माघ ११, काठमाडौं
अखिल नेपाल महिला संघले संगठन सुदृढीकरण सम्बन्धी दुई दिने राष्ट्रिय कार्यशाला माघ १० र ११ गते सम्पन्न गरेको छ I देश भरीका जिल्ला इन्चार्ज, अध्यक्ष, विभागीय प्रमुख, अभियान कमिटीका प्रमुखहरुको उपस्थिति रहेको कार्यशालाका सहभागीहरुले सातौँ राष्ट्रिय सम्मेलनको नारा तय गर्नका लागि छलफल गर्नुका साथै निम्न विषयहरुमा छलफल गरेको छ :
- सम्मानका लागि प्रावधान तय गर्ने,
- अनेमसंघ केन्द्रीय सदस्यका लागि मापदण्ड तय गर्ने,
- अनेमसंघको नीति कार्यक्रम, अनेमसंघको १४ बुँदे कार्यक्रमको पुनरावलोकन,
- अनेमसंघको सातौं राष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नका लागि कार्ययोजना तर्जुमा गर्ने
कार्यक्रममा नेपाल कला परिषदका पूर्व प्राज्ञ मिथिला देवी यादवद्वारा अनेमसंघका संयोजकलाई मिथिला चित्रकला हस्तान्तरण गर्नुभयो I