No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपालमा ८० प्रतिशत पर्यटक घट्ने, ६० खर्बको लगानी के होला?

नेपालमा ८० प्रतिशत पर्यटक घट्ने, ६० खर्बको लगानी के होला?

काठमाडौं : यदि कोरोना भाइरस महामारी नहुँदो हो त यो वर्ष (सन् २०२०) मा सरकार र व्यवसायीले २० लाख पर्यटक गनिरहेका हुन्थे। तर, यो सबै सपनामै सीमित भएको छ।

२० लाख पर्यटक नेपाल ल्याउने महत्वाकांक्षी लक्ष्यसहित घोषणा गरिएको ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियान कोरोना कहरकै बीच सरकारले स्थगन गर्‍याे। र, कोरोना महामारी यसरी आयो मुलुकको अर्थतन्त्रको मेरुदण्ड मानिने पर्यटन उद्योगलाई पाँच वर्ष थला पार्ने निश्चित बनायाे।

सन् २०१९ मा १२ लाख विदेशी पर्यटकलाई आतिथ्य सत्कार प्रदान गरेको नेपालले २०२० को पहिलो तीन महिनामा २ लाख ३० हजारलाई मात्र स्वागत गर्न सक्याे।त्यसपछि अहिले ६ महिनासम्म ‘एकजना’ पनि पर्यटक नेपाल छिरेका छैनन्।

‘२०२० को तीन महिनामा जति पर्यटक आएका थिए, अब पूरै वर्ष त्यतिमै चित्त बुझाउनुपर्छ,’ पर्यटन तथा हाेटल व्यवसायी योगेन्द्र शाक्यले आइतबार आयोमेलसँग भने, ‘यो संख्या भनेको २०१९ को दाँजोमा कूल पर्यटक आगमनको ८० प्रतिशतले कम हो।’

२०१९ मा नेपाल आएका १२ लाख पर्यटकको संख्या फेरि प्राप्त गर्न पर्यटन उद्योगले अर्को पाँच वर्ष अर्थात् २०२५ नै कुर्नुपर्ने निश्चित भएको शाक्यको भनाइ छ।

शाक्यको भनाइसँग पूर्णसहमत छन् अर्का पर्यटन व्यवसायी विजय अमात्य।

‘हाम्रो पर्यटन ‘बाउन्स ब्याक’ हुन अब पाँच वर्ष कुर्नैपर्छ,’ कोरा टुर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमात्यले आयोमेलसँग भने, ‘कोरोना महामारीले पर्यटन उद्योग ध्वस्तै भयो भन्दा अत्युक्ति नहोला।’
…
ताजा तथ्यांकअनुसार नेपालको पर्यटन उद्योगमा हालसम्म ६० खर्ब रुपैयाँ लगानी भइसकेको छ। कोरोना महामारीले महिनैपिच्छे अर्बौं रुपैयाँबराबरको आम्दानी गुमाइरहेको छ।

लगानी कहिले उठ्ला? दैव जानोस्!

कोरोना महामारीको चपेटा त छँदैछ। यही बीचमा नेपालको पर्यटन उद्योगलाई अर्को घाँडो आइलागेको छ।

युरोपेली मुलुक जर्मनीले नेपालसहित भारत र भुटान घुम्न नजान आफ्ना नागरिकलाई सचेत गराउँदै तीनवटै देशलाई ‘रेडजोन’ मा राखेको खबर आएको छ।

‘जर्मनीले यस्तो घोषणा गर्नुको अर्थ समग्र युरोपेली युनियन (ईयु) मा समेत प्रभाव पर्छ,’ एस होटल्स एन्ड रिसोर्ट प्रालिका कार्यकारी अध्यक्षसमेत रहेका शाक्यले भने, ‘विस्तारै खुल्न थालेको हाम्रो पर्यटन उद्योगमा जर्मनीको रेडजोन करारका कारण युरोपेली पर्यटक आगमनमा गम्भीर असर पर्ने निश्चित छ।’

संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) मा पर्यटन उद्योगको योगदान आठ प्रतिशत रहेको बताउँछ।

नेपालको पर्यटन उद्योग भने यसलाई चार प्रतिशत भन्दै आएका छ। यो तथ्यांकमा भारतीय पर्यटकको गणना नहुने भएका कारण योगदान प्रतिशत कम रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ।

‘माओवादी द्वन्द्वकालमा विदेशी पर्यटक ५० प्रतिशतले घटेका बेला चार दशक पुरना चारतारे होटलहरू नारायणी र ब्लुस्टार बन्द भएका थिए,’ एम्बेसडर, मार्कोपोलो, क्लब हिमालय, ट्रेक ओ टेल, एम्बेसडर छाउनीलगायत होटल सञ्चालन गर्दै आएका शाक्यले भने, ‘अब बाउन्स ब्याक हुन पाँच वर्ष लाग्ने भएपछि होटल उद्योगको हालत के होला? हामी अनुमान गर्दा पनि डराउने अवस्था छ।’

यो वर्षलाई अब विदेशी पर्यटक नेपाल आउँछन् भनेर आश गर्नुको कुनै अर्थ नहुने शाक्यको भनाइ छ।

‘लकडाउन, निषेधाज्ञा खुल्यो भन्ने मात्रै हो,’ शाक्य भन्छन, ‘कोही पर्यटक आउने पनि होइनन् र पर्यटनसम्बद्ध गतिविधि पुरानै अवस्थामा फर्किहाल्ने पनि होइन, गाह्रो छ।’
…
बढी पैसा खर्च गर्ने गुणस्तरीय पर्यटक ल्याउने कोरा टुर्सका सिइओ अमात्य मुलुकको पर्यटन उद्योगमा २०२० पूर्णरूपमा खेर गएको बताउँछन्।

अबको केही वर्षसम्म पदयात्रा र पर्वतारोहणसम्बद्ध पर्यटकमात्र सीमित संख्यामा नेपाल आउने उनको अनुमान छ।

‘एउटै चिजको आसा छ, सरकारले बन्दाबन्दी खुला गर्‍याे भन्ने मात्रै हो,’ अमात्य भन्छन्, ‘तर, पदयात्रा र पर्वतारोहणबाहेक अन्य क्षेत्र राम्रोसँग नखुलेसम्म हाम्रो पर्यटन उद्योग लगभग ‘कोमा’ मै पुग्ने निश्चित छ।’

सरकारले अब नेपाल भ्रमणमा आउने पर्यटकलाई यहाँ आएको पहिलो सात दिन क्वारेन्टिनमा बस्नैपर्ने अनिवार्य गरेको नियमप्रति अमात्यले आपत्ति जनाएका छन्।

‘लामो समय बस्ने गरी आउने पर्यटक त सात दिन क्वारेन्टिनमा बस्लान् तर १०-१२ दिन घुम्न आएका पर्यटक चाहिँ सात दिन क्वारेन्टिन बस्न सम्भव होला?,’ अमात्य प्रश्न गर्छन्, ‘त्यसैले विदेशी पर्यटकलाई अनिवार्य गरिएको सात दिने क्वारेन्टिन खारेज गर्नुपर्छ।’

उनका अनुसार २०२० को बाँकी महिना अब पर्यटक नेपाल आउने सम्भावना छैन। अर्को वर्ष २०२१ को पनि तेस्रो महिना मार्च र अप्रिलमा केही पर्यटक आगमन हुने अनुमान छ।

‘सरकारले राम्रोसँग कोरोना महामारी नियन्त्रण गर्दै गयो भने २०२२ बाट पर्यटक आगमन राम्रो हुँदै जाने छ,’ अमात्य भन्छन्, ‘तर, बाउन्स ब्याक हुन चाहिँ २०२५ नै कुर्नुपर्छ।’

विश्व पर्यटक आगमन ३० प्रतिशतसम्म घट्न सक्छ : युनएनडब्लुटिओ

संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठन (युएनडब्लुटिओ) ले कोरोना महामारीका कारण सन् २०२० मा अन्तर्राष्ट्रिय पर्यटक आगमन २० देखि ३० प्रतिशतले घट्न सक्ने तथ्यांक सार्वजनिक गरेको छ।

गत वर्ष २०१९ को दाँजोमा पर्यटक आगमन उक्त दरमा घट्न सक्ने उसको अनुमान छ।

यति परिमाणमा पर्यटक घट्दा विश्व पर्यटन उद्योगले ३ खर्बदेखि ४ खर्ब ५० अर्ब अमेरिकी डलरबराबरको आम्दानी गुमाउने युनएनडब्लुटिओको अनुमान छ। जबकि, एक वर्षअघि २०१९ मा विश्व पर्यटन उद्योगले १५ खर्ब डलर आम्दानी गरेको थियो।

युनएडब्लुटिओका अनुसार विगतका बजार अनुभवलाई आधार मानेर हेर्दा कोरोना महामारीले २०२० मा पारेको असरका कारण पाँचदेखि सात वर्षको वृद्धि दर गुमेको छ। २००९ मा विश्वव्यापी आर्थिक मन्दीका कारण आन्तर्राष्ट्रिय पर्यटक आगमनमा चार प्रतिशतको गिरावट आएको थियो भने २००३ मा ‘सार्स’ रोग महामारीका कारण शून्य दशमलव चार प्रतिशतमात्र पर्यटक घटेका थिए।

‘कोरोना महामारीका कारण आर्थिक क्षेत्रमध्ये सबैभन्दा बढी प्रभावित बनेको एउटा क्षेत्र पर्यटन हो,’ युएनडब्लुटिओका महासचिव जुराब पोलोलिक्सभिलीले भने, ‘यद्यपि, स्वास्थ्य आपतकालमा संकटको प्रभाव कम गर्न, रोजगारी गुम्न नदिन र अझै रोजगारी सिर्जना गरी अर्थतन्त्र माथि उकास्न हामी सधैं काम गरिरहेका छौं।aayomail

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

फरार हत्या अभियुक्त मण्डलको सम्पत्ति प्रहरी निर्देशनमा रोक्का

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

१० करोड लागतमा जनकपुर प्रवेशमार्गमा आकासे पुल बन्ने

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

मुख्यमन्त्री सरकारमा पुगेपछि राप्रपाले बिच्छामाथि कारबाही

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

जनकपुरमा रोशनी झा प्रकरणमा माइती पक्षको दोषी कारवाही माग गर्दै धर्ना

Next Post
पढ्ने, पढाउने अलमलै छ, परीक्षा तयारीमा स्कुल

पढ्ने, पढाउने अलमलै छ, परीक्षा तयारीमा स्कुल

रेल र पानीजहाज मन्त्रालय थप्‍नेगरी मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री

रेल र पानीजहाज मन्त्रालय थप्‍नेगरी मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रधानमन्त्री

सरकारले मेडिकल कलेजलाई भन्यो : पिसिआर जाँचेर पनि परीक्षामा सहभागी नगराउनू

सरकारले मेडिकल कलेजलाई भन्यो : पिसिआर जाँचेर पनि परीक्षामा सहभागी नगराउनू

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

फेरि अर्को देशमा सत्ता कब्जा, संविधान निलम्बित

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

दुर्गा प्रसाईंको चेतावनी: माग नमैंजेल ‘जनविद्रोह’ हुने दाबी

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

लेटाङकी १३ वर्षीया अंशु गौतम हत्या प्रकरणमा छिमेकी ५५ वर्षीय अभियुक्त पक्राउ

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

बर्दिया घटना अध्ययन गर्न प्रधानमन्त्री कार्कीको गृहमन्त्रीलाई आदेश

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

सरकार असफल, जनता सक्रिय: कमला पुल निर्माणका लागि चन्दा संकलन सुरू

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

चीनमा ३० वर्षपछि पुरुषको पेटबाट लाइटर निकालिँदा सबै चकित

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

इमरान खान ‘राष्ट्रिय सुरक्षाको लागि खतरा’ भन्दै पाकिस्तानी सेनाको संकेत

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

७२ अर्ब डलरमा नेटफ्लिक्सद्वारा वार्नर ब्रदर्स अधिग्रहणको सहमति

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

पुटिनको सम्मानमा राष्ट्रपति भवनमा रात्रिभोज, थरुर आमन्त्रित तर राहुल–खड्गे बाहिर

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

भारत आएका पुटिनले राष्ट्रपति र प्रधानमन्त्रीलाई बाइपास गर्दै अर्कै व्यक्तिसँग हात मिलाएपछि…

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .