काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले पीसीआर परीक्षणका लागि पुग्नेको भिड बढेको र राती अस्पतालबाहिरै बास बस्नुपरेको खवर सार्वजनिक भएपछि संसदीय उपसमितिले चासो व्यक्त गरेको छ ।
प्रतिनिधिससभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित कोभिड–१९ को सम्बन्धमा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित उपसमितिले बिहबिार अस्पताल पुगी कोरोना परिक्षणमा भिड बढ्नुको कारणबारे जानकारी लिएको हो । सो क्रममा उपसमिति टोलीले अस्पतालको क्षमताका बारेमा, कोरोना संक्रमितको उपचारका बारेमा जानकारी लिएको हो । उपसमिति संयोजक जिवनराम श्रेष्ठले पिसिआर गर्ने सहज स्थान भएकाले भिड बढेको पाइएको बताउनुभयो । त्यस्तै उपत्यका बाहिरबाट कामको शिलसिलामा राजधानी प्रवेश गर्नेको संख्या बढेकाले पनि अस्पतालमा भीड बढेको उहाले बताउनुभयो । कोरोना परिक्षणका लागि सरकारले तय गरेको मापदण्ड अनुसार लक्षण देखिएकाको मात्र पिसिआर भए भिड घट्न सक्ने उहाको भनाई छ । संयोजक श्रेष्ठले अनुगमनका क्रममा उक्त अस्पतालमा कोरोना संक्रमितको उपचार निकै राम्रो पाइएको जानकारी दिनुभयो ।
त्यस्तै अस्पतालका निर्देशक सागर राजभण्डारी राजधानीको निषेधाज्ञा खोलेपछि पिसीआर परिषण गर्न आएकाको संख्या निकै बढेको र पिसिआर परिक्षण क्षमता पनि बढाएको जानकारी दिनुभयो । त्यस्तै कर्मचारीको अभाव पनि अस्पतालमा देखिएको उहाको भनाई छ ।
अस्पतालले पीसीआर परीक्षणका लागि असोज १ यता दैनिक ५ सयभन्दा बढी नमुना संकलन गरिरहेको जनाएको छ । यसअघि उसले दैनिक ३ सय हाराहारी नमुना संकलन हुने गरेकोमा निषेधाज्ञा खुल्ला भएपछि परिषक्ष गर्नेको संख्या बढेको हो । टेकु अस्पतालले निःशुल्क परीक्षण गर्ने भएकाले भिड लागेको अस्पतालको भनाइ छ ।