखि बाक्लो र विषाक्त धुवाँको चपेटामा परेको छ। वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सिफारिस गरेको दैनिक अधिकतम सीमा भन्दा १६ गुणा बढी पुगेको सरकारी तथ्यांकले जनाएको छ।

करिब तीन करोडभन्दा बढी जनसङ्ख्या रहेको दिल्ली र यसको विशाल महानगरीय क्षेत्र हरेक वर्षजस्तै यस पटक पनि विश्वका सबैभन्दा प्रदूषित राजधानीहरू मध्ये एक बनेको छ। जाडो मौसम सुरु हुनासाथ यहाँको आकाश बाक्लो धुवाँले ढाकिने परम्परा झैँ बन्दै आएको छ।

चिसो हावाले प्रदूषक तत्वहरूलाई जमिनको नजिक समात्ने भएकाले बाली जलाउने, कारखानाबाट निस्कने धुँवा र सवारी साधनका उत्सर्जन मिसिएर घातक धुवाँको तह तयार भएको बताइन्छ। यसमा यस वर्षको दीपावली पर्वका अवसरमा भएको आतशबाजीले थप प्रदूषण वृद्धि गरेको जनाइएको छ।

यसअघि सर्वोच्च अदालतले यस वर्षको दीपावलीका लागि कम प्रदूषण गर्ने ‘हरित पटाका’ मात्र प्रयोग गर्न अनुमति दिँदै पूर्ण प्रतिबन्ध हटाएको थियो। ती हरित पटाका कम कण उत्सर्जन गर्ने उद्देश्यले तयार गरिएका हुन्। तथापि विगतका वर्षहरूमा जस्तै यसपटक पनि धेरैले प्रतिबन्धको बेवास्ता गरेको रिपोर्टहरू आएका छन्।

वायु प्रदूषण मापन संस्था आइक्युएयरका अनुसार सोमबार बिहान दिल्लीका केही भागमा क्यान्सर पैदा गर्ने सूक्ष्म कण र मानव रगत प्रवाहसम्म प्रवेश गर्न सक्ने एः २.५ स्तर २४८ माइक्रोग्राम प्रति घनमिटर पुगेको थियो।

भारतको वायु गुणस्तर व्यवस्थापन आयोगले आगामी दिनहरूमा हावाको गुणस्तर अझ बिग्रने चेतावनी दिएको छ। आयोगले डिजेल जेनेरेटरको प्रयोग घटाउन र निरन्तर बिजुली आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको छ। साथै, प्रदूषण नियन्त्रणका लागि विभिन्न आपत्कालीन उपायहरू कार्यान्वयनमा ल्याएको पनि जनाएको छ।

यसैबीच दिल्ली सरकारले यस महिनाभित्रै पहिलो पटक विमानमार्फत ‘क्लाउड सिडिङ’ परीक्षण गर्ने तयारी गरेको छ। यस विधिमा बादलमा नुन वा अन्य रसायनहरू फायर गरी कृत्रिम वर्षा गराइन्छ, जसले हावामा रहेका प्रदूषक कणहरूलाई तान्ने र सफा गर्ने अपेक्षा गरिन्छ।

दिल्लीका वातावरणमन्त्री मञ्जिन्दर सिंह सिरसाले पत्रकारहरूलाई भने, ‘हामीले क्लाउड सिडिङका लागि आवश्यक सबै तयारी पूरा गरिसकेका छौँ। उडान परीक्षण र पाइलट प्रशिक्षण सम्पन्न भइसकेको छ, यसै महिनाभित्र प्रयोग सुरु हुनेछ।’

स्वास्थ्य विशेषज्ञहरूका अनुसार वायु प्रदूषण दिल्लीका बासिन्दाहरूका लागि दीर्घकालीन स्वास्थ्य जोखिम बन्दै गएको छ। द ल्यान्सेट प्लानेटरी हेल्थमा सन् २०२३ मा प्रकाशित एक अध्ययनअनुसार सन् २००९ देखि २०१९ सम्म भारतमा वायु प्रदूषणका कारण करिब ३८ लाख मानिसले ज्यान गुमाएका थिए।

संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)ले समेत चेतावनी दिँदै प्रदूषित हावाले बालबालिकालाई तीव्र श्वासप्रश्वास सङ्क्रमणको उच्च जोखिममा पारिरहेको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चिनको राजधानी बेईजिङमा आयो ठुलो संकट ब्यापार ब्यवसायमा ठुलो धक्का
  • २०८२ कार्तिक ३, सोमबार २३:२४
  • In "अन्तराष्ट्रिय"
  • १० अर्ब प्रदूषण शुल्क उठाएर अन्यत्रै खर्च
  • २०८२ कार्तिक ३, सोमबार २३:२४
  • In "थप"
  • इट्टा उद्योगीविरुद्ध स्थानीयको आन्दोलन : बाल श्रमिक लगाएको र खेतीयोग्य जमिनमा असर गरेको आरोप
  • २०८२ कार्तिक ३, सोमबार २३:२४
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version