No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बुटवल–नारायणगढमा सकसपूर्ण यात्रा


बुटवल–नारायणगढमा सकसपूर्ण यात्रा

चाइना स्टेटले ठेक्का सम्झौता गरेर काम थालेको चार वर्षमा २५ प्रतिशत मात्रै काम
धूलोरहित बनाउनेतर्फ ध्यान नदिँदा राजमार्ग आसपासका स्थानीयमा श्वासप्रश्वाससम्बन्धी समस्या बढ्यो
‘काम छिटो पनि नगर्ने र धूलोरहित पनि नबनाउने ठेकेदारलाई कसले हो कारबाही गर्ने रु’
परासी — साबिकको अवस्थामा बुटवल–नारायणगढ पार गर्न निजी गाडीमा दुई घण्टा र बसमा करिब तीन घण्टा लाग्थ्यो । अहिले ६र७ घण्टा लाग्छ । सडक भद्रगोल भएकाले यात्रु थकित बन्छन् । यात्रा गर्नुपरेकामा गाडी चालक धिक्कार मान्छन् । अवस्था कहिले सहज हुन्छ, कुनै निधो छैन । ठेकेदार कम्पनीले निर्माणलाई तीव्रता दिएको दाबी गरे पनि अवस्था ज्युँका त्युँ छ ।

२०७५ चैत ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको बुटवलमा यस खण्ड विस्तार कार्यको शिलान्यास गरे । तीन वर्षमा विस्तार पूरा गर्ने जानकारी गराइएको थियो । लक्ष्यअनुसार कामले गति लिएन । अहिले चार वर्ष बित्यो । उक्त मार्गअन्तर्गत बुटवल–भुमही खण्ड पार गर्न १ घण्टा ३० मिनेटभन्दा बढी समय लाग्छ । सडक विस्तार सुरु हुनुअगाडि ४५ मिनेटमा बुटवलबाट भुमही पुगिन्थ्यो । अहिले ठाउँ–ठाउँमा रहेको डाइभर्सन र सडकको खाल्टाखुल्टीले दोब्बर समय लाग्ने भएको छ ।

सडकको धूलोले गर्दा मास्क र चस्माबिना यात्रा गर्न नसकिने अवस्था रहेको पश्चिम नवलपरासीस्थित भुमहीका नवराज अधिकारीले बताए । ‘मेरो आफ्नै गाडी छ । तर, म आफ्नो सवारी लिएर बुटवल जाँदिनँ । धूलो र सवारी नै बिग्रने जोखिम भएकाले सार्वजनिक यातायात चढ्ने गरेको छु,’ उनले भने, ‘तीन महिनाअगाडि धूलोको कारण अगाडिको सडक नदेखेर दुर्घटनामा परें । काम छिटो पनि नगर्ने र धूलोरहित पनि नबनाउने ठेकेदारलाई कसले हो कारबाही गर्ने रु’ यो खण्डमा एक दर्जन स्थानमा डाइभर्सन रहेको छ भने करिब १० वटा कल्भर्ट निर्माण सम्पन्न भएका छन् । ठूला पुल निर्माणाधीन छन् । सडकको दायाँ–बायाँका बिजुलीका पोल हटाउने काम सकिएको छैन । जंगल क्षेत्रमा सडक पुर्ने काम चलिरहेको छ । जसले गर्दा निर्माणले गति लिएको महसुस भए पनि ठोस प्रगति भएको छैन । यो खण्डमा तीन वटा स्थानीय तह परे पनि कामलाई तीव्रता दिने विषयमा ठेकेदारलाई झकझकाउने काम भएको छैन ।

‘
पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१६ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति यात्रुवाहक बस दुर्घटनामा पर्‍यो । बुटवलबाट काँकडभिट्टाका लागि हिँडेको लु१ख ८५९२ नम्बरको यात्रुवाहक बसको पट्टा भाँचिएर भएको दुर्घटनामा ३९ यात्रु घाइते भए । प्रहरीको प्रारम्भिक जानकारीअनुसार सडकको जीर्ण अवस्था र खाडलका कारण पट्टा भाँचिएको हो ।
बुटवल–नारायगढ सडक विस्तार क्रममा ठेकेदार कम्पनी चाइना स्टेटले पुल, कल्भर्ट तथा अन्य संरचना बनाउँदा खाडल नपुर्दा र भत्किएको सडक मर्मत नगर्दा दिनहुँ सवारीसाधन बिग्रने र क्षति पुग्ने गरेको छ । निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि यो सडक खण्डको यात्रा थप कष्टकर बन्दै गएको छ । गर्मी मौसम सुरु भइसकेकाले धूलो उडेर अगाडिको सवारीसाधन नचिनिने अवस्था छ । त्यसमाथि खाडलले साना सवारीसाधन चलाउनै मुस्किल छ । ठूला सवारीसाधन पनि निकै कम गतिमा चल्नुपर्ने अवस्था छ ।

सडक निर्माणको कामलाई तीव्रता दिएको भनिए पनि पुल र कल्भर्ट निर्माण गर्नेबाहेक अन्य स्थानमा काम भएको देखिन्न । राजमार्गसँग जोडिएका मुख्य बजारका व्यवसायी धूलोले गर्दा आजित भएका छन् । ‘मास्क नलगाउने हो भने दिनभरि पसलमा बस्न नसकिने अवस्था छ । धूलो हुने भन्दै ग्राहक पनि राजमार्गको पसलमा पहिले भन्दा कम आउँछन्,’ बर्दघाटका व्यवसायी ऋतु अधिकारीले भनिन्, ‘पटक–पटक धूलो र खाडलका कारण सास्ती भोग्नुपरेको भन्दै बिहान–बेलुका सडकमा पानी हाल्नुपर्ने माग राखे पनि कार्यान्वयन भएको छैन । काम पनि ढिलो गर्ने र जनतालाई पनि सास्ती पुर्‍याउने ठेकेदारलाई कारबाही गर्नुपर्छ ।’

ठूला सवारीलाई यो सडकको दुरवस्थाबाट दुर्घटना तथा सवारी बिग्रने समस्या छ भने मोटरसाइकल र साना सवारीलाई नारायणगढदेखि बुटवलसम्मको यात्रा निकै कष्टकर हुने गरेको छ । पानी नपरेको अवस्थामा पनि रेनकोट लगाएर हिँड्नुपर्ने र मास्क, चस्मा नलगाउने हो भने २ किलोमिटर यात्रा गर्न पनि नसकिने अवस्था रहेको सुनवलका दीपक खनालले बताए । ‘कसैलाई सजाय दिनु छ भने पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ यात्रामा मोटरसाइकलमा मास्क नलगाई कुदाउनुपर्छ । यो सडक यात्रा कति कष्टकर छ भन्ने कुरा नेता र ठेकेदारले बुझेका छैनन्,’ उनले भने, ‘धूलोले जनता रोगी भएका छन् । सरकारले पटक–पटक म्याद थप गर्दै आएको छ । यही अवस्थामा काम भयो भने अझै ५ वर्षमा यो सडक बन्ने देखिँदैन ।’

२०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का सम्झौता गरेर काम सुरु गरेको थियो । तर, चार वर्षमा २५ प्रतिशत मात्रै काम भएको छ । कामको यही गति रहने हो भने सम्पन्न हुन अझै १२ वर्ष लाग्ने स्थानीय बताउँछन् । ठेकेदारले भने पटक–पटक कोरोना कहर, नदीजन्य पदार्थको अभाव, रूख कटान र बिजुलीको पोल समयमा नसार्दा काम ढिलो भएको जिकिर गर्दै आएको छ । तर, फिल्डमा न्यून कामदार र उपकरणको कम प्रयोगले काम ढिला भएको स्थानीय बताउँछन् । ठेकेदार कम्पनीले बहाना बनाउँदै म्याद थप गर्ने मात्र काम गरिरहेको उनीहरूको आरोप छ ।

सडकको अवस्था जीर्ण भएपछि स्थानीय तहका जनप्रतिनिधिले ठेकेदार पक्षलाई नदीजन्य पदार्थ उपलब्ध गराएका छन् । तर पनि कामले सोचेजस्तो प्रगति नलिएको कावासोती नगरपालिकाका प्रमुख विष्णु भुसालले बताए । ‘नदीजन्य पदार्थ र सरकारी पक्षबाट गर्नुपर्ने काममा रोकावट आउनु हुँदैन । स्थानीय, प्रदेश र केन्द्र सरकारले यसमा समन्वय गर्नुपर्छ,’ उनले भने, ‘यसबाहेक अन्य बहाना बनाएर काम सुस्त गरेको भेटिएमा सरकार एक्सनमा आउनुपर्छ, जनतालाई सधैं सास्ती दिन पाइँदैन ।’

नारायणगढ–बुटवल सडक पूर्वी खण्ड योजना प्रमुख रमेशकुमार दिस्टीका अनुसार गत साउन २२ मा ३ सय ८६ दिन म्याद थप गराइएको छ । यो समयसम्ममा ५० प्रतिशत काम सम्पन्न हुने लक्ष्य लिइएको छ । ‘थप भएको समयमा पनि काम सम्पन्न हुने देखिँदैन । तर, अधिकतम काम गर्ने प्रतिबद्धता ठेकेदार पक्षले गरेको छ,’ उनले भने, ‘अहिले ठेकेदार पक्षले कामदार बढाएको र कामले पनि केही प्रगति गरेको छ । हामीले पटक–पटक दबाब दिएका छौं, काम छिटो गर्न र धूलोरहित तवरले काम गर्नका लागि । तर, जनताको गुनासो आइरहेको छ ।’ पश्चिम खण्डमा पनि २५ प्रतिशतकै हाराहारीमा काम भएको छ ।

पश्चिमतर्फ कल्भर्ट, साना र ठूला पुल निर्माणको काम भइरहेको छ भने पूर्वको भेडाबारी र पश्चिमको सुनवलमा एक किलोमिटर कालोपत्र भएको छ । कालोपत्रका लागि १४ किलोमिटर क्षेत्र तयारी अवस्थामा रहेको आयोजनाले जनाएको छ । सरकारले ठेकेदार पक्षलाई काम नगरेको भन्दै पटक–पटक ताकेता गरे पनि रूख कटान र बिजुलीको पोल सार्ने काममा सरकारी पक्षले पनि काम गरेको देखिन्न । रूख कटानको आदेश ढिलो आउनु, खानेपानीको पाइप सार्न समय लाग्नु मुख्य कारण हो ।

बिजुलीको पोल अहिलेसम्म करिब ४० प्रतिशत मात्र सार्ने काम भएको छ भने खानेपानीको पाइप सार्ने काम अब अन्तिम अवस्थामा छ । यसले पनि सडक विस्तारमा कठिनाइ भएको ठेकेदार पक्षको आरोप छ ।

सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड बुटवल–नारायणगढका प्रोजेक्ट म्यानेजर जाङका अनुसार कामले तीव्रता लिएको, जनशक्ति र उपकरण थप गरिएकाले तीव्र रूपमा काम अगाडि बढिरहेको छ । गैंडाकोटदेखि दाउन्ने पहिलो खण्ड ६५ किमि र दाउन्ने–बुटवल दोस्रो खण्ड ४९ किमिमा १६ अर्ब ९९ करोड रुपैयाँमा चाइना स्टेटले चार वर्ष अगाडि ठेक्का पाएको थियो ।

भुमही–बर्दघाट

भुमही–बर्दघाट दूरी २२ किलोमिटर हो । यो सडकमा सामान्य अवस्थामा यात्रा गर्दा मोटरसाइकलमा २५ मिनेट र सार्वजनिक यातायातमा ४५ मिनेट लाग्छ । अहिले यो क्षेत्रमा धमाधम दायाँ–बायाँ माटो पुर्ने काम भइरहेको छ । बिजुलीका पोल सार्नेबित्तिकै सडक कालोपत्र गरी यस खण्डमा काम भइरहेको छ । अन्य स्थानमा भन्दा यो खण्डमा कामले तीव्रता पाएको छ । यहाँ आठ स्थानमा डाइभर्सन छन्, जसले गर्दा यात्रा निकै कष्टकर र धुलाम्य छ । काम भएको स्थानमा मात्र दिनमा दुई पटक पानी हाल्ने काम हुने तर अन्य स्थानमा पानी नहालेपछि सडक वरपरका व्यवसायी र स्थानीय आजित भएको स्थानीय प्रकाश न्यौपानेले बताए । भुमहीदेखि २ किलोमिटर पूर्व बासा क्षेत्रमा एकतर्फी कालोपत्र गरिएको छ । करिब २ किलोमिटर क्षेत्र कालोपत्र गरिएको छ भने दुवैतर्फ कालोपत्र गर्न ठिक्क अवस्था छ । यो खण्डमा कामदार र उपकरण पनि आवश्यकताअनुसार प्रयोग गरिएको महसुस हुन्छ । काम भएको देखेपछि केही असहज भए पनि स्थानीयले दुःख सहेर बसेको बताउँछन् । यो क्षेत्रमा अब धमाधम कालोपत्र गर्ने तयारी छ ।

सुनवलको भुमही चोक

बर्दघाट–दुम्कीबास

दाउन्ने सडकको दायाँबायाँ पहाड काटेर अहिले फराकिलो बनेको छ । सुरुमा रमाइलो र फरक अनुभूति भए पनि उकालो सुरु भएपछि सवारीको चाप र जीर्ण सडकले यात्रु र चालकको ढुकढुकी बढाउँछ । बर्दघाटबाट पूर्व दाउन्नेतर्फ लाग्नेबित्तिकै एसमोड नजिकै एकापट्टि करिब ५ सय मिटर कालोपत्र गर्न तयार पारिएको छ । जसले गर्दा दाउन्ने खण्डमा पनि धमाधम काम भइरहेको होला भन्ने यात्रुलाई लाग्छ । तर, ५ सय मिटर पर गएपछि वरपर माटो काट्ने डोजर र माटोको थुप्रोले सवारी एकतर्फी रूपमा सञ्चालन भइरहेका छन् ।

गत मंगलबार बिहान बर्दघाटबाट ३ किलोमिटर पूर्व बा४ख ७३९० नम्बरको बस पहाडतर्फ भित्तामा गएर ठक्कर खायो । दुर्घटनापछि ओहोरदोहोर प्रभावित बन्यो । यात्रु सकुशल थिए । सडक समयमा निर्माण नगर्ने भन्दै सरकार र ठेकेदार दुवै पक्षलाई गाली गर्दै यात्रुहरू अर्को सवारीमा गन्तव्यमा लागे । दाउन्ने पहाडअन्तर्गत १४ किलोमिटर खण्डको साँघुरो बाटाको चार स्थानमा डाइभर्सन छ, जसले यात्रा कष्टकर बनाउँछ । त्यसमाथि टिपरले उडाउने धूलोले अगाडिको सवारी नचिनिने अवस्थामा यात्रा गर्न यात्रु बाध्य छन् । बर्दघाटबाट दाउन्ने मन्दिर खण्डको यात्रा अझ सकसपूर्ण छ । दाउन्ने मन्दिरभन्दा पूर्व पुरानो सडक मर्मत गरेर सहज बनाइएको छ । त्यहाँबाट दुम्कीबाससम्म ७ किलोमिटर कालोपत्र छ । यस खण्डमा सडक विस्तारको काम भएको छैन । पहाड काट्न बाँकी नै छ ।

दुम्कीबास–कावासोती

दुम्कीबासदेखि कावासोतीसम्म ३० किलोमिटर दूरी छ । करिब १ घण्टा लाग्ने यो खण्डमा अहिले विभिन्न स्थानमा मालवाहक सवारीका साधन बिग्रिएका भेटिन्छन् । कहीं पट्टा भाँचिँदा त कहीं खाडल र धूलोका कारण यात्रा कष्टकर छ । बसका यात्रुलाई यात्रा सहज छैन । धूलोले भरिएको खाडलमा पर्दा सवारी दुर्घटना बढ्दो छ । मोटरसाइकल चालक त नचिनिने अवस्थामा पुग्छन् । रूख कटान सकिएको छ भने बिजुलीका पोल र खानेपानीको पाइप सार्ने काम भइरहेको छ, जसले गर्दा सडक विस्तारमा अवरोध आएको छ । यहाँका स्थानीय तहले ठेकेदार कम्पनीलाई आवश्यक नदीजन्य पदार्थ सशुल्क उपलब्ध गराउने तर आफ्नो क्षेत्रमा काम छिटो अगाडि बढाउन आग्रह गरेका छन् । ठेकेदार कम्पनी भने पुल र कल्भर्ट बनाउन मात्र लागेको छ । धूलोरहित बनाउनेतर्फ ध्यान नदिँदा राजमार्ग आसपासका स्थानीयमा श्वासप्रश्वाससम्बन्धी समस्या बढेको छ । विभिन्न स्थानमा खाडल खनेर महिनौंदेखि त्यसै छाडिएको छ भने माटोले पुरिएको स्थानमा पनि थप काम नहुँदा पहिलेकै जस्तो भएको छ ।

कावासोती–गैंडाकोट

धूलोरहित बनाउन सडकमा पानी हाल्ने र केही दिनमा नै छोड्ने प्रवृत्ति बढेपछि समय–समयमा यस खण्डमा आन्दोलन हुने गरेको छ । जनप्रतिनिधिले पनि कावासोतीस्थित ठेकेदार कम्पनीको कार्यालयसम्म पुगेर दबाब दिने गरेका छन् । कावासोतीदेखि गैंडाकोटसम्म विद्युत्को पोल र खानेपानीको पाइप सार्ने काम अन्तिम चरणमा छ । सडकको दायाँबायाँ ढल र माटो पुरेर अन्तिम चरणमा पुर्‍याइएको छ । अधिकांश पुल तथा कल्भर्ट निर्माण सकिएको छ भने केही स्थानमा निर्माण हुँदै छ । भेडाबारी क्षेत्रमा नमुनाका रूपमा कालोपत्र गरिएको छ । यस क्षेत्रमा पनि कामले तीव्रता पाएको छ । तर, सडक वरपर निर्माण सामग्री राखिएका कारण यात्रा कष्टकर छ । डाइभर्सन र खाडलले ३० किलोमिटरको यात्रा गर्न करिब २ घण्टा लाग्छ । बिहान १० बजे यात्रा सुरु गरे गैंडाकोटसम्म आइपुग्दा ४ बज्छ । यो खण्डमा मात्र पछिल्लो सात महिनामा ४७ दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ भने सडक निर्माण सुरु भएको साढे दुई वर्षमा नवलपुर क्षेत्रमा मात्र २ सय ६५ दुर्घटनामा १ सय ९ जनाले ज्यान गुमाउनुपरेको छ । यस तथ्यले पनि यो सडक कति भयावह छ भन्ने जानकारी दिन्छ । ईकान्तिपुर

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

Next Post
ओलीले संसद विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोचें : प्रधानमन्त्री प्रचण्ड

ओलीले संसद विघटन ठीक थियो भनेपछि नयाँ विकल्प सोचें : प्रधानमन्त्री प्रचण्ड

पूर्णबहादुरलाई फापेको फागुन : पोहोर १५, यसपालि १२

पूर्णबहादुरलाई फापेको फागुन : पोहोर १५, यसपालि १२

आज अपराह्न ४ बजे ८ दलीय गठबन्धनको बैठक बस्दै

आज अपराह्न ४ बजे ८ दलीय गठबन्धनको बैठक बस्दै

Leave a Reply Cancel reply

ताजा समाचार

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: