महेश सिंह सिरहा लहान ७ माघ – चाईना कम्पनीले निर्माण गर्दै गरेको पुर्व पश्चिम् राजमार्गमा नेपाली जनतालाई मोहरा बनाएर अँखामा झुल झोकदै र अ-गुणस्तरीय काम गरेको लहान नगरपालिकाका उप प्रमुखले अनुगमनमा जादा तथ्य फेला पारेका छन्।
लहान नगरपालिका वाडा नम्बर ३ स्थित निर्माण गर्दै गरेको खुट्टी खोलाको नहरमा कल्भर्ट निर्माणको जगबनाउन लागदा गुणस्तरीय हिन काम गरेको स्थानीय बिरोध गरेका छन्। चाईना कम्पनीले एसटीमेट अनुसार काम नगरे र राजमार्गमा सम्पुर्ण बिकास निर्माणको काम गुणस्तरीय हिन गरेको स्थानीयले आरोप लगाएका छन्।
फुल र कल्भर्ट निर्माणमा निकै गुणस्तरीय हिन र कमसल सामग्री प्रयोग गरेको र काम गर्दै ढलानमा चिरा परेको भन्दै लहान नगरपालिकाको उप-प्रमुख राम चलितर महतो र लहान ३ का वाडा अध्यक्ष राम दयाल महतोले काम गर्नमा रोक लगाएका छन्।
ठाँउ ठाँउमा फुल निर्माणमा कमसल सामग्री प्रयोग गरेको लहानका प्राबिधिकहरुले परिक्षण गरिएका छन्।