दुई दिनसम्म चलेको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफू एमालेको प्रस्तावमा प्रधानमन्त्री बने पनि विश्वासको मत लिने बेलामा कांग्रेस समेत सामेल भएको भन्दै बैठकमा पदाधिकारी र सदस्यसँग राष्ट्रपति चुनावमा उसकाे समेत विश्वास लिएर कसरी अघि बढ्न सकिन्छ भनी प्रश्न सोधेका थिए ।
‘हामीले अध्यक्षलाई सबै दल मिलाएर लैजाने पहल गर्न सुझाव दिएका छाैं, त्यसै अनुसार आज पार्टीले निर्णय गरेको छ ‘ ती पदाधिकारीले भने, ‘राष्ट्रपतिमा सहमति खोजेरै अघि बढ्छाैं ।’