No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अनलाइन कक्षाः अभिभावक र ससाना बालबालिका दुबैलाई सास्ती

अनलाइन कक्षाः अभिभावक र ससाना बालबालिका दुबैलाई सास्ती

काठमाडौँ  : पूर्व प्राथमिक तहमा पढ्नको लागि गरिएको अनलाइन कक्षाले ससाना बालबालिकाको साथै अभिभावकले सास्ती खेप्नुपरेको छ । विद्यालयमा पूर्व प्राथमिक तहमा पढ्ने स–साना नानीहरू हिजोआज हातमा ट्याब्वलेड, मोबाइल वा ल्यापटप लिएर बसेको दृश्य घरघरमा देख्न सकिन्छ । नानीहरूसँगै तीनका अभिभावक पनि त्यत्तिकै सक्रिय भइरहेको देखिने गरेका छन् । जसको कारण कामकाजी अभिभावकलाई निकै गा¥हो भइरहेको छ ।
कार्यालयको कामसँगै बालबालिकाको अनलाइन कक्षामा पनि सँगै बस्ने निकै कठिन भएको छ बैंकमा कार्यरत विनिता चित्रकारले बताउनुभयो । उहाँले भन्नुभयो, हामी संयुक्त परिवारमा बसे पनि अनलाइन कक्षाले धेरै कठिनाइ भोग्नुपरेको छ ।
सानो छोरी कक्षा एकमा जाने तर उसँगै कक्षामा आफू पनि बस्नुपर्ने बाध्यता छ उहाँले थप्नुभयो, घरमा सासु ससुरा भए पनि उहाँहरुलाई प्रविधिको ज्ञान नभएको कारण अनलाइन कक्षामा बस्न पनि सक्नुहुन्न । न काम गर्ने न छोरी सँग कक्षा लिने निकै दोधारमा हुन्छ ।
अनलाइन कक्षामा केही नबुझ्ने र अरु बालबालिकाको आवाज मात्र आउने कारण छोरीले केही नबुझेर रुने गरेको पनि गुनासो पोख्नुभयो ।
कोभिड–१९ को महामारीका कारण विद्यालयहरू बन्द भएपछि हतार हतारमा सुरु गरिएको अनलाइन कक्षा कति कक्षादेखि र कुन उमेर समूहका बालबालिकालाई पढाउनु ठिक हुन्छ भनेर कुनै खासै अध्ययन गरिएको पाइँदैन, चित्रकारले भन्नुभयो ।
माध्यमिक तहको विद्यार्थीलाई अनलाइन कक्षाले केही फाइदा गरेपनि स–साना बालबालिकालाई भने अनलाइन कक्षाको कुनै अर्थ नभएको बताउनुहुन्छ ।
उहाँ मात्र होइन सम्झना कोल्ड स्टोरको संचालक निर्मला शाहीको समस्या पनि त्यस्तै छ । दुई कक्षामा पढ्ने छोराको अनलाइन कक्षा लिन सकेको छैन उहाँले भन्नुभयो, हामी दुबै श्रीमान्श्रीमती दुबै मासुको व्यवसाय गर्छौैं, विहान पसल खोल्नै प¥र्यो । छोराको अनलाइन कक्षा कसरी लिने समय हुन्छ, त्यसमाथि घरमा इन्टरनेट पनि राखेको छैन ।
यो वर्ष यतिकै राखेर अर्को वर्ष फेरि दुईमानै भर्ना गर्ने सोचाइमा रहनुभएको शाहीले थप्नुभयो, बच्चाहरुसँग दिनभरी बस्न फुर्सद हँुदैन । काम पनि गर्नुनै प¥र्यो ।
चाइल्ड सेफ नेटका निर्देशक अनिल रघुवंशीले भन्नुभयो, अनलाइन कक्षा स–साना नानीहरू एक्लैले लिनसक्ने अवस्थामा छैन र सक्दैनन् पनि । कम्प्युटरले एकपछि अर्को गर्दै दिने निर्देशन फलो गर्नु जरुरी छ अनलाइन कक्षामा । यसका लागि अभिभावकले पनि उत्तिकै समय दिनु पर्ने र प्रविधि सम्बन्धी ज्ञान हासिल गर्नुपर्ने हुन्छ ।
गेम खेल्नु तथा अनलाइन कक्षाले बालबालिकाको स्वास्थ्यमा असर पर्नुको साथै विभिन्न साइट हेरेर फस्ने पनि सम्भावना बढी हुने उहाँले प्रष्ट पार्दै भन्नुभयो, स–साना बालबालिकालाई कुन साइत राम्रो र कुन नराम्रो भन्ने थाहा हुँदेैन ।
पढाइको नाममा कलिला नानीको बालापन खोस्ने काम कसैले पनि गर्नु हुँदैन । बन्दाबन्दीको समयको पनि शुल्क असुल्न अनलाइन कक्षाको बहाना बनाएर पढाइ सञ्चालन गर्न कस्सिएका निजी विद्यालय र सरोकारवाला सबैले अहिले शिक्षण–सिकाइको शैलीमा व्यापक रूपान्तरण गर्ने सके मात्र यसको औचित्य पुष्टि गर्न सकिने रघुबंशीको भनाइ छ ।
शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले ‘शिक्षकले अनलाइन कक्षामा पढाउँदा पाठ्यपुस्तकका विषयवस्तुलाई सन्दर्भ सामग्री मानेर शिक्षकले पढाउने तरिकामा नयाँपन अपनाउन जरुरी रहेको जानकारी दिनुभयो ।
स–साना नानीले अनलाइन पढ्न पाउनु नराम्रो हुँदै होइन तर उनीहरूलाई अनलाइन कक्षा किन झ्याउ लाग्ने गरेको छ, यो कुरा शिक्षकले बुझ्नु आवश्यक छ ।’
प्राडा कोइरालाले पूर्व प्राथमिकमा पढ्ने बालबालिका भनेको ४ देखि ८ वर्ष उमेर समूहका बालबालिका हुने गर्छन् । यो समय भनेको शारीरिक र मानसिक विकास हुने बेला हो । यो उमेर समूहका नानीहरूलाई मानसिक दबाब सिर्जना गरिनु भनेको अन्याय भएको बताउनुभयो ।
अमेरिकी प्राध्यापक न्यान्सी कार्लसनले गर्नुभएको अध्ययन अनुसार, सानो उमेरमै विद्यालय जान सुरु गरेका विद्यार्थीमा डर, अलमल र चिडचिडापन हुने गरेको देखा परेको थियो ।
बेलायत र अमेरिकाले भने ५ वर्ष पुगेपछि मात्र औपचारिक शिक्षा दिन थाल्ने गरिएको पाइन्छ । तर हामीकहाँ बच्चा दुई वर्ष हुन पाएको हुँदैन विद्यालय पठाउन अभिभावकको हतारो हुने गरेको छ । स–साना नानीहरू, जो आफ्नो नाम समेत राम्ररी भन्न सक्दैनन्, यस्ता नानीहरूलाई विद्यालय पठाउन हतार गरेर अभिभावकले अर्को अन्याय गरिरहेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

Next Post
साढे २ करोड डोज रुसी भ्याक्सिन नेपाल ल्याउने सम्झौता

साढे २ करोड डोज रुसी भ्याक्सिन नेपाल ल्याउने सम्झौता

चाडपर्व नजिकिदै जाँदा महङ्गी बढेको भन्दै बजार अनुगमन गर्नुपर्नेमा जोड

चाडपर्व नजिकिदै जाँदा महङ्गी बढेको भन्दै बजार अनुगमन गर्नुपर्नेमा जोड

पदाधिकारीहरुले बजेटका अभावका कारण परिणाममुखी काम गर्न नसकिएको गुनासो

पदाधिकारीहरुले बजेटका अभावका कारण परिणाममुखी काम गर्न नसकिएको गुनासो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

एसईई परीक्षा दिएर फर्कँदै गरेका ३ जना विद्यार्थीको जलेर मृत्यु

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .