No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

बिथोलिँदै मधेस आन्दोलनका मुद्दाहरू


बिथोलिँदै मधेस आन्दोलनका मुद्दाहरू

आम निर्वाचन २०७९ को विभिन्न दृष्टिकोहरुबाट धेरै विश्लेषण भइसकेको छ । आमचुनावको परिणामपछिको राजनीतिक दृश्य कहालीलाग्दो नै छ । अस्थिरताको नियति अझै तीब्रतर हुने अवस्था त छँदैछ, देशले आगामी दिनहरु कतातिर र कुन बाटो समात्ने हो, त्यसको डर पनि बढ्दै गएको स्पष्टै देखिन्छ ।
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरु सत्ता र पदको बाँडफाँटमा मात्र लागेका छन् । नीति, योजना र कार्यक्रम बारेको बहस पाश्र्वमा धकेली सकिएको स्थिति छ । समष्टिमा आमचुनावले यी सबैको बारेमा कुनै स्पष्ट दिशानिर्देश दिन सकेको छैन । देशकै यस्तो अवस्थाको बीच यी सबै विश्लेषणहरुमा मधेस एउटा प्रमुख विषय रहेको देखिन्छ ।

मधेसको कुरा उठ्दा प्रायः विश्लेषणहरुमा यहाँको राजनीति ओरालो लागेको, यहाँका नेताहरु जनसमर्थन गुमाइसकेको, सम्पूर्ण मधेस आन्दोलन र यसका मुद्दाहरु नै फिस्स भएको आमनिष्कर्ष अगाडि आएको देखिन्छ । सतही तवरले यस्ता निष्कर्ष र आकलन ठीक देखिए पनि वास्तविकता भने यही होइन ।

मधेस आन्दोलन ओरालो लागेकै हो । तथापि, यसको उकालो लाग्ने संभावना न्यून भएको भन्ने होइन । यस आन्दोलनलाई नेतृत्व गर्ने पंक्तिहरु स्खलित भएकै छन् तर, पुनर्संगठनको अठोटसहितका नयाँ पंक्तिहरुको अंकुरण पनि भएको छ र भइरहेको छ ।

वर्तमान स्थिति

अहिलेको स्थिति हेर्दा, अवस्था वास्तवमा निराशाजन्य नै देखिन्छ । यस्तो अवस्था मधेसको मात्रै होइन, सम्पूर्ण देश र यहाँका यावत क्षेत्रहरुमा व्याप्त छ । खास गरी यहाँको राजनीतिक परिदृश्य खण्डित मानसिकताको उहापोहले ग्रसित अवस्थामा छ । देशले अभिष्ट र स्पष्ट दिशा लिन सक्ने संकेत देखिंदैन ।

मधेस र थरुहट आन्दोलनको क्रममा भएको अमानुषिक दमनमा एमाले र तिनका नेताको भूमिका बिर्सिन योग्य छैन । तथापि, यस आमचुनावको क्रममा सत्ता र विभिन्न लोभको प्रयोग गरेर एमाले तराई–मधेसमा प्रवेश गरेर आफ्नो पकड विस्तार गर्न सफल भएको छ ।

निर्वाचनको परिणामले देखिएका स्पष्ट संकेतहरु अस्थिरता र द्वन्द्वका लक्षणहरु मात्र हुन् । सीट संख्याको आधारमा सबैभन्दा ठूलो पार्टीको रुपमा आएको छ नेपाली काँग्रेस । उसको बुनियादी मान्यता लोकतन्त्र रहे पनि लोकतन्त्रभन्दा सत्ता नै प्यारोको पारा छ । तथा त्यसको निमित्त लोकतन्त्रका विभिन्न खाले बिरोधीहरुसंग भइरहेका आधारहीन गठबन्धनहरुले गर्दा स्वयं लोकतन्त्रवादीहरु विश्वस्त हुन सकिरहेका छैनन् ।

संघीयता र सीमान्तिकरणको लडाईं लडिरहेका मधेसी, थारू, आदिवासी जनजातिबारे प्रष्ट दृष्टिकोणको अभाव छ । काँग्रेसका महामन्त्रीहरुलगायत युवा नेतृत्वपंक्तिका प्रादेशिक संरचनाबारे आएका अभिव्यक्तिहरुले काँग्रेस विविधताको सम्मान र स्वशासनको अधिकारबारे अझै स्पष्ट छैन भन्ने कुरा नै प्रतिबिम्बित भएर आएको छ ।

यसरी आफ्नो स्पष्ट दिशा र वैचारिक संपुष्टताको अभावमा काँग्रेस बेलाबखत वामपन्थीहरूको उग्रराष्ट्रवादको प्रभावमा समेत लटपटिएको देखिएकै छ ।

सीट संख्याकै आधारमा दोस्रो पार्टी नेकपा एमाले संघीयताको विरोधी नै हो । संघीयता स्थापित भएपछि एमालेले नै सर्वाधिक लाभ लिए पनि एकलजातीय वर्चस्वको मानसिकताबाट अलिकति पनि मुक्त हुन सकेको कुनै संकेत देखा परेको छैन ।

मधेस र थरुहट आन्दोलनको क्रममा भएको अमानुषिक दमनमा एमाले र तिनका नेताको भूमिका बिर्सिन योग्य छैन । तथापि, यस आमचुनावको क्रममा सत्ता र विभिन्न लोभको प्रयोग गरेर एमाले तराई–मधेसमा प्रवेश गरेर आफ्नो पकड विस्तार गर्न सफल भएको छ । यसलाई मधेस आन्दोलनको पकड स्वयं मधेसमा खुकुलो भएको प्रमाणस्वरुप लिइएको छ । यो स्वाभाविक पनि हो । कुनै आन्दोलनपछि स्थिति सदैव एकैनाशको रहने निश्चितै होइन । तैपनि जायज कुराहरुप्रति उचित र उपयुक्त वैचारिक प्रतिवद्धता सहितको धार नबनेसम्म मधेसको जनमतमा देखिएको यो परिवर्तन विषयको गम्भीरताको छनक दिन्छ ।

राष्ट्रिय एकताका कुरा गरिरहँदा एकात्मक राज्य र राजतन्त्रात्मक पद्धतिमा सीमान्तीकरणमा थिचिएर रहेका मधेसी, थारु र आदिवासी जनजातिका मुद्दाहरूको एकमुष्ट् समाधान नहुँदासम्म देश एकजुट हुन नसक्ने वास्तविकताबारे समेत उनीहरु विचार मन्थन गरेर स्पष्ट निषकर्षमा पुग्न सकेका छैनन् ।

त्यस्तै सीट संख्याकै आधारमा तेश्रो राजनैतिक पार्टी माओवादी केन्द्रको संघीयता र मधेस–थरुहटप्रतिको धारणा र विचारमा कहिल्यै एकरुपता देखिएन । कथित जनयुद्धको बेला संघीयता, समावेशिता र गणतन्त्रको नारा रटिए पनि बेला बेलामा त्यसप्रतिको प्रतिवद्धतामा उलटफेर भएकै हो ।

संविधानको घोषणापूर्व संघीयताको विषयलाई थाती राखेर संविधानको घोषणामा माओवादी नेतृत्व सहमत भएको थियो । अहिलेको प्रचण्ड नेतृत्वको सरकार विभिन्नखाले शक्तिहरुबाट समर्थित भएर अडिएको र त्यसको एक प्रमुख घटक पुनरुत्थानवादीहरू समेत रहेकोबाट प्रचण्ड नेतृत्वको सरकारको अवधिमा मधेस आन्दोलनका यावत मुद्दाहरू अरु पछाडि घचेटिने आशंका उत्पन्न भएको छ ।

पुनरुत्थानवादीहरू पुनः टाउको उठाउने प्रयत्नमा छन्, जसलाई देशको यावत समस्याहरूभन्दा कसैको जन्मदिन र त्यस दिनमा सार्वजनिक विदा दिइदैछ । अर्थात् विभिन्न समयमा राष्ट्रियतामाथि सैन्य ताकत र छलकपट प्रयोग गरी एकलजातीय नियन्त्रण कायम गर्नुलाई राज्यको स्पष्ट मान्यता दिलाउनु पहिलो प्राथमिकतामा पर्दछ ।

विश्वले अंगाल्दै गइरहेको लोकतान्त्रिक अभ्यास, एकता र सामाजिक संरचनाको विविधतापूर्ण नवआयामहरु, आर्थिक क्रियाकलाप र विश्व अर्थतन्त्रको गतिले खडा गरेका चुनौती र अवसरहरु पुनरुत्थावादीहरूले आत्मसात गर्न सकेका छैनन् ।

राष्ट्रिय एकताका कुरा गरिरहँदा एकात्मक राज्य र राजतन्त्रात्मक पद्धतिमा सीमान्तीकरणमा थिचिएर रहेका मधेसी, थारु र आदिवासी जनजातिका मुद्दाहरूको एकमुष्ट् समाधान नहुँदासम्म देश एकजुट हुन नसक्ने वास्तविकताबारे समेत उनीहरु विचार मन्थन गरेर स्पष्ट निषकर्षमा पुग्न सकेका छैनन् ।

आम निर्वाचन, २०७९ बाट उदय भएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि वैचारिक रुपमा स्पष्ट छैनन् । राजनीतिक परिदृश्य र यसलाई नेतृत्व गर्ने पंक्तिप्रति मतदाताको आक्रोशको परिणामस्वरुप यी दलहरु उदित भएर आए पनि राष्ट्रिय मुद्दाको सम्बन्धमा समाधानको खाका कसैले प्रस्तुत गर्न सकेका छैनन्, न त यसप्रति कुनै एकाग्रता वा आकर्षण नै देखा पर्दछ ।

गणतन्त्र, लोकतन्त्र, संघीयता, संविधान संशोधन, नागरिकता विधेयक, लाल आयोगको रिपोर्ट र रेशम चौधरीलगायत राजबन्दीहरूको रिहाई तथा झूठा मुद्दा खारेजीबारे यिनको पार्टीगत स्पष्ट र थोक धारणा अहिलेसम्म आएको छैन ।

२०७४ को तुलनामा मधेसकेन्द्रीत दलहरुले ३,४७,७९७ मत कम पाएका छन् । त्यस्तै २७५ सदस्यीय प्रतिनिधिसभामा उपेन्द्र यादव र महन्थ ठाकुरले नेतृत्व गर्ने दलहरु ३३ बाट ११ सीटमा झरेका छन् ।

छिटपुट कुराकानीका बखत सार्वजनिक हुने कुराहरुबाट वैचारिक स्पष्टता र स्थिरता समेतको अभाव रहेको भान हुन्छ । रास्वपासमेत आन्तरिक लोकतन्त्र भन्दा अध्यक्षीय संस्कृतिकै साङ्लोमा जकडिएको रहने आशंका समेत उठ्न थालेको छ ।

रास्वपाका अध्यक्ष रसिव लामिछाने जसरी नागरिकताको छानबीन र सर्वोच्चको सुनवाई हुँदासमेत गृहमन्त्री रहिरहने भएका छन्, त्यसले विधिको शासन र त्यससंग सम्बन्धित नैतिकताको सवाल रास्वपाको निमित्त अर्थहीन रहेको बुझ्न सकिन्छ ।

जनमतले स्वतन्त्र मधेस र संविधान संशोधनको कुरा उहिलेको भन्दै अब अगाडि मूलधारको राजनीति गर्ने भनी गरेको उद्घोषले आगामी दिनमा परिवर्तनकारी पार्टी रहने आस गर्नु बेकार छ ।

नागरिक उन्मुक्ति पार्टीको पहिलो प्राथमिकता रेशम चौधरी थारू लगायतको रिहाई हो जो निश्चिय नै जायज हो । लाल आयोगको प्रतिवेदनको प्रकाशन भए यस दिशामा पक्कै पनि अनुकूल वातावरण बन्थ्यो । त्यसैले यसबारे समेत प्राथमिकताका साथ ध्यान दिनु आवश्यक छ । रेशमको रिहाईपछि मात्र यस पार्टीको अठोट र अडान स्पष्ट हुने हुँदा भविष्यमा नागरिक उन्मुक्ति पार्टीसंग मधेस र थरुहटको मुद्दाप्रति अडिगताको आशा गर्न सकिन्छ ।

२०७४ को तुलनामा मधेसकेन्द्रीत दलहरुले ३,४७,७९७ मत कम पाएका छन् । त्यस्तै २७५ सदस्यीय प्रतिनिधिसभामा उपेन्द्र यादव र महन्थ ठाकुरले नेतृत्व गर्ने दलहरु ३३ बाट ११ सीटमा झरेका छन् । यसरी मधेसकेन्द्रीत भनिने दलहरू वास्तवमा ओरालो नै लागेका हुन् ।

जिम्मेवार र दोषी

यस आमचुनावमा मधेसका मतदाताहरुबीच मधेस मुद्दाको प्रसङ्ग रुचिकर र ध्यानाकर्षणको विषय देखिएन । मधेस मुद्दा, लोकतन्त्र र संस्थागत संगठनको नारा लिएर भर्खरै पुनस्र्थापित तमलोपाले प्रतीकात्मक उम्मेदवारी दिंदाको अवस्थामा पनि मधेस मुद्दाको विषय अगाडि सार्दा मतदातालाई विश्वास लागेन । आखिर यस्तो स्थिति किन भयो ? यस परिस्थितिको निमित्त जिम्मेवार र दोषी को हुन् ? मधेसका आन्दोलनकारी शक्तिले निष्पक्षतापूर्वक र तटस्थ भावले यस गम्भीर अवस्थाको विश्लेषण, मूल्याङ्कन र मनन गर्नैपर्ने स्थिति आएको छ ।

होइन भने, मधेस आन्दोलन बिथोल्ने प्रक्रियामा यस्तो उदासीनता मधेस बिरोधी शक्तिहरुको निमित्त सहयोगी र आन्दोलनप्रति आत्मघाती नै  सावित हुनेछ ।

मधेस आन्दोलन स्वस्फूर्त शैलीमा पहिचान, स्वशासन (अर्थात् संघीयता) र वस्तुपरक एवं व्यवहारिक रुपमा समानताको निमित्त हरेक अंगमा पहिचान आधारित समावेशिताको उद्देश्यले प्रेरित रह्यो । मधेसका यी एजेन्डा मधेसकै जनताको निमित्त मात्र होइन, अपितु यस्तै समस्या भोगिरहेका देशका दुई तिहाई जनताको निमित्त नै रामवाण समाधान हो । विविधतापूर्ण नवराष्ट्रवादको आधार र देशको सम्पूर्ण एकताको सूत्र हो ।

तर, अहिलेसम्म यस विकट संघर्षमा भने मधेसकै जनता रहेका छन् । अन्यत्रबाट अपेक्षित सहभागिता, दृढता र सहयोगको निरन्तरताको कमी नै देखिएको छ । तैपनि यो आन्दोलन राज्य संरचना, शासनको पद्धति र देशको साधन, श्रोतको उपयोग प्रणालीमा आमूल अग्रगामी परिवर्तनको कारण बन्यो । मधेस आन्दोलनको यही विशिष्टताले गर्दा यथास्थितिहरुबाट यस आन्दोलनलाई बिथोल्ने तानाबाना बुनिन थालियो ।

वर्चस्ववादीहरू पहिचानको आन्दोलनलाई राष्ट्रवाद विरोधको आन्दोलनको रुपमा भ्रमित गरेर उग्रराष्ट्रवादको विस्तार गरे । मधेस आन्दोलन इतरका सबै एकत्रित भएर देशका यावत संयन्त्रलाई आन्दोलन बिथोल्न षड्यन्त्रको अंग बनाए ।

माथि चर्चा गरिएका यी तथ्यहरु सत्य भए पनि यिनलाई मात्र दोष दिएर जिम्मेवारीबाट पन्छिन मिल्दैन । किनभने हरेक अग्रगामी आन्दोलनलाई यस्ता अवरोधक पत्रको सामना गर्नैपर्छ ।

संघीयताको स्थापनापछि पाइएका अवसरहरुको सदुपयोगले कतै पनि सकारात्मक फरक देखाउन सकिएन ।

वास्तवमा मधेस आन्दोलन बिथोलिने प्रक्रियाको तीब्रताको निमित्त यस आन्दोलनको कमाण्ड सम्हाल्न पुगेका नेतृत्वपंक्ति नै जिम्मेदार र दोषी छन् । यी पंक्तिमा सत्ता र पैसाप्रतिको आशक्ति, चरम जातवादी, नातावादी मानसिकता तथा अवसरवादको कमजोरीलाई वर्चस्वादीहरुले मनग्गे उपयोग गरे ।

मधेसका जनता स्वभावतः लोकतन्त्रवादी हुन्छन् । आन्दोलनको दौडान मधेसका लोकतन्त्रवादीहरुको मनमा मधेसीहरुको आफ्नै राजनीतिक संगठन हुनुपर्ने र त्यसमा सबै एकजुटका साथ लाग्नुपर्ने मानसिकता उठेर आएकै थियो तर त्यसभित्रको आकांक्षाको अन्तर्यलाई नेतृत्वपंक्ति बुझ्न सकेन ।

वस्तावमा नेताहरू व्यक्तिगत स्वार्थमा लिप्त भए । व्यक्तिगत स्वार्थ र सरकारमा सामेल भइरहने लोभ, नाता, कुटुम्बवाद, जातिवादी सोच, भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षण गर्ने प्रवृत्ति आदिको कारणले मूल मुद्दाको विसर्जन गरियो । वर्तमान नेतृत्वप्रति पटक्कै विश्वास नभएको आजको स्थितिको आधारभूत कारण यही हो ।

मधेसको राजनीतिक प्रतिनिधित्व गर्ने जिम्मेवारी पाएका दलहरुबाट निर्वाचन सकिने बितिक्कै मुद्दालाई बाकसमा थन्क्याउने र निर्वाचनको बेलामा आवश्यक परे पुनः प्रयोगको निमित्त निकाल्ने कार्य भएको छ । सत्ताको प्राप्ति र भ्रष्टाचारको अवसरका निमित्त मधेसका नामूद विरोधी ताकतहरूसंग साष्टङ्ग मुद्रामा उत्रिने र गठबन्धन गरिने अभ्यास भएको छ ।

निर्वाचनताका मधेसका मुद्दा तर चुनाव सकिएपछि कोहीद्वारा वामपन्थी रुझान देखाएर वाम एकताको तयारी र अरुद्वारा सत्ताको निमित्त ढुलमुले नीतिले गर्दा आन्दोलनको उर्जा, जोश एवं विशिष्टता नै बिथोलिने अवस्था आएको छ ।

संघीयताको स्थापनापछि पाइएका अवसरहरुको सदुपयोगले कतै पनि सकारात्मक फरक देखाउन सकिएन । परिणामतः मधेसीहरूको वास्तविक राजनीतिक शक्तिको निर्माण नै हुन सकेन र आम मधेसी जनतामा आफ्नै आन्दोलनप्रति वितृष्णा उत्पन्न भयो । यी सबका प्रमुख दोषी  नेतृत्वपंक्ति नै हो ।

लक्ष्यतर्फका सूत्र

मधेस नेपालको अभिन्न अंग हो र यस देशको अस्तित्व रहिरहेसम्म मधेसीहरु पनि नेपालकै अभिन्न अंग रहिरहने छन् । त्यसैले, यिनका यावत मुद्दाहरुको न्यायोचित सम्वोधन नहुन्जेल मधेस आन्दोलनले उठाएका मुद्दाहरु कायम रहन्छन् । समानता निमित्तको यस संघर्षको अर्को विकल्प छैन । समस्या समाधान नहुन्जेल यस्तो बाध्यता पुस्ता दर पुस्ता सर्दै जानेछ । यो नै वास्तविकता हो ।

त्यसैले, मधेसका मुद्दाहरुको न्यायोचित सम्वोधन नहुन्जेल मधेसी र थारुका आन्दोलन पुनर्संगठनको अठोट र प्रतिवद्धतासहित आएका नयाँ पंक्तिहरुको नेतृत्वमा पुनः नयाँ उर्जाका साथ परिष्कृत रुपमा एजेन्डामुखी एवं दिगो संस्थागत परिवर्तनतिर लक्षित रहने गरी अवतरित हुने निश्चित छ । विश्वका विभिन्न आन्दोलनका अनुभव र तिनमा देखिएका आरोह अवरोहहरुले यही बताउँछ ।

आन्दोलनको मशाल कहिले निभ्दैन । मशाल बोक्ने वाहकको अझ मजबूत विकल्प आफ्सेआप उत्पन्न भएर आउँदछ । मधेस आन्दोलनको हकमा पनि यही हुने निश्चित छ । त्यसैले, मधेस आन्दोलनका आन्दोलनकारी पंक्ति पुनर्ताजगीका साथ एकत्रित हुनु जरुरी भएको छ ।

मुद्दा मधेसको तर प्रतिवद्धता नेपाली वामपन्थी आन्दोलनतिर भयो भने परिणाम अन्ततः नेपालका वामपन्थीहरूले अंगालेका उग्रराष्ट्रवादमा ढल्किएर समाप्त हुनेछ । वाम एकतासंग मधेस आन्दोलनको अहिले गर्न खोजिएको संयोजनलाई यस रुपमा विश्लेषण गर्नुपर्ने आवश्यकता छ ।

समानता र समावेशिताको प्राप्ति संसदीय लोकतन्त्रमा मात्र सम्भव भए पनि लोकतन्त्रको परम्परागत अवधारणा अगाडि सार्ने, आदर्शको कुरा गर्दा केही नछुट्ट्याइ गरिरहने तर व्यवहारमा समानता र समावेशिता उतार्ने क्षणमा वर्चश्ववादी यथास्थितिवादलाई केन्द्रमा राख्ने सोचका राजनीतिक दलहरुबाट परिवर्तनको आकांक्षा पूरा हुन सक्दैन । र, त्यस्ता दलहरु परिवर्तनकामी आन्दोलनकारीहरुका निमित्त विकल्प हुन सक्दैनन् ।

आवश्यकता समानता, समावेशिता तथा विविधताको सम्मानको प्रतिवद्ध वातावरणमा संसदीय लोकतन्त्रको संस्थागत मजबुतीको हो । त्यसैले, मधेसका सम्पूर्ण आन्दोलनकारी शक्तिहरुले अहिले देखा परिरहेको सत्तामुखी मानसिकताको परित्याग गरी एकताको आधार खडा गर्दै समावेशिताप्रति समर्पित लोकतान्त्रिक शक्तिहरुसंग प्रभावकारी सहकार्यको निमित्त अग्रसरता लिनु जरुरी छ । रातोपाटि

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

Next Post
एकीकृत समाजवादीले सभामुख पदमा उम्मेदवारी नदिने, कांग्रेसलाई सघाउने

एकीकृत समाजवादीले सभामुख पदमा उम्मेदवारी नदिने, कांग्रेसलाई सघाउने

लहानमा सहिद मेला मनाउन मधेसबादी दलहरुको घुइँचो

लहानमा सहिद मेला मनाउन मधेसबादी दलहरुको घुइँचो

चाईना कम्पनीले गुणस्तरीय हिन काम गरेको भन्दै : उप-प्रमुख महतो द्वारा काम गर्नमा लगाए रोक

चाईना कम्पनीले गुणस्तरीय हिन काम गरेको भन्दै : उप-प्रमुख महतो द्वारा काम गर्नमा लगाए रोक

Leave a Reply Cancel reply

ताजा समाचार

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: