• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा प्रहरीकै मिलेमतोमा दारुको तस्करी

अन्तशुल्कको एउटै स्टिकर च्यातेर दुईवटा बोतलमा


सिरहामा प्रहरीकै मिलेमतोमा दारुको तस्करी
मिथिला रत्न,
राजस्व छलीमा सिरहा प्रशासनकै संलग्नता, अनुसन्धान र कारबाही नाममात्रको
 सिरहा । सिरहामा प्रहरी प्रशासनकै मिलेमतोमा दैनिक लाखौंको राजस्व छली भइरहेको पाइएको छ । सिरहाको गोलबजारस्थित मदिरा उत्पादक कम्पनी शारडा डिस्टिलरीले एउटै स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गरिरहेको भेटिएको हो । यस्तो अवैध मदिरा सीमावर्ती क्षेत्रमा भण्डारण गर्ने र त्यसपछि भारत तस्करी गर्ने गरिएको छ ।
यो हो सिरहाको गोलबजार नगरपालिका ९ मा अवस्थित मदिरा उत्पादक कम्पनी शारडा डिस्टिलरी उद्योग । अवैध मदिरा भएकाले रातिको समयमा मात्रै उद्योगबाट मदिराको ट्रक निस्कने गरेको सुइँको पाएर हामी बिहान ४ बजे नै उद्योगनजिक पुग्यौं ।
हामी पुग्दा अबेर भइसकेको रहेछ । थुप्रै गाडी गइसकेका रहेछन् । तर, दुईवटा ट्रक बाँकी थिए । त्यसमध्ये साढे ५ बजे बिहान एउटा गाडी धनुषातिर र साढे ६ बजे सिरहातिर लाग्यो । हामीले सिरहा हिँडेको ट्रकलाई पछ्यायौं । पछ्याउँदै जाँदा चालकलाई शंका लागेर होला, पानवारी चोक र बलुवा चोकको बीचमा गाडी रोकियो ।
चालकलाई थप शंका नहोस् भनेर हामी अगाडि बढ्यौं । ट्रक पनि त्यसपछि सिराहातिर आउन थाल्यो । विष्णुपुर आइसकेपछि हामीले प्रहरीलाई गाडी रोकेर चेकजााच गर्न भन्यौं । प्रहरीले गाडी त रोक्यो । गाडी रोकिएपछि प्रहरीलाई एउटा फोन आयो । आधा स्टिकर नै लागेको मदिराको बोतल गाडीमा भेटिए पनि प्रहरीले गाडी छाडिदियो । यसमा प्रहरीको मिलेमतो छ भन्ने कुरामा हामी स्पष्ट भयौं ।
हामी फेरि गाडीसँगै लाग्यौं । सिरहाका प्रहरी प्रमुख सन्तोष आचार्य बस्ने सिरहास्थित रहेको क्वाटरअगाडि हुँदै गाडी निर्वाध गएपछि प्रहरीको संलग्नता थप पुष्टि गर्‍यो । संयोग कस्तो भने जब ट्रक एसपीको क्वाटर हुँदै गुज्रियो, त्यतिबेलै एक भारतीय नम्बर प्लेटको स्कार्पियो एसपीको क्वाटरअगाडि रोकियो । स्कार्पियोबाट हतारहतार दुईजना ओर्लेर क्वाटरभित्र पस्न खोजे । तर, हामीले रेकर्ड गरिरहेको देखेपछि उनीहरू दुवै दुईतिर लागे ।
हामी फेरि ट्रकलाई पछ्याउँदै गयौं । ट्रक सीमावर्ती बजार सिरहा नगरपालिका १५, माडरस्थित आशिष जनरल स्टोरमा साढे ८ बजे रोकियो । र, त्यस गोदाममा हतारहतार मदिरा झार्न थालियो । सिरहाका प्रमुख जिल्ला अधिकारी र आन्तरिक राजस्व कार्यालयका प्रमुखलाई हामीले आउन भन्यौं । हामी दुई घण्टा कुर्‍यौं । तर, आउनु त परको कुरा, विभिन्न बहानामा पन्छिरहे ।
ट्रक केही मदिरा हतारहतार झारेर र केही मदिरा गाडीमै राखेर ११ बजेतिर हिँडिसकेपछि बल्ल राजस्वका प्रमुख पुण्य रिजालले हामीलाई फोन गरेर आफूहरू अब निस्किन लागेको जानकारी गराए । हामीले गाडी हिँडिसकेको भनेपछि प्रहरीलाई भन्नुको साटो हामीलाई गाडी रोक्न उनले अर्हाए ।
हामी कुर्यौं । दिउँसो १२ बजे राजस्वको टोली बल्लतल्ल आइपुग्यो । उनीहरू सुरुमा त हामीलाई नपत्याएको जस्तो गरे । तर, जब गोदाममा पुगे, तब कार्टुनैपिच्छे राजस्वको एउटै स्टिकरलाई दुई टुक्रा पारी टाँसिएको मदिराका बोतल भेटिन थाले ।
राजस्वको टोलीले त्यसपछि मदिरा भण्डारण गरिएको गोदाम सिल गरेको छ । गोदाम रहेको घरको आँगनमा रहेका ३१५ कार्टुन र कोठाभित्र रहेको अनुमानित २५ सय कार्टुनजति मदिरा सिल गरिएको हो । यो भनेको झन्डै ३० लाख रुपैयाँबराबरको हो । यसमा अधिकांश टुक्रा पारेर राजस्वको स्टिकर टाँस गरिएको बोतल छ । अवैध मदिरा भेटिएपछि सिल गरिएको र अनुसन्धानपछि मात्रै यस विषयमा केही बोल्ने प्रतिक्रिया राजस्वका प्रमुख पुण्य रिजालले दिए ।
यो घटनाले यहाँका सरकारी संयन्त्रकै मिलेमतोमा उद्योगले दैनिक लाखौं राजस्व छली र मदिरा भारत तस्करी गरिरहेको छ भन्ने कुरा छताछुल्ल हुन्छ । प्रहरी, प्रशासनको मिलेमतोमै यो धन्दा भइरहेको स्थानीय बासिन्दा देवकुमार यादव पनि बताउँछन् ।
उद्योगले आन्तरिक राजस्व विभागको एउटा स्टिकरलाई दुई टुक्रा पारेर प्रयोग गरी राजस्व छली गर्दै आएको छ नै, माडरस्थित यो गोदाममा मदिरा भण्डारण गरेर भारत तस्करीसमेत गर्दै आएको छ । यसले सरकारी संयन्त्रको भ्रष्ट चरित्रलाई उदांगो पारिदिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • प्रहरीकै रोहबरमा पत्रकार आजादमाथि आक्रमणको योजना
  • २०८० चैत्र ६, मंगलवार १२:४७
  • In "BannerNews"
  • धनुषामा मदिरा लोड अटो प्रहरी नियन्त्रणमा, चालकसहित ४ जना पक्राउ
  • २०८० चैत्र ६, मंगलवार १२:४७
  • In "देश"
  • माडर भन्सारमा सञ्चारकर्मीमाथि भएको दुर्व्यवहार घटनाप्रति महासंघको आपत्ति, कारवाही गर्न माग
  • २०८० चैत्र ६, मंगलवार १२:४७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

Next Post

सप्तरीका पालिका प्रमुखहरुले बदनियतपूर्ण तरिकाले अख्तियार दुरुपयोग आयोगमा उजुरी

द्वाेन्द पीडितलाई न्यायका लागी क्षमता अभिवृद्धि तालीम

मधेशमा बढ्दै सम्बन्ध विच्छेद !

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version