• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गाजा क्षेत्रमा नाकाबन्दी गर्ने इजरायलको घोषणा


गाजा क्षेत्रमा नाकाबन्दी गर्ने इजरायलको घोषणा

मध्यस्थता र इजरायली बन्धक छुटाउन कतारको प्रयास, द्वन्द्वबारे छलफल गर्न अरब लिगका विदेशमन्त्रीको बैठक बस्दै

जेरुसेलम — इजरायलले प्यालेस्टाइनीहरूको बसोबास रहेको गाजा क्षेत्रमा पूर्ण नाकाबन्दीको घोषणा गरेको छ । प्यालेस्टाइनको विद्रोही समूह हमासले शनिबार इजरायलमा आक्रमण गरेपछि जवाफी कारबाहीस्वरूप इजरायलले गाजामा खाद्यान्न, इन्धन, विद्युत् तथा खानेपानी आपूर्ति बन्द गरेको जनाएको हो ।

हमासको आक्रमणको तेस्रो दिन सोमबार पनि दुवै पक्षले एकअर्काप्रति लक्षित गरेर मिसाइल आक्रमण जारी राखेका थिए । इजरायलले गाजा क्षेत्रमा मिसाइल आक्रमण गर्नुका साथै आसपास आफ्ना नागरिक रहेको क्षेत्रमा पुनः नियन्त्रण लिएको दाबी गरेको छ । शनिबारयता युद्धमा परी इजरायलमा ७ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको बीबीसीले जनाएको छ, जसमध्ये २६० जनाको एक सांगीतिक कार्यक्रमको क्रममा हमासका बन्दुकधारीको आक्रमणमा मृत्यु भएको थियो । यस्तै, दर्जनौं व्यक्ति अहिले पनि आफ्नो नियन्त्रणमा रहेको हमासले दाबी गरेको छ ।

इजरायलले गाजा क्षेत्रमा गरेको आक्रमणमा भने ५ सय जनाभन्दा बढीको मृत्यु भएको प्यालेस्टाइनका स्वास्थ्य अधिकारीले बताएका छन् । अमेरिकाले इजरायल–हमासको युद्धमा ९ जना अमेरिकीको मृत्यु भएको जनाएको छ । बेलायतले पनि आफ्ना १० जना नागरिकको मृत्यु भएको आशंका गरेको छ । इजरायलले लेबनान हुँदै प्रवेश गर्न लागेका सशस्त्र समूह मारिएको जनाएको छ । युरोपेली संघले दुई पक्षमा युद्ध सुरु भएपछि प्यालेस्टाइनलाई गर्दै आएको सहयोग रोकेको छ ।

इजरायल र हमासको युद्धको तेस्रो दिन अन्तर्राष्ट्रिय समुदायले शान्तिका लागि आह्वान र मध्यस्थताका लागि तत्परता देखाएका छन् । कतारका विदेश मन्त्रालयले इजरायल र हमासबीच मध्यस्थताका लागि प्रयास गरिरहेको जनाएको छ । मन्त्रालयका प्रवक्ता माजिद अल–अन्सारीले शनिबार रातिदेखि नै वार्ता गरिरहेको समाचार संस्था रोयटर्सलाई बताएका छन् । ‘हाम्रो प्राथमिकता रक्तपातपूर्ण युद्ध अन्त्य गर्नु हो । यस्तै, कैदीबन्दीको रिहाइ र युद्धको असर क्षेत्रीय स्तरमा फैलिन नदिनु पनि हो,’ उनले भने ।

हमासले गाजा क्षेत्रमा बन्धक बनाएका इजरायलीहरूको स्पष्ट तथ्यांक छैन । तर उनीहरूले महिला, बालबालिका, वृद्धवृद्धा र सैनिकलाई समेत बन्धक बनाइएको अनुमान गरिएको छ । हमासका प्रवक्ता होसाम बदरानले हालकै अवस्थामा भने बन्धक बनाइएकाहरूको अदलाबदलीमा तयार नरहेको एएफपीलाई बताएका छन् । यस्तै, रुसका विदेशमन्त्री सर्गेई लाभरोभले दुवै पक्षलाई ‘दुई राज्य’ सम्बन्धी सम्झौतामा फर्किन आग्रह गर्दै यसले मात्र वर्तमान विवाद समाधान हुने बताएका छन् । गाजा क्षेत्रमा इजरायलको आक्रामकताको बारेमा छलफल गर्न अरब लिगका विदेशमन्त्रीहरूको बैठक बुधबार बस्ने भएको छ ।

हमासले आक्रमण गरेपछि इजरायलको सुरक्षा परिषद्ले औपचारिक रूपमा ‘युद्ध स्थिति’ को घोषणा गरिसकेको छ । यो घोषणापछि इजरायल सरकारलाई महत्त्वपूर्ण सैन्य गतिविधि गर्न अनुमति मिलेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रका स्थानीयलाई विस्थापित हुन चेतावनी दिँदै उक्त क्षेत्रलाई ‘निर्जन स्थल’ को रूपमा बदल्ने घोषणा गरेका छन् ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई ‘भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानी’ का रूपमा लिँदै आएको छ । यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रूप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २ हजार २५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १ हजार ४ सय ६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

पछिल्लो पटक २०२२ अगस्टमा इजरायली सेनाले प्यालेस्टाइनी विद्रोही अखडामा हवाई आक्रमणमा गर्दा ४४ जनाको मृत्यु भएको थियो । प्यालेस्टाइनी विद्रोही समूहले १ हजारभन्दा बढी रकेट आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको थियो । त्यसअघि सन् २०२१ मा रमदानकै महिना इजरायल–प्यालेस्टाइन द्वन्द्व चर्किएको थियो । ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • इजरायलले हमासको आतंककारी ठेगानामा निरन्तर हमला गर्दै , अहिलेसम्म १ हजार ७ सय स्थानमा भीषण हमला
  • २०८० आश्विन २३, मंगलवार १६:५१
  • In "BannerNews"
  • युद्धबिरामको बीचमै गाजामा इजरायलको आक्रमण, महिला र बालबालिकासहित ३३ को मृत्यु
  • २०८० आश्विन २३, मंगलवार १६:५१
  • In "BannerNews 2"
  • गाजामा आक्रमणको बीचमा हुथी विद्रोहीहरूको इजरायलमा मिसाइल आक्रमण
  • २०८० आश्विन २३, मंगलवार १६:५१
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

Next Post

इजरायलले हमासको आतंककारी ठेगानामा निरन्तर हमला गर्दै , अहिलेसम्म १ हजार ७ सय स्थानमा भीषण हमला

मिर्चैयाबाट लखेटिए छापा मार्न आएका राजस्व अनुसन्धान कर्मचारी

मधेस प्रदेशका अवैधानिक स्वास्थ्य संस्थालाई कारबाही गरिने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version