No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हिमाल मुस्कुराएका

पोखरा : कालीप्रसाद रिजालको शब्द र रामकृष्ण ढकालको स्वर रहेको यो गीत निकै चर्चित छ। पोखरा त्यही सहर हो, जहाँबाट उठ्ने बित्तिकै हिमालको दर्शन गर्न पाइन्छ। यहाँबाट ८ हजार मिटरभन्दा अग्ला तीनवटा हिमाल  देखिन्छन्।

अन्नपूर्ण प्रथम, धौलागिरी, मनास्लु हिमाल ८ हजार मिटरभन्दा अग्ला हिमाल हुन्। पोखराबाट हिमालको सजिलै दर्शन गर्ने सबैभन्दा उपयुक्त समय कात्तिक, मंसिर महिना हो। अरु बेला अकलझुकल बादल हटाएर चियाउने हिमाल यी महिनामा कहिलेकाहीँ २४ सै घण्टा पनि मुस्कुराइदिन्छन्।

यति बेला अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी लगायतका हिमाल २४ सै घण्टा मुस्कुराइरहेका छन्। विगत तीन दिनदेखि बिहान र दिनमा मात्र होइन रातमा चन्द्रमाको प्रकाशमा पनि हिमाल हिरा झै टल्किएका छन्। 

पोखरा विश्व पर्यटन बजारमा परिचित भएको पनि यिनै सुन्दर हिमालले गर्दा नै हो। पोखराका घर घरबाटै देखिन्छन् हिमाल। पोखरामा विदेशी पर्यटकको आगमनको वृद्धि भएकै हिमालको कारण हो। फ्रान्सेली नागरिक मौरिस हार्जोग, फ्रान्सकै लुइस लेकेनल सहितको टोलीले सन् १९५० को जुन महिनाको ३ तारिखमा ८ हजार ९१ मिटर उच्च अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए। विश्वमा ८ हजारभन्दा अग्लो हिमालमा पहिलो पाइला टेक्ने रेकर्ड गण्डकी प्रदेशमा रहेको हिमाल हुन पुगेको थियो।

मौरिसले अन्नपूर्ण प्रथमको सफल आरोहणपछि विश्व पर्यटन बजारनै तरंगित भएको थियो। यहीबाट नेपालका हिमालको बारेमा चर्चा परिचर्चा विश्वमै भयो। मौरिसले आरोहण गरेको हिमाल हेर्न पर्यटक पदयात्रामा आउन थालेका हुन्। यसरी अन्नपूर्ण पदयात्रा मार्गमा वर्षेनी विदेशी पर्यटकको आगमन बढ्दै गयो। यसरी पोखरामा विदेशी पर्यटकको आगमन बढ्दै गएको हो। अन्नपूर्ण प्रथम हिमालको आरोहण भएको तीन वर्षपछि मात्र नेपालका तेन्जि नोर्गे शेर्पा र न्युजिल्याण्डका एडमन्ड हिलारीले विश्वको उच्च शिखर सगरमाथा (८,८४८ मिटर) को सफल आरोहण गरेका थिए। यसैले आरोहणको हिसाबले अन्नपूर्ण प्रथम हिमाललाई जेठो हिमाल पनि भनिन्छ।

यति बेला हिमाल मुस्कुराइ रहेपनि विश्वभर डडेलोको रुपमा फैलिएको कोरोना भाइरसको कारण पर्यटन क्षेत्र भने सुनसान छन्। आन्तरिक पर्यटक केही संख्यामा मर्दी हिमाल, मनाङ क्षेत्रका पदयात्रामा जाने क्रम सुरु भएपनि अन्य पदयात्रा क्षेत्र भने सुनसान छन्। कोरोना कहरमा पोखरेली नै पदयात्रामा निस्कन थालेका छन्। प्याराग्लाइडिङ गर्न पनि थालेका छन्। कोभिडले फुर्सद मिलेपछि पहिलो पटक यसै हप्ता प्याराग्लाइडिङ् गरेको  पोखरा -२ मिरुवाका दिपेन्द्रराज रेग्मीले सुनाए। मर्दी हिमालमा आन्तरिक पर्यटकको चहलपहल सुरु भएको अन्नपूर्ण संरक्षण क्षेत्रका सूचना अधिकारी ऋषि बरालले बताए। काठमाडौंलगायत देशका विभिन्न शहरबाट फाट्फुट्ट पर्यटक मर्दी हिमालको पदयात्रा क्षेत्रमा देखिएको हालै त्यस क्षेत्रको पदयात्रा गरेर फर्केका बरालले सुनाए।

सामान्य अवस्थामा अन्नपूर्ण पदयात्रा क्षेत्रको अन्नपूर्ण आधार शिविर, थोरङलापास, मुस्ताङमा स्वदेशी र विदेशी पर्यटकको चापको कारण यति बेला कोठा पाउन पनि मुस्किल पथ्यो। कोरोना भाइरसको कारण यति बेला यी पर्यटकीय स्थलमा जान अझै पनि रोक लगाइएको छ। खुला भएका पनि सुनसान छन्। पोखरामा दसैं, तिहारको छुट्टीमा आन्तरिक पर्यटकको ओइरो लाग्थ्यो। विद्यार्थीहरु शैक्षिक भ्रमणमा आउँथे। विदेशी पर्यटक पदयात्राका लागि आउँथे। कोरोनाले विश्व पर्यटन बजार नै ठप्प छ। यसको प्रभाव नेपालमा नपर्ने कुरै रहेन। कोरोनाले पर्यटन उद्योगमा शुन्यता छाएपनि प्रकृतिले आप्नो सुन्दरता प्रदर्शन गर्न छाड्ने कुरै रहेन।
यसरी मुस्कुरारहेका छन २४ सै घण्टा अन्नपूर्ण, माछापुच्छ्रे हिमाल। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
अहिले सञ्चालन खर्च उठाउन धौधौ

अहिले सञ्चालन खर्च उठाउन धौधौ

एक विद्युत कर्मचारीको मृत्यु

एक विद्युत कर्मचारीको मृत्यु

राजतन्त्र फर्काउ महाअभियानको शुरु

राजतन्त्र फर्काउ महाअभियानको शुरु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Loading Comments...