काठमाडौँ : चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले आफुसँग भएका सम्झौताहरु कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै डा केसीले तत्काल कानुन निर्माणदेखि मेडिकल कलेज निर्माणसम्मका सम्झौता कार्यान्वय गरी चिकित्सा क्षेत्रका समस्या समानान गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको हो । डा केसीले आफूसँग सरकारले पछिल्लो पटक सम्झौता गरेको एक महिना पुग्नै लागेको भन्दै सम्झौतामा केही तत्काल गरिहाल्नुपर्ने र अरु लामो समय लाग्ने भएको जानकारी दिदै काम शुरु गरिहाल्नु पर्ने सम्झौता कार्यान्वयनको प्रक्रियाबारे सरकारलाई दवाव दिन सञ्चारमाध्यमहरुलाई आग्रह समेत गर्नुभयो । सरकारले यसअघि पनि बारम्बार सम्झौता विपरीतका काम गरेकाले सरकारलाई निरन्तर खबरदारी गर्नुपरेको डा केसीले बताउनु भयो ।
उहाँले नागरिक समाज, बुद्धिजीवीलगायत सबै आम नागरिकहरुको सहयोग, समर्थन र ऐक्यबद्धता रहेकाले नै सरकार आफुसँग सम्झौता गर्न बाध्य भएको बताउनु भयो । सरकारले गरेको सम्झौता कार्यन्वयन गराउन सरकारलाई खबरदारी गर्न सबैलाई अपिल समेत गर्नुभया