• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

बुध्दी र विवेकमा विर्को लागेका शेर बाहादुर


बुध्दी र विवेकमा विर्को लागेका शेर बाहादुर

प्रतिगमन र संविधानको रक्षाकोलागी भन्दै पाँचदलिय गठवन्धन भएको थियो र त्यो नेकपा एमाले विरुध्द को गठवन्धन थियो यो गठवन्धनलाइ निर्वाचन पछि पनि निरन्तर दिने वचनबध्दता गठवन्धन सम्मिलित दलहरुले प्रकट गरेका थिए । निर्वाचन पछी सरकार निर्माणको क्रममा विशेसत ‘ प्रधानमन्त्री’ को सवालमा गठवन्धन भित्र मतान्तर देखिन थाल्यो । प्रचण्ड प्रधानमन्त्री नभइ नछोडने र देउवा पनि प्रधानमन्त्री विना वस्नै नसक्ने ।

माओवादी दल अवको पालो हाम्रो भन्ने ,काग्रेस भन्ने हामी ठुलो दल । यि दुवैको हठले गठवन्धन भंग हुन पुग्यो।

गठवन्धनमा सहभागी दलले गठवन्धन भित्रका दलको भावना, मान र मर्यादा बुज्नु पर्छ र त्यो राख्न सक्नु पर्छ। त्यस्को नितान्त अभाव देखियो ।

गठवन्धन टुट्न काग्रेस र माओवादी कुन दोषी हुन भन्नु भन्दा पनि यि दुइ दल भित्र दुवैको इमान्दारिता देखिएन । जुन अवधारणा र विचार बाट प्रेरित भएर गठवन्धन गरिएको थियो त्यसमा आवध्द हुन सकेनन। एकिकृत नेकपा हुदा प्रधानमन्त्री कै लागी पाटी विग्रह गरेका प्रचण्ड अहिले पनि प्रधानमन्त्री कै लागी गठवन्धन भंग गरेका छन उन्को पद लिप्सा ।

काग्रेस भित्र पनि रुपान्तरण / पुस्तान्तरण को मुध्दा उठिरहेकै अवस्थामा शेर बाहादुर देउवालाइ  पुन प्रधानमंत्रीको रुपमा स्विकार्ने अवस्था काग्रेस भित्र देखिरहेको थिएन ! यो अवस्था लाइ कार्यरुप दिन क्रियाशील गराउउन संस्थापन इतर त जागरुप नै थिए देउवाका सहयोगी र काग्रेसीजनहरुनै सामाजिक संजालमा ” प्रधानमन्त्री पनि राष्ट्रपति पनि काग्रेस कै” भन्ने समचारहरुले पद र कुर्सीका लोभी पद लिप्सामा मोहित भएका देउवालाइ प्रधानमन्त्री मै हुन्छु भन्ने मनोवैज्ञानिक वल मिलिरहेकै थियो र यो भावना र विचारबाट पुरै प्रभावित भएर लागे । त्यति लामो समय पाटी सभापती भएका र पटक पटक प्रधानमन्त्री समेत भएका देउवा नेपाली राजनीतिक कुशल खिलाड़ी का रुपमा चिनिका बुजिएका देउवाले काग्रेस भित्रको राजनीति बुज्नमात्र मात्र सकेन कि प्रचण्डको रणनीति समेत बाट अनभिज्ञ रहनु आस्चर्य पनि उन्को पद लिप्सा

उन्को अदुरदर्सी , दम्भ र हठ अरु चरममा पुग्यो र उन्को बुध्दिमा उन्को विवेकमा विर्को लाग्यो ।र यही मुल कारण रहयो गठवन्धन भंग हुने ।

कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल मात्र एक यस्ता नेता देखिए “प्रधानमंत्री छोडेर राष्ट्रपतिमा सहमति गरेर भएपनि गठवन्धन जोगाउ “भन्थे । र अहिले सबै काग्रेसका मुखमा  यही कुरा उठ्दैछ र सम्पुर्ण दोष देउवामा  उन्को दम्भ र उन्को हठ हो भनिन्दै छ र यो सत्य र यथार्थ पनि हो । देउवा वरिपरी रहेका देउवाका टिम र संस्थापन इतर भनिएकाहरुले पनि रामचन्द्र पौडेलको जस्तो सल्लाह र विचार किन देउवालाइ दिन सकेनन किन समाजिक संजालमा पौंडेल ले राखे जस्तो राख्न सकेन ।

सुकरात को यौटा कुरा याद आयो ” हो भगवान मलाइ मित्रहरु देखी वचाउनुस सत्रुहरु देखी डर छैन ” अन्तत देउवा मा यस्तै भयो ।

जे होस अव वस्ने भनिएको काग्रेस केन्द्रीय समितिको बैठकमा ” यस्को जवाफ ” मागिने छ भनिएको छ र यस विसयमा ” निर्मम समिक्षा  समेत गरिन्छ भनिन्दैछ . यस्मा संसदिय दलको नेताबाट राजिनामा माग्ने कुरा पनि आएको छ तर संसदिय दल र केन्द्रीय समिती समेतमा मजवुत रहेका देउवा प्रति काग्रेस असन्तुस्टहरु कति भारी देखिन्छन त्यो हेर्न बाक़ी छ।

सर्तै सर्तको घेरामा प्रचण्ड

चिड़िया खानाको शेर

प्रचण्ड त प्रधानमन्त्री त भए । सातदलिय गठवन्धनका प्रधानमन्त्री । झट्ट हेर्दा र सुन्दा वलिया  प्रधानमन्त्री । अव प्रचण्डको नेतृत्वको सरकारले जे पनि गर्न सक्ने उन्को लागी अव कुनै पनि निर्णय गर्न सक्षम । तर यथार्थमा अहिलेका प्रधाननमन्त्री माथि भनिएको अवस्थाका भने छैन । काग्रेस संग प्रधानमन्त्रिकौलैगी गठवन्धन भंग गरेर प्रधानमन्त्री वनेका प्रचण्ड पुन सात दलिय गठवन्धनको वन्धनमा मात्र परेका छैनन ति गठवन्धन दलको आआफ्नो सर्तको वन्धन भित्र पनि छन र ति सर्त यस्ता छन आफुलाइ गणतन्त्रको अवधारण र संघियता भित्र्याउने प्रणेता कै रुपमा उभ्याउने प्रचणडका लागी निक्कै अनुत्पादक र प्रतिगामी कदम हुन्छ । प्रतिगमननै भयो भनेर तत्कालिन नेकपा एमाले संग विग्रह गरेर आफ्नो मातृपाटी पुन आएका प्रचण्ड अहिले छन प्रतिगामी भनिएर चिनिएकै पाटी र संघियताका विपक्षमा रहेका अन्य दलहरुको सम्मिलित सरकारको नेतृत्व लिन पुगेका प्रचण्डलाइ ति दलहरुको सर्त उन्को इतिहासमा अर्को परिचय वन्न सक्दछ र  त्यो यस कारणले हो की प्रधानमन्त्रि वन्नैकालागी भइरहेको गठवन्धन भत्काएर अर्को गठवन्धन गरि प्रधानमन्त्री वनेका प्रचण्ड ति सवै सर्तहरु निसर्त  स्वीकार्दैजाने  उन्को राजनीतिक चरित्रले यस्तै होला भन्न सकिन्छ र उन्को परिचय प्रतिगामी नबनोस । र

यो यस कारणले पनि हुन सक्छ कि अहिलेको राजनीतिमा शेर को रुपमा चिनिएका र परिचय वनाएका प्रचण्ड सातदलिय गठवन्धन र तिनिहरुको सर्तले त्यो ” चिड़िया खानाको शेर” हुन सक्छ । मुख बाट गर्जन  र हुंकार मात्रै हुने उन्को पन्जा ले पनि केही गर्न नसक्ने अवस्थामा पुक्छन  । शेर त हो तर चिडिया खानको शेर चिड़िया खानामा घुम्न आउने केटाकेटी र दकर्शकों रमाइलो र आनन्द मात्र वस त्यति मात्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कसरी कार्यान्वयन हुन्छ एमाले र माओवादी केन्द्र ब्यूँताउने फैसला ?
  • २०७९ पुष २२, शुक्रबार १७:३५
  • In "देश"
  • कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फु’टाउने र मिलाउने काम आफ्नो
  • २०७९ पुष २२, शुक्रबार १७:३५
  • In "BannerNews"
  • दुई माग पुरा गरे प्रचण्डलाई कांग्रेस र एसले पनि विश्वासको मत दिने
  • २०७९ पुष २२, शुक्रबार १७:३५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

भारतीय राजदूताबासको सहयोगमा दुहुँ–३ बारबाजको १२ कोठे विद्यालय भवनको गाउँपालिका अध्यक्ष बडाल द्धारा शिलान्यास

संवैधानिक इजलासमा बहस : रवि लामिछानेको सांसद पद स्वत: खारेज भागी छ

कांग्रेस सभापति देउवाले डाँके पदाधिकारी बैठक

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version