• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बाल विवाह रोकथामका लागि मुक्ति नेपाल द्वारा अन्तरक्रिया


बाल विवाह रोकथामका लागि मुक्ति नेपाल द्वारा अन्तरक्रिया

महेश सिंह सिरहा- बाल विवाह रोकथाम र लैङ्गिक हिंसा न्यूनीकरणका लागि गोलबजार नगरपालिकामा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा नगरप्रमुख श्यामकुमार श्रेष्ठले बाल विवाह र लैङ्गिक हिंसा नियन्त्रणका लागि स्थानीय सरकार, प्रहरी प्रशासन, सामाजिक संघसंस्था तथा समुदायको संयुक्त पहल अपरिहार्य रहेको बताए।


कार्यक्रममा सहभागीहरूले बाल विवाह रोक्नका लागि शिक्षामा लगानी वृद्धि, अभिभावक सचेतना, कानूनी कार्यान्वयनमा कडाइ, जनचेतनामूलक अभियान सञ्चालन, तथा आर्थिक रूपमा कमजोर परिवारलाई आत्मनिर्भर बनाउन विशेष कार्यक्रम ल्याउनु आवश्यक रहेको निष्कर्ष निकाले।


बाल विवाहका प्रमुख कारणहरूमा गरिबी, अभिभावकको कानूनी अज्ञानता र परम्परागत सोच रहेको चर्चा गर्दै सहभागीहरूले प्रभावकारी कानूनी कार्यान्वयनको अभावले ग्रामीण क्षेत्रमा अझै पनि यो समस्या जटिल रहेको बताएका छन्।
महिला अधिकार र लैङ्गिक समानताको क्षेत्रमा काम गर्ने संघसंस्था तथा अभियन्ताहरूले सत्य-तथ्यमा आधारित पैरवी अभियान आवश्यक रहेको बताए। लैङ्गिक विभेदमा आधारित हिंसा (GBV) न्यूनीकरणका लागि न्यायमा पहुँच सुनिश्चित गर्दै दिगो शान्ति स्थापना गर्ने रणनीति अघि सार्नुपर्ने उनीहरूको भनाइ थियो।
नगरपालिकाले जनचेतना कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। “समस्या समाधानका लागि सामूहिक प्रयास आवश्यक छ,” नगरप्रमुख श्रेष्ठले भने, “स्थानीय सरकार, प्रहरी, सामाजिक संघसंस्था र समुदायबीच सहकार्य गरेर बाल विवाह न्यूनीकरण गर्न प्रभावकारी पहल गरिनेछ।”
कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधि, महिला समूहका प्रतिनिधि, सामाजिक अभियन्ता, संचारकर्मी तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता अन्तरक्रिया कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्ने माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा
  • २०८१ फाल्गुन २, शुक्रबार १०:४२
  • In "BannerNews"
  • सिरहामा महिला हिंसा अन्त्यका लागि १६ दिने अभियान
  • २०८१ फाल्गुन २, शुक्रबार १०:४२
  • In "BannerNews"
  • लागूऔषध दुरुपयोग लैङ्गिक हिंसाको मुख्य कारक: नगर उपप्रमुख महतो
  • २०८१ फाल्गुन २, शुक्रबार १०:४२
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

लहान एडभान्स अस्पतालले भन्यो— ‘भ्रमक प्रचारको पछि नलाग्नुस्’

नेपालमा लगानी विस्तारबारे सिङ्गापुरको सर्वना जुरोङ ग्रुपको प्रधानमन्त्रीसँग छलफल

काठमाडौं आइरहेका थिए त्रिशूलीमा बेपत्ता भए भारतीय सैनिक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version