काठमाडौं : कोरोना संक्रमणको कारण ठप्प रहेको भृकुटीमण्डपको बजार क्षेत्रमा चाडपर्व नजिकिएसँगै चहलपहल बढ्न थालेको छ ।
भृकुटीमण्डप क्षेत्रमा मानिसहरुको चहलपहल बढ्न थालेपछि व्यापार पनि बढ्ने भन्दै त्यहाका व्यापारीहरु खुसी भएका छन् ।
कोरोनाको कारण लामो समयसम्म व्यापार व्यवसाय ठप्प हुदा गुजाँरा चलाउन समेत मुस्किल अवस्थामा पुगिसकेका उनीहरु पुनः व्यापार व्यवसाय बढ्न थालेपछि खुसी भएका हुन् ।
दशैंलाई लक्षित गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै र गराउँदै बजार तथा पसल संचालन गरेको काठमाडौं निम्न व्यापारी संघका सहअध्यक्ष चिन्तामणि प्रसाईले बताउनु भयो ।
कोरोना संक्रमणलाई मध्यनजर गर्दै सो क्षेत्रमा आउने ग्राहकहरुलाई मास्कको प्रयोग तथा बजार क्षेत्रमा प्रवेस गर्नुअघि स्यानिटाइजरको प्रयोग गर्न लगाउने उहाँले बताउनु भयो ।
कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै दशैंमा किनमेल गर्न आउदा स्वास्थ्य सवाधानी अपनाएर आउन पनि उहाँले सबै ग्राहकलाई आग्रह गर्नुभयो ।