No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

दीर्घकालीन रणनीतिबाट बलान बिहुलका परिवारको पोषण स्तरमा उल्लेखनीय वृद्धि


दीर्घकालीन रणनीतिबाट बलान बिहुलका परिवारको पोषण स्तरमा उल्लेखनीय वृद्धि


महेश सिंह लहान- सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकामा पोषण सुधार कार्यक्रम प्रभावकारी बन्दै गएको छ। राष्ट्रिय कृषक समूह महासंघ नेपालद्वारा केयर नेपालसँगको साझेदारीमा संचालित पोषण कार्यक्रम अन्तर्गत गाउँपालिकाका सम्पूर्ण वडाहरूमा पोषण बगैंचा कार्यक्रम सञ्चालनमा रहेको छ। हालसम्म करिब ३०० विपन्न घरधुरी यो कार्यक्रमबाट लाभान्वित भएका छन्।


पालिका प्रमुख खेम चन्द्र यादवका अनुसार, गरिब, दलित, विपन्न, र सीमान्तकृत समुदायको जीवनस्तर उकास्नका लागि यो कार्यक्रम प्रभावकारी देखिएको छ। स्थानीय कृषक समूहहरू परिचालन गर्दै पोषण बगैंचाको अभ्यास गराई समुदायको पोषण सुधार गर्न विभिन्न गतिविधिहरू सञ्चालन गरिँदै आएका छन्। प्रमुख यादवले भने, “पोषण सुधारका लागि हामीले विशेष प्राथमिकता दिइरहेका छौं, जसबाट हाम्रा नागरिकको स्वास्थ्यमा दीर्घकालीन प्रभाव पर्नेछ।”


बलान बिहुलको वडा नं. १ मा संचालित सरस्वती कृषक महिला समूह लगायतका अन्य समूहहरूलाई स्थानीय सरकारले आवश्यक सहयोग गर्दै आइरहेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा अन्य सरोकारवाला निकायहरूले अनुगमनलाई तीव्रता दिएको महासंघका पोषण बगैंचा अधिकृत डिनिता साहले जानकारी दिनु भयो।
नेपालमा पछिल्ला वर्षहरूमा पोषण स्तरमा सुधार देखिए पनि बालबालिका र आमाहरूमा कुपोषण तथा सूक्ष्म पोषक तत्वको कमी अझै चुनौतीपूर्ण रहेको विज्ञहरू बताउँछन्। सरकारी तथ्यांकअनुसार, पाँच वर्षमुनिका झण्डै एकतिहाइ बालबालिका अझै अल्पपोषणको समस्याबाट गुज्रिरहेका छन्। ग्रामीण क्षेत्रका परिवारहरूमा चामल, आलु, र नुन-तेलमा मात्र सीमित हुने प्रवृत्तिले पोषणको स्तर कमजोर रहँदै आएको छ।


महासंघका प्राविधिक इश्वर थापाका अनुसार, पोषण बगैंचा कार्यक्रमले समुदायका परिवारहरूलाई विविधतापूर्ण आहारतर्फ उन्मुख गराउने प्रयास गरेको छ। “यस कार्यक्रमले सागसब्जी, फलफूल तथा पौष्टिक खाद्यवस्तुको उत्पादन र उपभोगलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ,” थापाले भने।
सरकारद्वारा सञ्चालित ‘सुनौलो हजार दिन’ कार्यक्रम अन्तर्गत गर्भवती र सुत्केरी महिलालाई पोषणसम्बन्धी परामर्श तथा सहायता प्रदान गरिए पनि अझै प्रभावकारी रूपमा ग्रामीण भेगसम्म पुग्न सकेको छैन। स्वास्थ्यकर्मीको अभाव तथा जनचेतनाको कमीका कारण कार्यक्रमको प्रभावकारिता अपेक्षित रूपमा देखिन सकेको छैन।
कोरोना महामारीपछिको आर्थिक संकट तथा बढ्दो महँगीले पनि पोषणसम्बन्धी समस्या थप जटिल बनेको छ। राजधानी तथा अन्य ठूला सहरहरूमा तरकारी, फलफूल, र प्रोटिनयुक्त खाद्यवस्तुको उच्च मूल्यले न्यून आय भएका परिवारहरूको पोषण पहुँच खुम्चिँदै गएको छ। पोषणविद् पूर्णिमा अधिकारी भन्छिन्, “हाम्रो भान्सामा दैनिक सन्तुलित आहार समावेश गर्ने क्षमता कमजोर बन्दै गएको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

Next Post
धार्मिक संरक्षणमा डा. महादेव साहको ऐतिहासिक योगदान महेश सिंह लहान –

धार्मिक संरक्षणमा डा. महादेव साहको ऐतिहासिक योगदान महेश सिंह लहान -

केआईआईटी प्रकरणबारे भारतीय विदेश मन्त्रालयले भन्यो : नेपाली विद्यार्थीको सुरक्षा उच्च प्राथमिकता

केआईआईटी प्रकरणबारे भारतीय विदेश मन्त्रालयले भन्यो : नेपाली विद्यार्थीको सुरक्षा उच्च प्राथमिकता

माओवादीको टिप्पणी- अध्यादेश सरकारको पासो भयो

माओवादीको टिप्पणी- अध्यादेश सरकारको पासो भयो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

पाकिस्तानका लागि इरानी राजदूत अमेरिकाको वान्टेड सूचीमा

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

गाजामा राहत वितरण स्थलमा भागदौड, २० जनाको मृत्यु

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

सिरहा कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

संसारको सबैभन्दा बलियो भवन ह्वाइट हाउस होइन, यो हो परमाणु बमले पनि असर नगर्ने भवन

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

गोलबजार–४ स्थित राम मन्दिर नजिक चौकको नाम “रामजानकी चौक” राख्दै नामकरण कार्यक्रम सम्पन्न

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

धनगढीमाई नगरपालिका–८ स्थित खोलामा रातिराति ग्रावेल उत्खनन, स्थानीय आक्रोशित

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

ठगी, पहुँच र प्रहरी संयन्त्र: लहानको घटना कि दण्डहीनताको चित्र?

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

सिरहाका विपन्न दलितलाई ग्यास चुलो वितरण

मधेस प्रदेशमा उद्योग तथा व्यवसाय सुधारका लागि उच्चस्तरीय समिति गठन

मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र घोषणा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

 

Loading Comments...