आज काठमाण्डौ बाट पोखरा उडेको येती एअरलाइन्स जहाज दुर्घटनामा परेको छ | सो दुर्घटनामा अनेमसङ्घले दुख व्यक्त गर्दै प्रेस विज्ञप्ति जारी गरेको छ | प्रेस विज्ञप्ति सो अनुसारका रहेका छन् |
२०७९ माघ १ गते, काठमाडौं विमानस्थलबाट बिहान १०:३२ बजे चालक दलका चारजना सदस्य र ६८ जना यात्रुसहित पोखराको लागि उडेको यति यअर एएनसी एटीआर ७२ को दुर्घटनाले अखिल नेपाल महिला संघ परिवार अत्यन्तै मर्माहत र दुःखित भएको छ । दुर्घटना परी असमयमै ज्यान गुमाउनु भएका चालक दलका सदस्यहरू कमल केसी, अन्जु खतिवडा सृजना होंगचुन र ओसिन आले मगरसहित ५३ जना नेपाल, ५ जना भारतीय नागरिक, ४ जना रसियन नागरिक, १ जना आयरल्याण्डका, १ जना अस्ट्रेलियन अर्जेन्टिनी १, २ जना कोरियन, १ जना फ्रान्सेली गरी ६८ जना सबैप्रति अखिल नेपाल महिला संघ हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । आफ्ना प्रियजन, आफन्तजन गुमाई असहनीय पिडामा रहनु भएका शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । यो दुर्घटनाले राष्ट्रको अपुरणीय क्षति भएको छ । सोही दुर्घटनामा सेती खोंचमा माछा मार्न गएका दुई जना स्थानीय नागरिक पनि घाइते भएकोले अनेमसंघ घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछ ।
यस्ता दुर्घटना पुनः दोहोरिन नदिन नेपाल सरकारको सम्बन्धित निकायले समय मै सावधानी अपनाओस् । घटनाको बारेमा सत्यतथ्यको जाँच तथा अनुसन्धान गरी आगामी दिनमा यस्ता दुःखद र अपुरणीय क्षति हुने दुर्घटनालाई समयमै रोकथाम गर्न नेपाल सरकारको गम्भिर ध्यानाकर्षण समेत गर्न चाहन्छ ।