• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सुन्दरीजलमा युवतीको हत्या, सर्लाहीका दुईजना पक्राउ


सुन्दरीजलमा युवतीको हत्या, सर्लाहीका दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा मृत भेटिएकी युवतीको हत्या भएको पुष्टि भएको छ । प्रहरीले जनाएको अनुसार हत्या गरिएकी महिला सिरहा निवासी, काठमाडौंको बसुन्धारा बस्दै आएकी राम दुलारी थिइन् ।

प्रहरीले टाउकोमा चोट देखिएपछि अनुसन्धानलाई तीव्र बनाएर राम दुलारीको हत्या भएको निष्कर्ष निकालेको हो ।

गत बिहीबार सुन्दरीजल घुम्न गएका केही व्यक्तिले बोक्सेदहको ढुंगाको फाटमा मानव खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी वृत्त बौद्ध र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलमा खटिएको थियो। शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमका लागि पठाइएको छ ।

प्रहरीले हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही चक्रघट्टा गाउँपालिका–३ का ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका–५ का २४ वर्षीय सन्तोष राम महरा छन् ।

प्रहरीका अनुसार रामविनय जुत्ता सिलाउने काम गर्थे भने राम दुलारी ज्याला मजदुरी गर्थिन्। उनीहरू दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए, तर बारम्बारको असमझदारीले झगडा हुँदै आएको थियो ।

एसपी नवराज अधिकारीका अनुसार, रामविनयले सन्तोषको सहयोगमा राम दुलारीको हत्या योजना बनाएका थिए । योजनाअनुसार रामविनयले दुलारीलाई सुन्दरीजल घुम्न लगेर सन्तोषसँग मिलेर डिलबाट धकेलेर बोक्सेदहमा खसालेपछि, ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

हत्या पछि उनीहरूले शवलाई ढुंगाको कापमा लुकाएर घटनास्थलबाट भागेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जग्गाकै विषयमा राज्यमन्त्री रायको हत्या आफ्नै कामदारबाट भएको खुलासा
  • २०८१ भाद्र २३, आईतवार २०:१६
  • In "BannerNews"
  • काठमाडौंमा एकै परिवारका तीनसहित चारजनाको हत्या
  • २०८१ भाद्र २३, आईतवार २०:१६
  • In "BannerNews"
  • बारामा क्याम्पस प्रमुख कुशवाहाको मुख्य हत्या आरोपी सुरेन्द्र पक्राउ
  • २०८१ भाद्र २३, आईतवार २०:१६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post

लुम्बिनी प्रदेशका कांग्रेस सांसद केसी जेल चलान

प्रविधिसँग जोडेर नयाँ पाठ्यक्रम बनाउन शिक्षामन्त्री भट्टराईको निर्देशन

भारतको ब्यालेस्टिक मिसाइल अग्नि-४ को सफल प्रक्षेपण

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version