• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

कांग्रेस संसदीय दल नेताको निर्वाचन बुधबार


काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्न आगामी बुधबार निर्वाचन हुने भएको छ।

संसदीय दलको नेता चयन गर्न गठित निर्वाचन समितिले बुधबार निर्वाचन सम्पन्न हुने गरी मिति घोषणा गरेको हो।

निर्वाचन समितिले घोषणा गरेको कार्यक्रमअनुसार बुधबार बिहान ८ बजेदखि १० बजेसम्म मतदान हुनेछ।

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा हुने मतदानका लागि समयभित्र मतदान क्षेत्रमा प्रवेस गरी लाम लाग्ने मतदातालाई मतदान गर्न दिइने समितिका अध्यक्ष भीष्मराज आङ्देम्बेले बताएका छन्।

मतदान गर्न आउँदा मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र साथमा लिएर आउनुपर्ने उनले जानकारी दिए।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेसका ८९ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

कांग्रेस संसदीय दलका नेताका लागि संस्थापन पक्षबाट प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा उम्मेदवार हुने निश्चित छ।

यस्तै संस्थापन इतरबाट महामन्त्री गगन थापा र नेता शेखर कोइराला आकांक्षी देखिएका छन्।

पूर्वमहामन्त्री शशांक कोइराला पनि इच्छुक देखिए पनि उनले संसदीय दलको नेतामा सभापति देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि संसदीय दलको नेता बन्न चाहेका छन्। केही दिनअघि उनले सभापति देउवालाई भेटेर दलको नेताका लागि सहयोग गर्न आग्रह गरेका थिए।

अर्का नेता प्रकाशमान सिंहले आकांक्षा व्यक्त गरे पनि संसदीय दलको नेता बन्न उनी खासै सक्रिय देखिएका छैनन्।

कांग्रेस संसदीय दलको विधानमा प्रधानमन्त्री बन्न संसदीय दलको नेता हुनुपर्ने व्यवस्था छ।

यस्तो छ निर्वाचन कार्यक्रम :  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान
  • २०७९ पुष ५, मंगलवार ११:१६
  • In "BannerNews"
  • कांग्रेस प्रदेश १ संसदीय दलको चुनाव आज, त्रिपक्षीय भिडन्त
  • २०७९ पुष ५, मंगलवार ११:१६
  • In "BannerNews"
  • संसदीय दलको नेता छन्ने तयारी
  • २०७९ पुष ५, मंगलवार ११:१६
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

Next Post

देउवा सरकारलाई अर्काे सफलता, ओलीले गरेकाे वेथितिलाई यसरी ल्याए ट्रयाकमा

तिब्बती विद्वान भन्छन्- लकडाउनको विरोध तिब्बतलाई केन्द्रित गर्ने अवसर हो

गोर्खा भर्ती बन्द गर्न खोज्दै भारत, नेपालले देखाएन चासो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

रणवीर सिंहविरुद्ध फिल्मकर्मी संगठनको कडा कदम

तरबूज कि खरबुजा? पत्ता लगाउनुहोस् कुन बढी फाइदाजनक छ ?

मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version