सिरहा,१६ श्रावण_सिरहामा स्रोत नखुलेको रकम सहित तीन जना पक्राउ परेका छ्न ।इलाका प्रहरी कार्यलय बिष्णुपुर चेकपोस्टमा चेकजाच गर्ने क्रम्मा स्रोत नखुलेको रकम फेला परेपछी पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यलय बिष्णुपुरका प्र.ना.नि बैधनाथ दासको कमान्डमा खटिएको टोलिले चेकजाचको क्रम्मा स्रोत नखुलेको भारतिय रकम फेला परेपछी तीन जना लाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा जिल्ला सिरहा धनगदिमाइ नपा-१ छपराडि बस्ने अ.बर्ष-सुरेन्द्र यादबको साथ बाट भा.रु १५ हजार ,ने.रु १,४४०००/-ऐ.ऐ वडा न-११ बस्ने अ.बर्ष-३९ को भरत प्रधानको साथबाट भा.रु ५ हजार ने.रु २०६०००/- दुई लाख छौ हजार,ऐ.लहान नपा-१ बस्ने अ.वर्ष ४३ को मनिष साहको साथबाट भा.रु.९५,५००/- ने.रु १,१७,०००।– भा.रू.१,१५,५००।-नेपाली रुपैया जम्मा ६,५१,८००।-फेला परेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रवक्ता रबिन्द्रराज पान्डेले जान्कारी दिए ।
स्रोत नखुलेको रकम सहित पक्राउ गरिएको मानिस लाई आवशयक कार्वाहिका लागि राज्स्व अनुसन्धानका कार्यलय सुन्सरी पठाइएको प्रवक्ता पान्डेले जनाए ।
