No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पुलिसलाई किन झनक्क रिस उठ्छ?


पुलिसलाई किन झनक्क रिस उठ्छ?

काठमाडौं : असोज १ गते काठमाडौंमा ‘हन्ड्रेड ग्रुप’ का संयोेजक बब्लु गुप्ता लगायतमाथि प्रहरीले निर्घात कुटपिट ग¥यो।

बब्लु आफ्ना केही साथीसँग बिजुलीबजारबाट एउटा प्रदर्शनका लागि माइतीघर मण्डला जाँदै थिए।

कुलमान घिसिङलाई फेरि विद्युत प्राधिकरणको नेतृत्वमा फर्काउने आन्दोलन थियो त्यो।

प्रहरीले उनीहरूलाई बबरमहल आर्ट काउन्सिल अगाडि नै रोक्यो। पैदल जान भन्यो।

उनीहरुले त्यसै गरे, मोटरसाइकल त्यहीँ छोडे।

फेरि प्रहरीले भने– ‘तपाईंहरू जान पाउनुहुन्न। माथिको आदेश छ।’

‘बब्लु’ हरू ‘जान्छौं’ भनेर अगाडि बढ्न खोजेका थिए ‘मु…हरू’ भन्दै प्रहरीले लाठी हान्न थाले।

उनीहरू निर्घात कुटिए, कारण खासै केही थिएन। सामाजिक सञ्जालमा त्यो भिडियो भाइरल भएपछि प्रहरीले एउटा छानबिन समिति बनायो।

‘प्रहरीले बाइक रोक्न भनेको ठाउँमा रोक्यौं, ओर्लिनुस् भन्दा ओर्लियौं, ओर्लिन नपाउँदै उनीहरू मुख छोड्न थाले र कुटपिट गर्न थाले,’ बब्लुले आयोमेलसँग भने।
…

पुलिससँग जोडिएको यो एउटा ताजा घटनामात्रै हो। प्रहरी झनक्क रिसाउने र सर्वसाधारणमाथि बिनाकारण जाइलाग्ने घटनाका फेहरिस्त लामै छ।

प्रहरीको सबैभन्दा आलोचना हुने भनेको उसको बोल्ने शैली हो। अर्थात्, प्रहरी नम्र भएर कहिल्यै बोल्न जानेन।

‘हाकिम’ ले जवानसँग बोल्ने भाषा होस्, या जवानले आमनागरिकसँग बोल्ने भाषा, त्यो एकदमै ‘तुच्छ’ हुन्छ।
…

किन कोही पुलिस झनक्क रिसाउँछ? किन उसको बोली बिझाउने खालको हुन्छ?

पूर्वअतिरिक्त महानिरीक्षक (एआइजी) राजेन्द्रसिंह भण्डारी भन्छन्, ‘नेपालीको स्वभाव नै तत्काल प्रतिक्रिया दिनेखालको छ।’
त्यो ‘केमेस्ट्री’ प्रहरीमा नहुने कुरै भएन।

‘त्यसका लागि आमनागरिक पनि संयम हुनुपर्छ। यसमा प्रहरीमात्रै एक्लो दोषी हुँदैन,’ भण्डारीले आयोमेलसँग भने।

उनका अनुसार सरकार र जनताबीचको एउटा कडी हो- प्रहरी।

तर, सरकारले जनताको अपेक्षाअनुसार काम गर्दैन। जनताले त्यसको रिस प्रहरीमाथि पोख्छन्। प्रहरी त्यही रिस उनै नागरिकमाथि फर्काउँछ।

‘यसरी प्रहरी रिसाएको जस्तो आमनागरिकलाई लागेको हो,’ उनी भन्छन् ‘तर, सरकार र जनताबीच बसेको प्रहरीलाई नागरिकले पनि संयमित व्यवहार गर्नुपर्छ।’

उनका अनुसार सरकारले जनभावनाअनुसार काम नगर्दा प्रहरी र जनातबीचको सम्बन्धमा चिसोपना बढ्दै गएको छ। त्यसले जनता र प्रहरीबीच विश्वासमा दरार आएको छ।

‘प्रहरी सधैं गलत हुने भन्ने होइन। अब हाम्रो शासन पद्धति नै त्यस्तै छ। जनताकै जिउधनको सुरक्षामा खटिने प्रहरीलाई आफूविरुद्ध लागेको भन्ने सोचाइले यस्तो मानिएको हो,’ उनी भन्छन्।
…

प्रहरीको आचरण सुधारका लागि प्रहरी प्रधान कार्यालयले  पटक–पटक ‘आचरण सुधार’ का कार्यक्रम चलाइरहन्छ।

यसपालि पनि ‘आचरण सुधार आचारसंहिता’ जारी भएको छ। त्यसलाई हरेक प्रहरी कार्यालयमा पढाउन थालिएको छ।

‘मुस्कानसहितको सेवा’, ‘प्रहरी जनताको साथी’ जस्ता मिठा श्लोक पनि प्रहरीले प्रयोगमा नल्याएको होइन।

‘सत्य सेवा सुरक्षणम्’ त उसको मूलमन्त्र भइगयो।

तर, आमनागरिकले भोग्ने प्रहरीको बेहोरा भने कहिल्यै बदलिन सकेन।

‘अन्य देशका दाँजोमा हाम्रो प्रहरी संगठनसँग न न्यूनतम स्रोतसाधन छ न जनशक्ति नै,’ पूर्वएआइजी भण्डारी भन्छन्, ‘सेवा सुविधाका दृष्टिकोणले हेर्ने हो भने घरपरिवार पाल्न समेत धौधौ हुन्छ प्रहरीलाई।’

प्रहरी पनि मान्छे त हो नि। उसको पनि मन हुन्छ, घरपरिवार हुन्छ, जिन्दगी हुन्छ। तर, न समयमा खान पाएका छन् न सुत्न।

‘त्यही तनाव सडकमा पोखिएको पनि हुनसक्छ,’ भण्डारी अनुमान गर्छन्।
…

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल प्रहरी संयम र विवेकपूर्ण हुनुपर्ने बताउँछन्।

‘प्रहरीको सबैभन्दा राम्रो गुण धैर्य, अनुशासन र नागरिकप्रति नम्र व्यवहार गर्नु हो,’ उनी भन्छन् ‘प्रहरीले क्रुर व्यवहार देखाउँदा

सर्वसाधारणले सिंगो संगठनमाथि नै विश्वास गर्न नसक्ने वातावरण सिर्जना भएको छ।’

किन प्रहरीको आचरण सुध्रिँदैन?

किन प्रहरीलाई चाँडै रिस उठ्छ?

प्रहरी किन संयमित हुन सक्दैन?

प्रहरी जनाताको साथी किन बन्न सक्दैन?

किन आमनागरिकसँग बोल्दा ‘गाली’ कै भाषामा बोल्छ प्रहरी?

यी प्रश्न अनुत्तरित त होइनन् तर, ‘आचारण सुध्रिएको’ प्रहरी भोग्न आमनागरिकले पाएका छैनन्।

‘प्रहरी जनताको सुरक्षाको साथी हो, प्रहरीले कोही असुरक्षित छ भने जोगाउनुपर्छ तर आवेशमा आएर सामान्य विषयमा हातपात गर्नु राम्रो होइन,’ मल्लले आयोमेलसँग भने।
…

मल्लका अनुसार ‘हाकिम’ प्रहरीले पनि आफूमातहतका प्रहरीलाई सम्मान गर्दैनन्। उनीहरूको मनोबल उचो बनाउने काम गर्दैनन्।

भीडभाड नियन्त्रणका लागि उचित तालिम छैन। ब्रिफिङको कमी छ।

‘त्यो तनाव अनि निरुत्साहित मन लिएर डिउटीमा खट्दा प्रहरी कस्तो होला?,’ उनी भन्छन्, ‘त्यसको असर नागरिकमाथि पोखिएको हो। तर, त्यो गलत हो। संयमित हुनुपर्छ।’

उनका अनुसार प्रहरीलाई सेवासुविधा कम छ। खटिनुपर्ने ज्यादा हुँदा घरपरिवारलाई दिने समय छैन। त्यसमाथि कुनै तालिमको व्यवस्था पनि छैन।

‘यिनै कारण हुन् प्रहरी छिट्टै रिसाउने र संयमता गुमाउने,’ मल्ल भन्छन्।

मल्ल सधैं प्रहरीको मात्रै गल्ती र दोष नहुने बताउँछन्।

‘अब आमनागरिक पनि संयमित हुनुपर्छ। प्रहरी पनि संयमित भएर काम गरियो भने यस्तो समस्या आउँदैन,’ मल्ल भन्छन्, ‘प्रहरी त जनता र सरकारबीचको माध्यममात्रै हो, यो कुरा नागरिकले बुझिदिनुपर्छ र प्रहरीले पनि संयम भएर जिम्मेवार हुनुपर्छ।’

यहीँनेर एउटा कुरा के प्रष्ट हुन्छ भने, नागरिक सरकारको रिस प्रहरीमाथि पोख्छन्। अनेकन तनावबाट गुम्सिएको प्रहरी मौका पाउनासाथ नागरिकमाथि विष्फोट हुन्छ।

यद्यपि, आमनागरिकको व्यवहार पनि उस्तै हुन्छ। प्रहरीका अघि ‘पहुँच’ को धाक देखाउनुपर्ने, नियम तोड्दा आफूलाई ‘बहादुर’ सम्झिने।

एउटा सामान्य उदाहरण, सडकमा लेनअनुसारको डोरी छ, ट्राफिक लाइट छन्। तर, पनि ट्राफिक प्रहरी बस्नैपर्छ।

‘त्यहाँ ट्राफिक बसिरहनु उसको रहर त होइन नि, त्यो बाध्यता हो’ मल्ल भन्छन्।

नत्र, ती डोरी कुन चाहिँले छिनाइसक्छ। रोड डिभाइडरहरु पल्टाइदिन्छन्। सके त रातो बत्तीलाई पनि ‘बाल’ नदिई सवारी हुइँकिएर जान्छन्।

नेपाली न हो! aayomail

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post
श्रद्धालु तथा दशनार्थीका लागि जानकी मन्दिर खोलियो

श्रद्धालु तथा दशनार्थीका लागि जानकी मन्दिर खोलियो

प्रदेश २ लोक सेवा आयोगको एक वर्ष : कर्मचारी भर्ना प्रक्रिया अझै अन्यौलमा

प्रदेश २ लोक सेवा आयोगको एक वर्ष : कर्मचारी भर्ना प्रक्रिया अझै अन्यौलमा

जनकपुरमा जथाभावी फालिन्छ कोरोना संक्रमितलाई उपचार गरेको फोहोर, स्थानीय त्रसित

जनकपुरमा जथाभावी फालिन्छ कोरोना संक्रमितलाई उपचार गरेको फोहोर, स्थानीय त्रसित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .