जनकपुरधाम । धनुषामा बलात्कार मुद्दामा पक्राउ परेका एक अभियुक्त हतकडीसहित फरार भएका छन् ।
जिल्लाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया प्रहरीको भ्यानबाट हाम फालेर फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आइतबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किदै गर्दा मुखिया साँझ साढे ७ बजे यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर भागेका छन् ।
रातिदेखि नै उनको खोजी कार्य तीव्र पारिएको धनुषा प्रहरीले जनाएको छ ।