काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले तीनवटा अध्यादेश जारी गर्नुभएकाे छ ।
नेपालकाे संविधानकाे धारा ११४ काे उपधारा (१) बमाेजिम मन्त्रिपरिषद्काे सिफारिसमा उहाँले आज तीन अध्यादेश जारी गर्नुभएकाे हाे ।
आज उहाँले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७ जारी गर्नुभएकाे छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश मार्फत सो कानुन ल्याउन राष्ट्रपतिलाई सिफारिस गरेको थियाे ।
नयाँ कानुनमा एसिड आक्रमण गर्नेलाई २० वर्ष कैद र १० लाख रुपैयाँसम्मको जरिवाना हुने व्यवस्था गरिएकाे छ । साथै आक्रमण र क्षतिको प्रकृति हेरि सोही अनुसारको सजाय तोक्ने व्यवस्था मिलाइएकाे छ ।
यसैगरी फाैजदारी कसूर तथा फाैजदारी कार्यविधिसम्बन्धी केही ऐन संशाेधन गर्ने अध्यादेश, २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलाे संशाेधन) अध्यादेश,२०७७ जारी गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।
sunrisekhabar