महेश सिंह सिरहा लहान १ पुष – सिरहाको लहान नगरपालिका वाडा नम्बर १७ देवीदहमा बोटिङ्ग स्ट्रीमर संचालनमा आए पछी स्थानीयमा खुशयाली छाएका छन्।स्थानीयहरुले पैसा संकलन गरी पर्यटन भितृयाउन बोटिङ्ग स्ट्रीमर खरिद गरी संचालनमा ल्याएका छन्।
लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी र उप- प्रमुख रामचलितर महतोले संयुक्तरूपमा रिवन काटेर बोटिङ्ग स्ट्रीमर मेसिनको उदघाटन गरिएको छ्।हिन्दु प्रमप्रा अनुसार पुजा अर्चा गरी मेसिनको उदघाटन गरिएको छ्। बोटिङ्ग मेसिन संचालनमा आए पछी स्थानीयको भिड लागेको थियोे।
उक्त मेसिन संचालनमा आएपछी झनै पर्यटक आउने स्थानीय बिष्णु साहले बताए। प्रमुख अतिथि चौधरीका अनुसार पर्यटन बिकासका लागी महत्त्वपूर्ण बाटो नै रहेको बताए। एक बर्ष भित्रै नै देवीदह जोडने सडक निर्माण गर्ने बताए।
बिशिस्ट अतिथि महतोका अनुसार स्थानीयले मेसिन खरिद गरेर लहान लाई चिनाउन अग्रसर हुनु भएकोमा धन्यवाद दिदै लहान नगरपालिका संग समन्वय गरेर अगाडि बढनु पर्ने जोड दिएका थिए।