• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीका पालिका प्रमुखहरुले बदनियतपूर्ण तरिकाले अख्तियार दुरुपयोग आयोगमा उजुरी


सप्तरीका पालिका प्रमुखहरुले बदनियतपूर्ण तरिकाले अख्तियार दुरुपयोग आयोगमा उजुरी

राजविराज । सप्तरीका पालिका प्रमुखहरुले बदनियतपूर्ण तरिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीहरु पठाउने गरिएको बताए । उनीहरुले अत्यधिक उजुरी पठाउँदा सोंच अनुरुपको काम समेत गर्न नसकिएको बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राजविराजमा आयोजना गरेको कार्यक्रममा बोल्दै पालिका प्रमुखहरुले उजुरीको बारेमा जवाफ लेख्दालेख्दै कर्मचारी हैरान बनिरहेको समेत बताए ।
कंचनरुप नगरपालिकाका प्रमुख ललन प्रसाद गुप्ताले कुनै योजनाको काम शुरु नहुँदै उजुरी पठाइदिने गरिएको बताए । ‘केहि काम चालू नै रहेको अवस्थामा र केहि काम शुरु नहुँदै उजुरी पठाउने गरिएको छ’ उनले भने, ‘यसले द्रूत गतिमा काम गर्ने इच्छा हुँदाहुँदै गर्न अप्ठ्यारो भइरहेको छ ।’
सप्तकोशी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद ढकालले बिना तथ्य र प्रमाणकै आधारमा उजुरी परिरहेको बताए । आयोगका आयुक्त डा. करी पौडेल सहभागी रहेको कार्यक्रममा उनले बदनियतपूर्ण उजुरी दिनेलाई कार्वाही हुन्छ कि हुँदैन् ? भनेर प्रश्न गरे ।
सुरुङा नगरपालिकाका प्रमुख गीता चौधरीले हरेक पालिकामा अख्तियारको शाखा खोल्नुपर्ने बताइन् । ‘यो काम गरौं कि नगरौं, भुक्तानी गरौं कि नगरौं अख्तियारसँग सोधेरै गर्नुपर्ने अवस्था आएको छ’ उनले भनिन् ।
‘मुद्दा दर्ता गरेपछि कुनै व्यक्ति आत्महत्या गरेपछि निर्दाेष ठहरिए उजुरी हाल्ने व्यक्तिलाई आत्महत्या दुरुत्साहन मुद्दा हाल्नुपर्छ’ उनले भनिन् ।
राजविराज नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परबिनले उजुरी हाल्ने क्राइट एरिया तोकिनुपर्ने बताइन् । जथाभावी तरिकाले बिना कारण पनि उजुरी दिँदा नगरपालिका नै अस्तव्यस्त बनेको उल्लेख गरेको भन्दै उनले मनमा लाग्नेवित्तिकै उजुरी हालिदिने प्रबृत्ति बढेको बताइन् ।
तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले नियतबश दिने उजुरीको छिटो फछ्र्याैट गर्नुपर्ने बताए । ‘नभै काम प्रभावित हुन्छ’ उनले भने ।
अख्तियारमा उजुरी पर्ने त्रासका कारण कर्मचारीले राम्रो योजनामा पनि हस्ताक्षर नगर्ने गरेको बताउँदै उनले यसतर्फ अख्तियारले पनि ध्यान दिनुपर्ने बताए ।
रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले मनमानी तरिकाले उजुरी पठाउँदा कर्मचारीलाई जवाफ लेख्दै व्यस्त रहनुपरेको बताए ।
डाक्नेश्वरी नगरपालिकाका प्रमुख रामलखन मलाहले योजना, कार्यक्रम माग्न आउनेहरुले नपाउँदा पनि बिना तथ्यको अख्तियारमा उजुरी दिइरहेको बताए । बदनियतपूर्ण तथा राजनीतिक पूर्वाग्राही हिसाबले उजुरी पठाउने गरिएको उनले बताए ।
बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले राजनीतिक प्रतिस्पर्धीहरु बदनियतपूर्ण तरिकाले बदनाम गराउन उजुरी हाल्ने गरेको बताए । उनले चरित्र हत्या गर्नेगरी उजुरी हाल्नेलाई कार्वाही गर्नुपर्ने बताए ।
पालिका प्रमुखहरुले कर्मचारीको अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको समेत बताए ।
तिरहुत गाउँपलिकाका अध्यक्ष विजय यादवले रातारात प्रमुख प्रशासकीय अधिकृत आफ्नो सरुवा गराएर जाँदा बरबुझारथ समेत नगरेको बताए । ‘आफैंले गरेको कामको कार्यदेश र भुक्तानी नगर्दा म साह्रै पीडित भएको छु’ उनले यसतर्फ सरोकारबालालाई भन्दा पनि कसैले ध्यान दिएको छैन् ।’
जिल्ला समन्वय समितिका प्रमुख शिबनारायण साहले कर्मचारी अभावको समस्यातर्फ अख्तियारले पनि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुपर्ने बताए ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले पनि जिल्लामा पालिकासहित अन्य कार्यालयमा समेत कर्मचारीको अभाव रहेकाले सेवा प्रवाह चुस्त दुरुस्त हुन नसकिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • चालू आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता
  • २०८० चैत्र ६, मंगलवार १३:२२
  • In "BannerNews"
  • ७० करोड काण्डमा गोकुल बास्कोटामाथिको अनुसन्धान कहाँ पुग्यो ?
  • २०८० चैत्र ६, मंगलवार १३:२२
  • In "BannerNews"
  • सांसद अमरेशकुमार विरुद्ध अख्तियारमा उजुरी
  • २०८० चैत्र ६, मंगलवार १३:२२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

द्वाेन्द पीडितलाई न्यायका लागी क्षमता अभिवृद्धि तालीम

मधेशमा बढ्दै सम्बन्ध विच्छेद !

अब देखि राजविराजमा फेसन शो हुने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version