No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालमा बढ्दै चिनियाँ चासो


नेपालमा बढ्दै चिनियाँ चासो

दाहाल पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएयता नेपाल–चीनबीच विभिन्न संयन्त्रको बैठक र उच्चस्तरीय भ्रमण
काठमाडौँ — चिनियाँ राजदूत छन सोङ सोमबार प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगे । छनले यसअघि पनि सिंहदरबार, बालकोट, धुम्बाराही पुगेर संसद्को सबैभन्दा ठूलो दल कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल र सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरिरहेका छन् ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यक्रममा चीनको एक साताको भ्रमणमा सोमबार निस्किए । असार १ मा काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टी एसिया ब्युरोका उपमहानिर्देशक सु मिन नेतृत्वमा चिनियाँ टोलीले प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्याललगायतसँग भेटवार्ता गर्‍यो । जेठ २८ मा चीन गएको विभिन्न दलका सांसदसहित राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना चीन भ्रमणमै छन् ।

दाहाल पुस १० मा तेस्रो पटक प्रधानमन्त्री भएयता नेपाल र चीनबीच विभिन्न संयन्त्रको बैठक र उच्चस्तरीय भ्रमणहरू पनि भएका छन् । चिनियाँ लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ मा उद्घाटन गरिए पनि हालसम्म कुनै अन्तर्राष्ट्रिय उडान नभइरहेका बेला चीनले पोखरामै ‘चिनियाँ ड्रागन डुंगा फेस्टिभल’ आयोजना गर्न लागेको छ । उक्त फेस्टिबल असार ८ र ९ मा हुँदै छ । उक्त अवसर पारेर चीनको छेन्दु र हङकङदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा चार्टर्ड हवाई उडान हुने गरी गृहकार्य भएको छ ।

चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ बेइजिङले नेपालमा दुई विषयमा सबैभन्दा बढी महत्त्व दिएको मान्छन् । ‘पहिलो कुरा कनेक्टिभिटी हो भने दोस्रो भनेको पूर्वाधार विकास,’ उनले भने, ‘चीनले नेपाल मात्र होइन, संसारभर कनेक्टिभिटी बढाउनुपर्छ भन्दै बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० अघि सारेको हो । त्यहीअनुसार चीनले पूर्वाधार निर्माणमा पनि जोड दिएको छ ।’
निर्वाचनपछि नयाँ सरकार आएलगत्तै चीनले सीमापार काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि टोली नेपालमा पठायो । जसले अहिले काम गरिरहेको छ । त्यसपछि कोभिड–१९ का कारण चल्न नसकेको रसुवागढी र तातोपानी नाकालाई सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्‍यो । चैत १५ मा ल्हासामा बसेको उद्योग, वाणिज्य तथा आपूर्ति सचिवस्तरीय नेपाल–चीन सीमा व्यापार र सहकार्यका लागि संयन्त्रको बैठकले चैत १८ बाट केरुङ–रसुवागढी सीमा व्यापार र जनताको आवतजावत हुने गरी नाका खुलाउने निर्णय गर्‍यो । उक्त अवसरमा नेपालबाट वाणिज्य सचिव मधुकुमार मरासिनीले संयन्त्रको बैठकको नेतृत्व गरेका थिए ।

कोभिड–१९ पछि चीनको शून्य कोभिड–१९ नीतिका कारण उत्तरी नाकाहरूमा व्यापारमा अवरोध हुँदै आइरहेको थियो । चीनले सोही बैठकमा वैशाख १८ देखि खोल्ने नेपाली पक्षसँग प्रतिबद्धता गरेको थियो ।

चैत २३–२४ मा परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा बेइजिङमा नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक बसेको थियो । उक्त अवसरमा परराष्ट्र सचिव पौड्यालको चिनियाँ विदेशमन्त्री छिन काङसँग पनि भेटवार्ता भएको थियो । परराष्ट्रमन्त्री छिनले सन् २०१९ को अक्टोबरमा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि दुई देशबीचको सम्बन्धमा गतिशीलता आएको उल्लेख गरेका थिए ।

‘राष्ट्रपति सीको नेपाल भ्रमणबाट आपसी सहयोगका आयामहरू विस्तृत हुनुका साथै तत्कालीन सहमतिमा टेकेर अघि बढ्ने पहल भइरहेको छ,’ उनको भनाइ थियो । भेटमा सचिव पौड्यालले चीनले नेपालको विकासमा निकै महत्त्वपूर्ण योगदान पुर्‍याएको स्मरण गर्दै सीको तेस्रो कार्यकालमा पनि आपसी सहकार्य निरन्तर रहने उल्लेख गरे । उनले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको जनाउँदै नेपाली भूमि प्रयोग गरेर चीनविरोधी गतिविधि हुन नदिने विषयमा नेपाल सतर्क रहेको जानकारी गराएका थिए ।

दुईपक्षीय सहयोगलाई थप विस्तार र सुदृढ बनाउने निष्कर्ष निकाल्दै नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक सकिएको थियो । संयन्त्रको बैठकमा दुवै पक्षले विद्यमान नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहयोगका बारेमा समीक्षा गरेका हुन् । ‘द्विपक्षीय भ्रमणको आदानप्रदानलगायत विभिन्न क्षेत्रमा सहयोगलाई थप विस्तार र सुदृढ बनाउने उपायबारे छलफल भएको छ,’ बैठकपछि बेइजिङस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा परराष्ट्र सचिव पौड्याल, मन्त्रालयका उत्तरपूर्वी एसिया महाशाखाका प्रमुख लोकबहादुर थापा, चीनका लागि नेपाली राजदूत श्रेष्ठसहित दूतावासका अन्य पदाधिकारी नेपालका तर्फबाट सहभागी थिए ।

चीनका तर्फबाट उपविदेशमन्त्री सुन विइतोङले टोलीको नेतृत्व गरेका थिए । बैठकमा आर्थिक सहयोग, व्यापार, लगानी र पर्यटन प्रवर्द्धन, कनेक्टिभिटी विस्तार, कृषि, शिक्षा, संस्कृति र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहयोग सुदृढ गर्ने विषयमा छलफल भएको थियो । बैठकमा चीनका उपविदेशमन्त्री सुनले नेपाल एक चीन नीतिप्रति निरन्तरतामा अडिग रहेको र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको सम्मान गरेकामा प्रशंसा गरे । सचिव पौड्यालले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताप्रति अहस्तक्षेप र सम्मान गर्ने चिनियाँ नीतिको प्रशंसा गरेका थिए ।

चीनको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले चिनियाँ राष्ट्रिय जनकांग्रेस (एनपीसी) र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी) का अध्यक्षसँग बेग्लाबेग्लै भेटवार्ता गरे । थ्यानमनस्थित ग्रेटहल अफ द पिपुल्समा चीनका दुई ठूला राजनीतिक अंगका प्रमुखसँगको भेटवार्तामा मुख्यतः दुई देशका संसद्बीचको आदानप्रदान, अन्तरदेशीय नाका, व्यापार घाटा कम गर्ने उपाय, हवाई उडान सञ्चालनलगायतका विषयमा छलफल भएको भ्रमण टोलीले जनाएको छ ।

नेपाली पक्षले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल तयार भएकाले चीनका तर्फबाट सिधा उडानहरू राखिदिन अनुरोध गरेको थियो । विशेषगरी चीनमा बुद्ध धर्मावलम्बी बढी भएकाले भैरहवामा धार्मिक पर्यटन र पोखराको प्रकृति पर्यटनप्रति चिनियाँ पक्षको ध्यानाकर्षण गराएको थियो । उच्च सरकारी स्रोतका अनुसार चीनले निकट भविष्यमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि विमान भर्न लागेको छ । त्यसका लागि अहिले गृहकार्य भइरहेको छ । यही असार ९ गतेबाट चीनले काठमाडौंबाट बेइजिङमा हिमालयन एयरलाइन्समार्फत सिधा उडान गर्न लागेको छ ।

तिमिल्सिनाको टोली साङहाईपछि तिब्बतको ल्हासामा भएको पाँचौं चीन–तिब्बत पर्यटन तथा संस्कृति एक्स्पोमा सहभागी भएको छ । उक्त टोलीमा प्रतिनिधिसभाका सदस्यहरू जीवन परियार, धवलशमशेर राणा, प्रदीप यादव तथा राष्ट्रिय सभाका सदस्यहरू उदयबहादुर बोहरा, दीपा गुरुङ र हरिराम चौधरी, अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला पौडेल र संघीय संसद् सचिवालयका उपसचिव रामहरि थापा सहभागी छन् ।

जेठ ५–१८ सम्म पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा माओवादी केन्द्रबाट २० जनाको टोलीले चीन भ्रमण गरेको थियो । माओवादीका उपाध्यक्ष सापकोटाले चीन भ्रमण निकै फलदायी भएको बताएका थिए । उनी चिनियाँ कम्युनिस्ट पार्टीको मैत्रीपूर्ण निमन्त्रणामा गएका हुन् । सापकोटाले दुई पार्टीका बीच एकअर्कालाई सहयोग गर्नेलगायतका विषयमा फलदायी कुराकानी भएको दाबी गरेका थिए ।

साथै, उनले प्रधानमन्त्री दाहालको भारत भ्रमणका विषयमा पनि चर्चा भएको बताएका थिए । लगत्तै जेठ १६–२० माओवादी महासचिव देव गुरुङको निमन्त्रणामा सीपीसीका सिचुवान मन्त्रालयका सचिव वाङ सिआयोहुई काठमाडौंमा आएका थिए । उनले कम्युनिस्ट नेताहरूलाई भेट गरे । प्रधानमन्त्री दाहाल भारतको तीनदिने भ्रमणमा निस्कनुअघि जेठ १७ गते बिहान बालुवाटारमा वाङलाई भेटेर नयाँदिल्ली उडेका थिए ।

द्विपक्षीय भ्रमण र भेटवार्तासँगै चिनियाँ राजदूत छन काठमाडौंको रिङरोड निर्माण कार्य र मुग्लिन–नारायणघाट खण्डमा चिनियाँ ठेकेदारले निर्माण गरिरहेको सडक हेर्न पुगे । चीनले यस बीचमा चिनियाँ भाषासहित अन्य सांस्कृतिक कार्यक्रमहरू पनि गरिरहेको छ । फागुन १० मा प्रधानमन्त्री दाहाललाई चिनियाँ राजदूतले बाआओ सम्मेलनमा निम्तो दिएका थिए । प्रधानमन्त्री दाहालले भने पहिलो भ्रमण भारतबाटै गर्ने जनाउँदै सम्मेलनमा गएनन् । त्यो घटनाबाहेक नेपालमा पछिल्लो समय चिनियाँ संलग्नता बढिरहेको छ ।

पूर्वराजदूत दिनेश भट्टराई नेपालमा सबै शक्ति राष्ट्रहरूको ध्यान बढ्दै गएकामा चीनबाट पनि बढ्नु स्वाभाविक रहेको मान्छन् । आफ्नो प्रभाव बढाउन चीनले विभिन्न स्तरमा गृहकार्य गरिरहेको उनले बताए । ‘उनीहरूले पार्टी, सरकारी, द्विपक्षीय संयन्त्रहरू, भ्रमणलगायतका क्रियाकलाप गरिरहेका छन्, नेपालमा चीनको पनि बढ्दो चिन्ता छ,’ उनले भने, ‘नेपालले चीनलाई एक चीन नीतिमा आश्वस्त पार्न सकेको छ जस्तो लाग्दैन । त्यही भएर उनीहरू अहिले आएर जसरी चीनको विरुद्धमा गतिविधिहरू बढिरहेका छन्, त्यसलाई हुन नदिने काम गरिरहेका छन् ।’

भूराजनीतिमा कनेक्टिभिटी र पूर्वाधार जोडिएको भन्दै उनले त्यसमा नेपालले फाइदा लिन सक्नुपर्ने बताए । ‘दुई छिमेकीहरूले त्यसलाई जोड दिइरहेका छन् । हामीले यसलाई बुझेर मुलुकका लागि फाइदा लिन सक्नुपर्छ,’ उनले भने ।

कहिले के भए ?

पुस १४ : बेइजिङमा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ विदेश मन्त्रालयका एसिया मामिला विभागका महानिर्देशक लिउ जिनसङबीच भेटवार्ता

चैत १५ : ल्हासामा बसेको उद्योग, वाणिज्य तथा आपूर्ति सचिवस्तरीय नेपाल–चीन सीमा व्यापार र सहकार्यका लागि संयन्त्र

चैत २३–२४ : परराष्ट्र सचिव भरतराज पौड्यालको नेतृत्वमा बेइजिङमा नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको बैठक

जेठ ५–१८ : पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा माओवादीबाट २० जनाको टोली चीन भ्रमणमा

जेठ १६–२० : माओवादी महासचिव देव गुरुङको निमन्त्रणामा सीपीसीका सिचुवान मन्त्रालयका सचिव वाङ सिआयोहुई काठमाडौंमा

जेठ २८–असार ६ : विभिन्न पार्टीका सांसदको नेतृत्व गर्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना चीन भ्रमणमा

असार १–४ : चिनियाँ कम्युनिस्ट पार्टी एसिया ब्युरोका उपमहानिर्देशक सु मिन नेतृत्वको चिनियाँ टोली काठमाडौंमा

असार ४–१० : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको कार्यक्रममा चीन भ्रमणमा/ ईकान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
लहानमा सुपर मार्केट संचालन

लहानमा सुपर मार्केट संचालन

प्याक नेपालद्वारा शिक्षा सहजकर्ता तालीम संचालनमा

प्याक नेपालद्वारा शिक्षा सहजकर्ता तालीम संचालनमा

लक्ष्मीपुर पतारीका किसानलाई महासंघद्वारा कृषक सामग्री सहयोग

लक्ष्मीपुर पतारीका किसानलाई महासंघद्वारा कृषक सामग्री सहयोग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .