• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रबि लामिछाने सरकारमा जान तयार


रबि लामिछाने सरकारमा जान तयार

प्रतिनिधिसभामा २० सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारमा जान तयार रहेको बताएको छ। स्रोतका अनुसार रास्वपाका अध्यक्ष रवि लामछानेले सरकारमा जाने चाहना देखाएका छन्। स्रोतका अनुसार लामिछानेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरी सरकारमा जाने चाहना व्यक्त गरेका हुन्। उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका छन्। रास्वपाका प्रवक्ता डा. मुकुल ढकालले पछिल्लो तीन/चार दिनयता लामिछाने र दाहालबीच तीन पटकसम्म भेट भएको बताए। देउवा र ओलीसँग पनि सरकारका विषयमा कुराकानी भएको ढकालले बताए।

सरकारमा बसेर काम गर्न सक्ने वातावरण बने रास्वपा सरकारमा जान तयार रहेको उनको भनाइ छ। ‘रास्वपाले उठाएको घोषणापत्र लागु गर्ने वातावरण बन्यो भने हामी सरकारमा जान तयार छौं’, ढकालले भने, ‘त्यसैले सरकारमा जान्नाैं भनेर हामीले भनेका छैनौं। सरकारमा जान मरिहत्ते पनि गर्दैनाैं।’ स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष दाहाल र लामिछानेबीच भएको भेटवार्तामा सरकारमा जाने लामिछानेको चाहनामा दाहाल सकारात्मक देखिएका छन्।

लामिछानेले गत सोमबार र मंगलबार दुई दिन आफ्ना सबै सांसदलाई प्रशिक्षण दिएका थिए। त्यस कार्यक्रममा सरकारमा जानेनजाने विषयमा गम्भीर छलफल भएको ढकालको भनाइ छ। त्यस कार्यक्रममा पनि लामिछानेले रास्वपा सरकारमा जान सक्ने बताएका थिए। प्रशिक्षण कार्यक्रममा लामिछानेले आफ्ना सांसदलाई सरकारमा जाने विषयमा मिडियामा जथाभावी नबोल्न निर्देशन दिएका थिए, तर प्रवक्ता ढकालले भने सांसदलाई त्यस्तो कुनै निर्देशन नदिएको दाबी गरे।

पछिल्लो समयमा नागरिकताका विषयमा लामिछाने विवादमा परेका छन्। नेपालको नागरिकता त्यागी नयाँ नागरिकता लिन प्रक्रिया अघि नबढाएको विषयमा नेपाल प्रहरीले छानबिन गरिरहेको छ। ‘यस विवादले कानुनी रूपमा लामिछाने निकै अप्ठ्यारोमा परेका छन्। यसकारण पनि लामिछानेले सरकारमा जान चाहना राखेको हुन सक्छ’, स्रोतले भन्यो।

विवादले कानुनी रूपमा लामिछाने निकै अप्ठ्यारोमा परेका छन्। यसकारण पनि लामिछानेले सरकारमा जान चाहना राखेको हुन सक्छ’, स्रोतले भन्यो।

जनमत र लोसपाको पहिल्यै घोषणा

प्रतिनिधिसभाका साना दुई दल जनमत पार्टी र लोसपाका नेताहरूले भने परिणाम पूर्णरूपमा नआउँदै आफूहरू सरकारमा जान तयार रहेको भनी सार्वजनिक रूपमै घोषणा गरेका थिए। जनमत पार्टी अध्यक्ष सिके राउतले पछिल्लो दुई साता दलका नेताहरूसँग शृंखलाबद्ध रूपमा भेट गरेका थिए। जनमत पार्टीले गठबन्धनमा आबद्ध दलहरूसँग संघीय सरकारमा दुईवटा मन्त्रालय तथा मधेस प्रदेशमा मुख्यमन्त्रीको माग राखेको छ। केन्द्रमा दुईवटा मन्त्रालयमध्ये एउटा मन्त्रालय कृषि मन्त्रालय हुनुपर्ने अडान जनमत पार्टीको छ।

केही दिनअघि जनमत पार्टीका अध्यक्ष राउतले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी सरकारमा सहभागी हुने विषयमा सहमति जनाएका थिए। प्रतिनिधिसभामा जनमत पार्टीका ६ सांसद छन्।

यसैगरी लोसपाले त प्रस्टसँग आफू वर्तमान सत्ता गठबन्धनमा रहेको जनाएको छ। ‘हामी पहिल्यै सत्ता गठबन्धनमा सहभागी छौं। यही गठबन्धनमै रहेर चुनावमा गएका हौं’, लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले भने, ‘त्यसैले हामी सत्ता गठबन्धनका पक्षमा छौं भनेर फेरि निर्णय गर्न आवश्यक छैन।’नागरिकन्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जसपा : यादव सत्ताको बाटोमा लाग्दा ठाकुर–महतो मुद्दा सम्बोधन गराउने पक्षमा
  • २०७९ पुष ९, शनिबार १८:४८
  • In "देश"
  • सरकारमा जान मधेशवादी दलको व्यग्रता
  • २०७९ पुष ९, शनिबार १८:४८
  • In "BannerNews"
  • राजेन्द्र श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा जाँदै
  • २०७९ पुष ९, शनिबार १८:४८
  • In "गण्डकी प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

सरकारको नेतृत्व दुवै पार्टीको दाबी

प्रचण्डको छट्पटी बढ्दै, लिँदै चिनियाँ सहारा, काम गर्ला माधव नेपालको मन्त्रले ?

लहानमा बालबालिकासंग एक दिने मनोपरामर्श तालीम सम्पन्न

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version