• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

ओली र प्रचण्डबीच बालकोटमै यसरी भयो खटपट, दायाँबायाँ गरे देखाइदिने चेतावनी


ओली र प्रचण्डबीच बालकोटमै यसरी भयो खटपट, दायाँबायाँ गरे देखाइदिने चेतावनी

काठमाडौं । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच खटपट भएको खुलेको छ । खटपट बढेर चेतावनीको तहमा पुगेको छ । राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा ओली र प्रचण्डबीच दिनहुँ भेट भइरहेको छ ।

जति भेट बढिरहेको छ, त्यति नै अविश्वास बढिरहेको छ । कहिले ओली बालुवाटार आउने त कहिले प्रचण्ड बालकोट जाने श्रृंखला चलिरहेको छ । यसैक्रममा शुक्रबार प्रचण्ड बालकोट पुगेका थिए । बालकोटमा करिब दुई घण्टा वार्ता तिक्ततापूर्ण रहेको प्रधानमन्त्रीको सचिवालयका सदस्यले बताएका छन् । ओलीले राष्ट्रपतिमा एमालेले जसलाई उठाउँछ, उसलाई दायाँबायाँ नभनी माओवादीले समर्थन गरेर निर्वाचित गराउनुपर्ने अडान राखेका थिए । तर प्रचण्डले राष्ट्रिय सहमति आवश्यक भएको, कांग्रेसले पनि विश्वासको मत दिएको, विगतमा दलबाट राष्ट्रपति बनाउँदा संविधानभन्दा दलीय आधारमा चलेकाले सर्वस्वीकार्य उम्मेदवारलाई मात्र समर्थन गर्न सकिने धारणा राखे ।

ओलीले १० पुसमा एमालेले पाउने भनि भएको सहमति पटक पटक कोट्याउँदै माओवादीलाई शर्त राख्ने अधिकार नभएको चेतावनी दिएका थिए । राष्ट्रिय सहमतिको नाममा शर्त राखेर कांग्रेससँग मिल्ने र पाँच वर्ष सरकार चलाउने सपना देख्न नहुने उनको भनाइ थियो । चेतावनीकै भाषामा ओलीले तेस्रो दल भएर पाँचै वर्ष सरकार चलाउँछु भन्ने नठान्न सचेत गराए ।

एमालेले उठाएको व्यक्तिलाई समर्थन गर्ने पुस १० को सहमतिबाट पछि हटे सम्झौता भंग हुने र त्यसपछि परिस्थिति अर्कै बन्ने चेतावनी ओलीको थियो । ओलीको चेतावनीपछि प्रचण्डले राष्ट्रिय सहमतिमै अघि बढ्नुपर्ने अडान राखेर विदा मागेका थिए । तर रिसाएका ओलीले विदासमेत नगरेको बालुवाटारका एक पदाधिकारीले बताए । ‘हिजोको सम्वाद तनावपूर्ण नै भयो ।

प्रधानमन्त्रीज्यूले अवस्थालाई सम्हालेर निस्किनुभयो । उताको धम्की खपिनसक्नुकै थियो,’ उनले भने, ‘बाहिर आएर पनि प्रधानमन्त्रीज्यूले गठबन्धन जोगाउने स्पिरिटमै पत्रकारलाई प्रतिक्रिया दिनुभयो । तर बालकोट आफ्नो हठमा बसेर गठबन्धन टुटाउन बाध्य पार्दैछ ।’ ओलीले पनि सार्वजनिक रुपामा ‘मिसन ग्रासरुट’ अभियान उद्घाटनका क्रममा गठबन्धनमा समस्या आएको संकेत गरेका छन् । परिस्थितिले नयाँ चक्रव्यूहतिर धकेल्न खोजेको उनको भनाइ थियो । नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सरकारलाई दिएको समर्थन फिर्ता नलिन दबाब दिन प्रचण्ड निवासमा चिनियाँ राजदूत
  • २०७९ फाल्गुन ६, शनिबार २३:१८
  • In "देश"
  • बालकोटमा ओली र यादवबीच के कुरा भयो ?
  • २०७९ फाल्गुन ६, शनिबार २३:१८
  • In "BannerNews"
  • आलोपालो प्रधानमन्त्री : विघटन भएकै स्थानमा एमाले र माओवादी
  • २०७९ फाल्गुन ६, शनिबार २३:१८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत सहकार्य उदाहरणीय’

ट्राफिक प्रहरीको चाहना सुरक्षित गन्तव्यको कामना

CDEN को सिरहा सभापतिमा इन्जिनियर यादव चयन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version